Friday, May 23, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

धितोपत्र बोर्डले आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर २६, २०८०
in FEATURED, TOP STORIES
0
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । धितोपत्र बोर्डले सार्वजनिक निष्कासन आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको छ । शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले १० कित्ता नीति पुनरावलोकन गर्न अध्ययन समिति गठन गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आइक्यान)का उपाध्यक्ष प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको उनले जानकारी दिए । उक्त समितिमा मुक्तिनाथ श्रेष्ठ, अम्बिकाप्रसाद गिरी र भोलानाथ ढुंगाना रहेका छन् । 

यसअघिका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले सेयर बजार विस्तारका लागि भन्दै आइपिओमा आवेदन दिनेलाई अधिकतम १० कित्ता सेयर दिनैपर्ने नीति अभ्यासमा ल्याएका थिए । त्यसअघि न्यूनतम ५० कित्ता सेयरमा आवेदन दिनुपर्ने व्यवस्था थियो । १० कित्ताको नीतिले सेयर बजार विस्तार र लगानीकर्ताको पहुँचमा पुर्‍याउन ठूलो भूमिका खेलेको थियो । 

You might also like

नेपाललाई भारतीय हक्कीको सहयोग

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

पूर्वअध्यक्ष तथा अर्थविद् कार्कीले अहिलेको अवस्थामा १० कित्ताको नीतिलाई हटाउने वेला भइनसकेको बताए । उनले भने, ‘अहिले नै यो नीतिलाई हटाउने वेला भएको छैन, बुक बिल्डिङ प्रक्रियालाई तीव्र गतिमा अघि बढाएर मात्रै यो पुनरावलोकन गर्न सकिन्थ्यो, तर अहिले पुँजी बजार विस्तारकै क्रममा रहेको हुँदा हटाइहाल्नुहुँदैन ।’ 

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले हिजोका दिनमा पुँजी बजार विस्तार गर्नमा १० कित्ता नीतिले ठूलो भूमिका खेलेको बताए । उनले भने, ‘सेयर बजारमा सबैले लगानी गर्न पाउनुपर्छ, इच्छुक लगानीकर्ताले जोखिम र अवसर दुवै पाउनुपर्ने हुँदा बोर्डले बजार विस्तार र इच्छुक लगानीकर्ताले सहज लगानी गर्न पाउनुपर्ने खालको नीति ल्याउनुपर्छ ।’ १० कित्ता नीति परिमार्जन भए–नभए खासै अर्थ नहुने लगानीकर्ता तिलक कोइरालाको भनाइ छ । १० कित्ता नीतिमा सकारात्मक–नकारात्मक दुवै पक्ष छन् । सबैले सेयर मात्र भर्ने र जोखिम मोल्न नसक्ने हो भने बोर्डले यो नीतिमा केही निर्णय लिनुपर्ने उनले बताए ।

नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले १० कित्ता नीतिले नै पुँजी बजारमा सबैले अवसर पाउने हुँदा तत्काल हटाउन नहुने बताइन् । उनले भनिन्, ‘१० कित्ताको नीतिलाई पुनरावलोकन गर्नेबित्तिकै साना लगानीकर्ता र पहुँच नहुने लगानीकर्तामाथि अन्याय हुन्छ, आजको दिनमा खाजाको पैसा कटाएर लगानी गर्नुपर्छ भन्ने बानीको विकास १० कित्ताको नीतिले नै ल्याएको हो ।’  

बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ताको नीति हटाएर आवेदनका लागि न्यूनतम दुई सय ५० कित्ता दिन सकिने व्यवस्था अभ्यासमा ल्याउने बताउँदै आएका छन् । उनले आफू अध्यक्ष भएदेखि नै १० कित्ताको नीति परिमार्जन गरेर जानुपर्ने बताउँदै आएका छन् । जोखिम मोल्न सक्ने लगानीकर्ता मात्र पुँजी बजारमा लगानी गर्नेे हुँदा बजार ‘फियर’ हुने उनको जिकिर छ ।

बोर्ड प्रवक्ता मुक्ति श्रेष्ठले १० कित्ता नीति हटाउने वा राख्नुपर्ने भन्ने विषयमा अध्ययनपछि मात्र निर्णय गर्न सकिने बताए । उनले भने, ‘१० कित्ता नीति अहिलेको अवस्थामा ठीक छ कि छैन भनेर अध्ययनपछि देखिने रिपोर्टले के संकेत गर्छ, हटाउनुपर्ने देखियो भने हटाउने हो ।’

पछिल्लो समय १० कित्ता नीतिले पुँजी बजार विस्तारका लागि ठूलो भूमिका खेलेको छ । हाल सार्वजनिक सेयर निष्कासन आइपिओमा आवेदन दिनेको संख्या कुनै वेला २६ लाखसम्म पुगेको नेपाल क्लियरिङ लिमिटेड (सिडिएसी)ले जनाएको छ । सिडिएसीका अनुसार पछिल्लो समयमा औसतमा ११ देखि १५ लाखको हाराहारीमा मात्र प्राथमिक सेयरमा आवेदन दिँदै आएका छन् । सिडिएसीका अनुसार डिम्याट खाता खोल्नेको संख्या ६० लाख २६ हजार पुगेको छ भने मेरो सेयरको खाता खोल्नेको संख्या ३५ लाख ६३ हजार पुगेको छ ।

(नयाँ पत्रित्रका दैनिकबाट साभार )

Related

Previous Post

नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्ने १० जना प्रहरीकाे नियन्त्रणमा

Next Post

जाडो बढेसँगै मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुग्याे

Sambridinews

Sambridinews

Related Posts

नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
Next Post

जाडो बढेसँगै मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुग्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

निहुरो साग खादाका फाइदा

निहुरो साग खादाका फाइदा

शुक्रबार, जेष्ठ २६, २०८०
१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सम्पन्न

१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सम्पन्न

शनिबार, पुस ९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.