काठमाडाैं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।
नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो । भारतका रिंकु सिंहले दुई चौका र दुई छक्का हानेका थिए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बल खेल्दै ४ चौका मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै सन्दिप जोरा र कुशल मल्लले समान २९ रन बनँए । जोराले १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दा २२ बल खेलेका कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २८ रन जोडे । आसिफ शेखले ६ बलमा १० रन बनाए ।