काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकै महिना झन्डै ८ करोड दाबी भुक्तानी दिएको छ ।
कम्पनीले चैत महिनामा ७ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो । २९७ वटा बीमालेखमा सो बराबरको दाबी भुक्तानी दिएको छ ।
पछिल्लो तीन महिनामा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । गत माघ महिनादेखि यता कम्पनीले ६७१ वटा बीमालेखमा सो बराबरको दाबी भुक्तानी दिएको हो ।
गत माघमा कम्पनीले ८ करोड ८१ लाख रुपैयाँ र फागुनमा ७ करोड ५० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको हो । कम्पनीले माघमा १९५ वटा र फागुन १७९ वटा बीमालेखमा दाबी भुक्तानी दिएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा भने कम्पनीले १ हजार ६२१ वटा बीमालेखको दाबी भुक्तानी दिएको जनाएको छ । सो अवधिमा कम्पनीले ५९ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो ।