काठमाडाैं । इरानबाट उद्दारका लागि नाम टिपाइएका ११ जनामध्ये दुई जना नफर्किने भएका छन् ।
उनीहरुमध्ये एक जना हाल परिस्थिति सामान्य भइसकेको भन्दै त्यहीँ रहने भएका छन् भने अर्काको राहदानी सम्बन्धी समस्याले त्यहीँ रहने भएका हुन् ।
हरि थापाले युद्धविरामपछि अहिले स्थिति समेत सामान्य भइसकेको भन्दै आफू नफर्किएको बताए ।
इरानमा रहेका ७ जना नेपाली भने भारतीय दूतावासको सहयोगमा बुधबार स्वदेश फर्किँदैछन् ।
इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो चार जना र अपराह्न थप ३ जना फर्किन लागेका हुन् ।
दिउँसो दिल्ली हुँदै फर्किनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् । बाँकी यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल साँझ फर्किने छन् ।