नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
मलेसियाको क्वालालम्पुरमा सम्पन्न प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक घोषित भएका हुन् । अशोक मलेसियाबाटै अस्ट्रेलियामा हुने विभिन्न चार विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाने छन् ।
मलेसियाको प्रतियोगितामामा नेपाली खेलाडीले ३ स्वर्ण र १ रजत जितेका थिए । पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ, स्पिड किकमा आयुश बोहरा र ७४ केजीमुनि सन्दिप बस्नेतले रजत जितेका थिए ।
टोली प्रमुखमा महेन्द्रराज घिमिरे, व्यवस्थापकमा गणेशबहादुर खड्का र प्रशिक्षकमा श्रीकृष्ण खड्का रहेका छन् ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: