Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हिंसात्मक गतिविधिबाट कुनै पनि समस्याको समाधान निस्कँदैनः एमाले अध्यक्ष ओली

Sambridinews by Sambridinews
शनिबार, मंसिर ३०, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, राजनीति, समाचार
0
हिंसात्मक गतिविधिबाट कुनै पनि समस्याको समाधान निस्कँदैनः एमाले अध्यक्ष ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

तेह्रथुम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारका समस्या समाधान नहुने बताउनुभएको छ ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्रा अभियानको १६औं दिन आज(२०८० मङ्सिर २९ गते) तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधका नाममा गरिने हिंसात्मक गतिविधि र मुठभेडले समस्याको समाधान नदिने बताउनुभयो । 
उहाँले लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट र शान्तिपूर्ण ढङ्गले खोज्नुपर्नेमा जोड दिनुभयो । 
बाटोमा रुख ढालेर, कालो झण्डा देखाएर समस्या समाधान हुँदैन भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो– जे पनि आन्दोलन होइन, कालो झण्डा देखाउनु, अझ त्योभन्दा धेरै गर्नु समाधान होइन, लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्छ ।
नेकपा (एमाले)ले प्रभावकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा देशी विदेशी शक्ति आत्तिएर षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको चर्चा गर्दै उहाँले एमालेले फेरि पनि जनताको अभिमतबाट सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको बताउनुभयो । 
अध्यक्ष ओलीले एमालेले जनमतमा विश्वास गर्ने हुँदा धैर्यता अपनाएर वर्तमान सत्ता गठबन्धन तोड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– हामी धैर्यता राख्छौं, जनतामा विश्वास गर्छौं, जनताको अभिमतमा विश्वास गर्छौंै, हामीले आवेश, आक्रोश र उत्तेजना देखाएर होइन, धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धनलाई तोड्ने छौँ । यस गठबन्धनका अपराधहरूलाई, देशको प्रगतिका निम्ति बाधक बनेका यसका षडयन्त्रमूलक क्रियाकलापलाई भण्डाफोर गरेरै छाड्छौं ।
देश बनाउने कुरा आजको भोलि नहुने भन्दै उहाँले त्यसका लागि योजनाबद्ध ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले समृद्धिका लागि सङ्कल्प यात्रा कसैका विरुद्ध नभएको र यात्रा जनताका समस्या बुझ्ने र तिनको समाधान खोज्नका लागि गरिएको प्रस्ट पार्नुभयो । यात्राका क्रममा सबैसँग छलफल गरिएको र यस क्रममा जनताको साथ समर्थन देखेर आफूहरु निक्कै उत्साहित भएको अध्यक्ष ओलीले बताउनुभयो ।
नेकपा (एमाले)प्रति जनताको भरोसा रहेका र त्यसै बमोजिम  एमाले भरोसायोग्य पार्टी भएको उहाँले बताउनुभयो । आफूहरू अनेकौं जेलनेल र दुखकष्ट सहेर अहिलेको अवस्थासम्म आएको भन्दै अध्यक्ष ओलीले जनताले अलमलमा नपरिकन एमालेलाई  साथ दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– देशको रक्षा गर्न सक्ने, देशलाई अगाडि बढाउन सक्ने, देशमा समृद्धि ल्याउन सक्ने, जनतालाई विकासका लागि बाटो देखाउन सक्ने, पूर्वाधार तयार गर्न सक्ने, भौतिक पूर्वाधार, सामाजिक पूर्वाधारको व्यवस्था गर्न सक्ने पार्टी एमाले मात्रै हो । शान्ति स्थापना गर्न, सुशासन दिन र एकताबद्ध भएर देश अगाडि बढाउन सक्ने काम पनि एमालेले मात्र गर्न सक्छ भन्ने स्पष्ट भएको अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले)प्रति जनताले विश्वास देखाइरहेको र जनताको विश्वासलाई एमालेले तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
नेपालको राजनीतिमा तेह्रथुमले नवजागरण ल्याएको स्मरण गर्दै उहाँले नेपालको भविष्य सुन्दर देख्ने दृष्टि कायम राखेकोमा सम्पूर्ण तेह्रथुमबासीलाई धन्यवाद दिनुभयो ।

You might also like

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

अध्यक्ष ओली पार्टीका सहकर्मी नेताहरूका साथ आज आफ्नो जन्मघर आठराई गाउँपालिका–४ इवा पुग्नुभयो । अध्यक्ष ओली आज जन्मघरमै बस्नुभयो भने पार्टीका अन्य नेताहरू पनि पाँचथरको आठराइमै बास बस्नुभएको छ । गृह जिल्ला तेह्रथुम र जन्मस्थल इवामा अध्यक्ष नेतृत्वको नेकपा (एमाले)को यात्रा अभियान टोलीलाई साँस्कृतिक झाँकी, बाजागाजा, विभिन्न भेषभूषामा भव्य स्वागत गरिएको थियो । 
यही मङ्सिर १४ गते बैतडीबाट मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ शुभारम्भ गरिएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गरिने छ । 

Related

Previous Post

मुवाँथाइ टोली भारत जाने

Next Post

नेपाली कला र संस्कृतिको प्रचार गर्न आग्रह

Sambridinews

Sambridinews

Related Posts

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
Next Post
नेपाली कला र संस्कृतिको प्रचार गर्न आग्रह

नेपाली कला र संस्कृतिको प्रचार गर्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

बिहिबार, पुस १९, २०८०

झापाकाे भद्रपुरमा सिरन्ज प्रयाेग गरी हत्या

शुक्रबार, माघ २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In