Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पन्ध्रबर्ष अघि मरेको राजतन्त्र फर्काउँछौं भन्नेहरू भूतप्रेतवादी तत्व हुन्ःएमाले अध्यक्ष ओली 

Sambridinews by Sambridinews
शनिबार, मंसिर १६, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
पन्ध्रबर्ष अघि मरेको राजतन्त्र फर्काउँछौं भन्नेहरू भूतप्रेतवादी तत्व हुन्ःएमाले अध्यक्ष ओली 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा र डोटीका सभालाई सम्बोधन
अमरसिंह थापा र भीमदत्त पन्तप्रति सम्मान प्रकट
अमरगढी किल्ला अवलोकन
शैलेश्वरी मन्दिर दर्शन
डडेल्धुरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको कमजोरीका कारण प्रतिगामी तत्वहरू सल्बलाई रहेको र राजतन्त्र फर्काउँछौं भनी कुदिरहेको बताउनुभएको छ । 
पाार्टीले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको दोस्रो दिन आज (मङ्सिर १५ गते) अमरगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १५ बर्ष अघि मरेको राजतन्त्र फर्काउँछु भन्नेहरू भूतप्रेतवादी तत्व हुन् भन्नुभयो । 
यतिवेला देश राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अनेक हिसावले ओरालो लागिरहेको र नेकपा (एमाले) लाई सरकारबाट हटाइएपछिको अढाई बर्षमा देश राजनीतिक अस्थिरता, अन्यौल र अराजकताबाट गुज्रिरहेको चर्चा गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थालाई प्रतिगामी शक्तिहरूले अनुकूल अवस्था ठानेर टाउको उठाउन खोजिरहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– सरकारका अकर्मन्यता र असफलताबाट फेरि एकपल्ट अनेक प्रकारका साम्प्रदायिक नारा र प्रतिगामी उद्देश्यहरूका निम्ति कतिपय प्रतिगामी शक्तिहरू अनुकूल अवस्था प्राप्त भयो भन्ने ठानेर टाउको उठाउन खोजिरहेका छन् ।

देशको कुभलो चाहनेहरू, नेपाली जनताको एकता देख्न नसक्नेहरू, समृद्धि, शान्ति सुव्यवस्था देख्न नचाहनेहरू, नेपाललाई अनावश्यक ढङ्गले हिंसा र द्वन्द्वमा फसाउन खोज्नेहरू, नेपाली जनताका बीचमा बैमनश्यता, कलह, झैझगडा लगाउन चाहनेहरू, द्वन्द्व मच्चाउन खोज्ने तत्वहरू पनि सक्रिय भएका छन् । उनीहरू बिभिन्न ढङ्गले आतङ्ककारी गतिविधिहरू गरिरहेका छन् ।  
यस्तो अवस्थामा सत्तासिन गठबन्धन र गठबन्धनका नेताहरू भने सत्ता स्वार्थ र सरकार कसरी जोगाउने भन्ने धन्दामा लागिरहेको भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले देश आर्थिक सङ्कटबाट गुज्रिरहेकाले सरकारले कर्मचारी, सेना प्रहरीलाई तनखा ख्वाउन आन्तरिक ऋण उठाउनु परेको, विकासका काम कतिपय रोकिएका र काम भइरहेका पनि धीमा गतिमा अगाडि बढ्दै रहेको यथार्थ प्रस्तुत गर्नुभयो । 
उहाँले नेकपा (एमाले) सरकारमा रहेको समयमा विकासको लहर चलेको र त्यो अहिले ठप्प भएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– महाकाली करिडोर हामीले शुरु गरेका थियौं । तर, आज त्यो अबरुद्धको स्थितिमा पुगेको छ । सेती करिडोरको हालत त्यस्तै छ । हामीले शुरु गरेका थुप्रै कामहरु अबरुद्ध हुन पुगेका छन् । विकासका काम या त ठेक्का रद्ध भएका छन् या धीमा गतिमा छन् । किनभने ठेकेदारले काम सम्पन्न गरे पनि सरकारले भुक्तानी दिन सकेको छैन । 
त्यस कारण यस देशलाई अझ बढी बर्वादी हुन नदिन, प्रतिक्रियावादीलाई अराजक गतिविधि गर्न नदिन, हिंसा मच्चाउन खोज्नेलाई अगाडि बढ्न नदिन र यस्ता सबै तत्वलाई जवाफ दिँदै देशलाई अगाडि बढाउन आवश्यक रहेको धारणा अध्यक्ष ओलीले राख्नुभयो । 
उहाँले भन्नुभयो– देश पछाडि फर्कन सक्दैन । जनताको सार्वभौम सत्ता व्यक्ति र परिवारमा सीमित हुन सक्दैन । तसर्थ नेपाली जनता सजग रहन पर्दछ । अगाडि बढ्नुपर्छ र देशलाई अगाडि बढाउनुपर्छ । अहिले नेकपा (एमाले)ले यो अभियान देश अगाडि बढाउनका लागि सञ्चालन गरेको हो । समृद्धिको यात्रामा अगाडि बढ्नका लागि यो यात्रा शुरू गरेको हो । 
यो यात्रा जनतासँग सम्वाद गरी उनीहरूका समस्या बुझ्नका लागि भएको स्पष्ट गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा कहाँ कस्ता विकासका सम्भावना छन्, ती कुराहरु स्थलगत रूपमा ठम्याउनका निम्ति हामी पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्राको थालनी गरेको हौं भन्नुभयो ।  
सम्बोधनका क्रममा अध्यक्ष ओलीले डडेल्धुराका जनताका शिक्षा, स्वास्थ्य र विकासका समस्या आफूहरूले बुझेको र समाधानका लागि आवश्यक कदम चाल्ने विश्वास दिलाउनुभयो ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

