Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बेलायत नेपाललाई ६ वर्षभित्र ६६ अर्ब ८० करोड बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन ९, २०८०
in FEATURED, अर्थ
0
बेलायत नेपाललाई ६ वर्षभित्र ६६ अर्ब ८० करोड बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

९ फागुन, काठमाडौं । बेलायत सरकारले नेपाललाई आगामी ६ वर्षभित्र ४० करोड पाउन्ड (६६ अर्ब ८० करोड रुपैयाँ) बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्रिउ मिचेलले ७–८ फागुनमा गरेको नेपाल भ्रमणपछि बेलायतले नेपालसँग यो ऐतिहासिक साझेदारी गरी एक नयाँ विकास पोर्टफोलियो घोषणा गरेको हो ।

बेलायती घोषणा अनुसार नयाँ अनुदान सहयोग रकम नेपालले जलवायु संकट, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा सहयोग गर्न उपयोग गर्ने छ ।

बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका अनुसार अनुदान रकमबाट नेपालमा थप १३ हजार ५ सय रोजगारी सिर्जना हुनेछ, जसले थप १ अर्ब अमेरिकी डलरभन्दा बढी परिमाणमा नयाँ लगानी आकर्षित गर्ने छ । यसबाट २०३० भित्र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवामा नेपालका २० लाखभन्दा बढी महिला तथा किशोरीहरूको पहुँचमा सहयोग पुग्ने छ ।

दुई दिने नेपाल भ्रमणपछि बेलायती विकासमन्त्री मिचेलले यो अनुदान सहयोग रकम घोषणा गरेका हुन् । बेलायतले हालै सार्वजनिक गरेको स्वतेपत्र अनुसार दीर्घकालीन र प्रणालीगत रूपान्तरणमा केन्द्रित हुँदै विश्वव्यापी दिगो र समावेशी विकासमा बेलायतको प्रतिबद्धताअनुसार नेपाललाई नयाँ अनुदान सहयोग घोषणा गरिएको हो ।

नेपालको अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बेलायती मन्त्री मिचेलले नेपाललाई अतिकम विकसित मुलुकको तहबाट स्तरोन्नति हुन सघाउनका लागि विकास कोष परिचालन गर्न, जलवायु संकटसँग जुध्न र व्यवसाय निर्माण गनै बेलायतले नेपालसँग कसरी काम गर्छ भन्ने बताए ।

दिगो स्थानीय पूर्वाधारमा सुधारिएको पहुँचका लागि बेलायतको नयाँ अनुदान सहयोगबाट नेपालका १७ लाखभन्दा धेरै मानिस लाभान्वित हुने बेलायतको अपेक्षा छ ।

नेपाल भ्रमण क्रममा बेलायती मन्त्री मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका थिए ।

मन्त्री मिचेलले माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गरेका थिए । जसमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) ले २ करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ । यसबाट नेपालका लाखौं मानिसलाई स्वच्छ र दिगो ऊर्जा उपलब्ध हुनेछ ।

Related

Previous Post

निरन्तर ओरालोतर्फ नेप्से

Next Post

सिन्धुपाल्चोकमा बोलेरो जिप पल्टिँदा सवार दुईजनाको घटनास्थलमै मृत्यु

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
Next Post
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

सिन्धुपाल्चोकमा बोलेरो जिप पल्टिँदा सवार दुईजनाको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यस्तो रहने छ आज रातीको मौसम

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

आइतवार, बैशाख ६, २०८३
सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

बिहिबार, फाल्गुन १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In