Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तीव्र गतिमा इन्टरनेट चलाउन, फोन गर्न र टीभी हेर्नका लागि रोजौ एनटीफाइबर

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक २३, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
तीव्र गतिमा इन्टरनेट चलाउन, फोन गर्न र टीभी हेर्नका लागि रोजौ एनटीफाइबर
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । कार्तिक २३ , नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ ।
अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ । विभिन्न फरक विशेषता र महशुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको छ ।
एउटैमा तीन प्लस १ सेवा
फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्रीप्लस वान (3 Plus 1)  अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ ।
अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधाएफटीटीएच सुविधा उपलब्ध गराउनका लागि आवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिन मुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पु¥याउनका लागि मात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमा थप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ । भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने नेपाल टेलिकम मुलुकको एक मात्र कम्पनी हो ।
ड्युअल ब्यान्ड सीपीईमार्फत सेवा
पछिल्लो अवस्थामा कम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर) मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको छ । पहिले वाइफार्ईको बढ्दो प्रयोगका कारण 2.4 GHZ को फ्रिक्वेन्सी -(Frequency)मा निकै धेरै सिग्नलहरु (Signals) रहने हुनाले 2.4 GHZ  मा धेरै अवरोध (Interference) को कारण वाइफार्ई भरपर्दो नहुने र सोको तुलनामा छ 5 GHZ  को फ्रिक्वेन्सीमा वाइफार्ई भरपर्दो र गुणस्तरयुक्तहुने गरेको छ । ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ । यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ ।
तोकिएकै गतिमा इन्टरनेट सुविधा नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधाउपभोग गर्न पाउँछन् । कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यस अनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ ।
एक्सजीपोन(XGPON) प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा
नेपाल टेलिकमले हाल १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गतिको एक्सजीपोन (XGPON)
प्रविधिमा आधारित एफटीटीएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस रअपस्ट्रिम क्षमता २.५ जीबीपीएस रहेको छ । हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यावसायिक संस्थाहरुका लागि लाभदायक छ ।
जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१

आफूलाई आवश्यक परेको स्थानमा एफटीटीएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १) डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था छ । योसेवाको प्रयोग गरी एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी एफटीटीएच सेवाले राम्ररी काम नगरेमा वा लाइन बिग्रिएको अवस्थामा मर्मतका लागि आवश्यक सिकायत (Complain) दर्ता गराउन पनि सकिन्छ ।
विभिन्न सुविधाका लागि नेपाल टेलिकम एप
नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटीटीएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यस पश्चात कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ । घरमा एफटीटीएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाइफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।
निःशुल्क ल्यान्डलाइन फोन
कम्पनीले एफटीटीएच सेवामा ग्राहकको आवश्यकता बमोजिमका विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेट सहित १ लाइन निःशुल्क टेलिफोन सुविधा समेत उपलब्ध हुन्छ ।यस अतर्गत प्राप्त हुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ ।
७ देखि ७ सम्मको मर्मत सुविधा

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

हाल एफटीटीएच मर्मतका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयहरुमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यका बाहिर पनि यस प्रकारको सेवा विस्तार भइरहेको छ । कथंकदाचित् एफटीटीएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ । सेवामा गडबडी आएको गुनासो लगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभ हासिल गर्न सक्नु हुनेछ ।

Related

Previous Post

प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने

Next Post

सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित

सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गर्दै

आइतवार, फाल्गुन १४, २०७९

काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला

बुधबार, फाल्गुन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In