गठबन्धनको छेस्काले  अडिएको सरकार कुनै पनि बेला आफै ढल्नसक्छ  
वर्तमान गठबन्धन सरकारसँग कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम नभएको प्रचण्डपथमा हिड्न खोजी रहेको तर नसकिरहेको भन्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनिरहेको छ भन्नुभयो । 
गठबन्धनका छेस्काले अड्याएको वर्तमान सरकार हल्लिरहेको र कुनै पनि समय आफै ढल्न सक्ने उहाँको भनाइ छ । 
नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटीका अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा भएको सभामा पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज गौरी ओलीले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य पठानसिं बोहोराले जिल्लाका विकास निर्माण लगायतका विषयमा अध्यक्षसमक्ष लिखित रूपमा जानकारी गराउनुभएको थियो । 
डडेल्धुरामा अध्यक्ष ओलीले नेपाल–अङ्ग्रेज युद्धमा शहादत प्राप्त गर्नुभएका राष्ट्रिय विभूति अमरसिंह थापा र किसान आन्दोलनका शहीद भीमदत्त पन्तको शालिकमा माल्यार्पण गर्नुभयो । अमरगढीका अध्यक्ष लगायत नेताहरूले अमरगढी किल्लाको अवलोकन गर्नुभएको थियो । 
झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्राको दोस्रो दिन आज यात्रा टोली डडेल्धुराको अमरगढीबाट ७० मिटरको दूरी यात्रा गरी डोटीको सिलगढी पुग्यो । डडेल्धुराबाट डोटी जाने क्रममा अभियान टोलीलाई गन्यापधुरा, कोरालखोला  गोपघाटमा स्थानीय नेताकार्यकर्ता र जनताले स्वागत गरेका थिए । 

सिलगढीको सभालाई सम्बोधन

अध्यक्ष ओलीले आजै सिलगढीको सभालाई पनि सम्बोधन गर्नुभएको छ ।


सम्बोधनमा अध्यक्ष ओलीले पार्टीभित्र अनेक प्रकारका षडयन्त्र हुँदा पनि  पार्टीलाई जोगाएकामा पार्टीका कार्यकर्ता र जनतालाई धन्यवाद दिनुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले षडयन्त्र गरे पनि ती षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ । पार्टी फेरि पहिलेकै ठाउँमा आएको छ । देशी/विदेशी सारा शक्ति लागेर पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन, तपाईंहरू सबैलाई धन्यवाद !
पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला कमिटी इन्चार्ज लीलाकुमारी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ओलीसमक्ष जिल्ला कमिटी अध्यक्ष चक्र मल्लले जिल्लाका समस्याका बारेमा लिखित जानकारी गराउनुभएको थियो । 
डोटीमा अध्यक्ष ओली लगायत नेताहरूले प्रख्यात शैलेश्वरी मन्दिरमा दर्शन गर्नुभयो । 

Related

Previous Post

राष्ट्रियसभा निर्वाचन : मंसिर २४ देखि २९ गते सम्म दल दर्ता, माघ ११ गते मतदान

Next Post

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनसेल ‘सधैँ अन’, डिजिटल भविष्यको पाइला, अब हुँदैन ब्यालेन्स सकिने डर

एनसेल ‘सधैँ अन’, डिजिटल भविष्यको पाइला, अब हुँदैन ब्यालेन्स सकिने डर

बुधबार, जेष्ठ २, २०८१

कार्यकारी निर्देशक पुन विरुद्ध मुद्धा हाल्ने मरासनीले पाए अवकास

शुक्रबार, माघ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In