Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण

Sambridinews by Sambridinews
शुक्रबार, अशोज ७, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ नामको आत्मकथा संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताउनुभयो ।

सूर्यबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले नौ दशक लामो आयु बाँच्नुभएका स्वर्गीय थापा नेपाली राजनीतिमा सम्झनायोग्य नेताहरूमध्ये एक रहनुभएको उल्लेख गर्नुभयो । प्रधामन्त्री देउवाले भन्नुभयो, ‘सूर्यबहादुर थापा नेपालको राजनीतिक इतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालन एवं प्रभावित गर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’
उहाँको कार्यकालमा मुलुकमा विभिन्न महत्वपूर्ण सुधारात्मक कार्यक्रमहरू कार्यान्वयनमा आएको उल्लेख गदै प्रधानमन्त्री देउवाले मुलुककै इतिहासमा पहिलोपटक जनमत संग्रह उहाँकै प्रधानमन्त्रीत्व कालमा भएको बताउनुभयो । नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोग्नुभएका स्व थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्नका लागि एउटा रोचक र गतिलो कृति हुने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
‘धनकुटाको ग्रामीण परिवेशमा जन्मिई अनेक संघर्ष झेल्दै मुलुकको राजनीतिको उच्च पदसम्म पुग्न सफल थापाले जीवनमा गरेको संघर्ष र भोगेको दुःख सुखका कथाहरू यो आत्मकथामा समेटिएको छ ।
यो कृतिमा वरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्न भएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ । यो आत्मकथा आजका नयाँ पुस्ताका राजनीतिकर्मीहरूका लागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृति हुने विश्वास मैले लिएको छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता संग्रामलगायतका अन्तर्राष्ट्रिय परिघटनादेखि नेपालको २००७ सालको राजनीतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनीतिक संक्रमण, पञ्चायतकालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादी द्वन्द्व, २०६२÷६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतारचढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।
पुस्तकमा स्व थापाले आफू मन्त्री तथा प्रधानमन्त्री हुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमा कर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालित गरियो, राजनीतिक परिचालन कसरी गरियो भन्नेलगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिक व्यक्तिहरूका साथै प्रशासक तथा सुरक्षाकर्मीहरूका लागि उत्तिकै रोचक हुने प्रधानमन्त्री देउवाले बताउनुभयो । यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिक इतिहासमा खुल्न बाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमा आई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुस्तकमा माओवादीसँगको १२ बुँदे सम्झौताका सन्दर्भमा गलत विवरण परेको र त्यसलाई यथावत रहन दिए गलत इतिहास लेखिने भन्दै आगामी संस्करणमा सुधार्न आग्रह गर्नुभयो ।
अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र स्थापनापछि थापाले समकालीन राजनीतिमा अभिभावकको भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि थापासँगका आफ्ना स्मरणहरु सुनाउनुभयो ।
आत्मकथा लेखन र सम्पादनमा संलग्न हरिबहादुर थापा, गणेश पौडेल पत्रकार विजय कुमारले पनि आफ्ना अनुभव सुनाउनुभएको थियो ।
आत्मकथा बुकहिलले प्रकाशन गरेको हो । थापाको २०७२ वैशाख ३ गते निधन भएको थियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Related

Previous Post

राष्ट्रिय खेलकुदको ट्रफी आर्मी र प्रहरीको मुख्यालयमा

Next Post

चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक

चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यस्तो रहने छ आज रातीको मौसम

आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

शनिबार, पुस ९, २०७९
पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी

आइतवार, माघ १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In