Monday, August 11, 2025
Date
सोम, साउन २७, २०८२
Mon, August 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

Sambridinews by Sambridinews
आइतवार, साउन २६, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल भारत विकास मञ्च‌द्वारा राजधानीमा आयोजित ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचारगोष्ठीमा सहभागी वक्ताहरूले आतंकवादलाई मानव सभ्यताको साझा चुनौती र मानवताविरुद्धको अपराधका रूपमा परिभाषित गर्दै यसको समाधानका लागि क्षेत्रीय सहकार्य, राजनीतिक प्रतिबद्धता र नेतृत्वकारी पहल अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा अधिकांश वक्ताहरूले आतंकवादको जड गरिबी, बेरोजगारी, राजनीतिक असमानता र अन्यायपूर्ण शक्ति बाँडफाँटमा रहेको उल्लेख गर्दै, केवल सैन्य शक्ति प्रयोगबाट यसको अन्त्य सम्भव नहुने धारणा राखे ।

You might also like

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

दुबल टिम च्याम्पियन

अशोक उत्कृष्ट निर्णायक

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले आतंकवाद कुनै विचारधारा वा वाद नभई अमानवीय र मानवताविरोधी गतिविधि भएको स्पष्ट पारे । उनले धर्म, जातीयता, राष्ट्रियताको नाममा जन्मिएका विभाजनकारी आन्दोलनले पनि आतंकवादको स्वरूप पाएको इतिहास स्मरण गरे । यादवका अनुसार पाकिस्तान र अफगानिस्तान सबैभन्दा बढी प्रभावित मुलुक भए पनि भूटान, भारत र बंगलादेशमा पनि यसका गतिविधि देखिन्छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आतंकवादलाई उच्चारण गर्ने नपर्ने कुराको रूपमा लिँदै, मानव सभ्यताको विकासका लागि यसको अन्त्य अपरिहार्य भएको बताए । उनले राज्यले जनविरोधी गतिविधि गर्दा पनि आतंक मच्चिने उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनका क्रममा राज्यको गोलीबाट मृत्यु भएका उदाहरण दिए । नेपाल(भारत खुला सीमा आतंकवादी गतिविधिमा प्रयोग हुन नदिने विषयमा उनले राज्य सचेत रहनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री मिनेन्द्र रिजालले देशभित्रको राजनीतिक द्वन्द्वलाई आतंकवादसँग जोड्न नहुने बताए । माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहका रूपमा बुझिएको उल्लेख गर्दै उनले पञ्चायतकालमा आफूहरूलाई पनि अराजक तत्व भनिएको प्रसंग स्मरण गरे ।

रिजालले सार्क सम्मेलन आतंकवादी घटनाका कारण स्थगित हुनुपरेको उदाहरण दिँदै, नेपालको भूमि भारत वा अन्य कुनै मुलुकविरुद्धको आतङ्ककारी गतिविधिमा प्रयोग हुनु नहुनेमा जोड दिए ।

पूर्वसचिव तथा कूटनीतिक मामिला विज्ञ मधुरमण आचार्यले दक्षिण एसियालाई आतंकवादको उद्‌गमस्थलको रूपमा चित्रित गर्दै यहाँका आन्तरिक राजनीतिक, सामाजिक र भौगोलिक कारणहरूले आतंकवाद जन्माएको बताए । पाकिस्तानले घुमाउरो तरिकाले आतंकवादलाई समर्थन गरेको जिकिर गर्दै उनले तालिवानको उदाहरण दिए, जहाँ अमेरिकी सैन्य दबाबले समस्या समाधान गर्न सकेन । सार्क सम्मेलन आतकंवादका कारण रोकिएको बताउँदै उनले दक्षिण एसिया अतंकवादको उदगमस्थल रहेको उल्लेख गरे ।
आतंकवादीहरूले कुनै कुरामाथि ध्यानाकर्ण गराउन हमला गर्छ र पहलगममा त्यही भएको उल्लेख गर्दै उनले भारतले आतंकवादको विषयलाई अन्तराष्ट्रिय रुपमा उठाएको र टोली पठाएर त्यसको बारे छलफ गरेको बताए ।

आतंकवादको कारण युद्ध नहोस भनेर नेपालले भुमिका खेल्नु पर्ने उल्लेख गर्दै उनले आतंकवादबाट बढी प्रभावित भएका कारण यसको समाधानका लागि भारतले आगुवाइ गर्नुपर्ने बताए ।

Related

Previous Post

दुबल टिम च्याम्पियन

Next Post

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

by Sambridinews
आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

by Sambridinews
आइतवार, साउन २६, २०८२
१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने
FEATURED

१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

by Sambridinews
आइतवार, साउन २६, २०८२
शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी
FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

by Sambridinews
आइतवार, साउन २६, २०८२
Next Post
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मतदानका दिन अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन

बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

आइतवार, बैशाख १०, २०८०
धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

सोमवार, भदौ २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

आइतवार, साउन २६, २०८२
१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने
FEATURED

१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

आइतवार, साउन २६, २०८२
शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी
FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

आइतवार, साउन २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.