काठमाडौँ ।पुष २५, एनआइएमबि एस क्यापिटल लिममिटेडले ११औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा एनआएमबि एस क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौँमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै हकप्रद निष्कासन प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।
सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।