९ फागुन, अछाम । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज विहान जिप दुर्घटना भएको हो ।
से१ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामकाले जनाएकाे छ ।
घाइते १४ जनाको बयालपाटा अस्पतालमा उपचारको भइरहेको छ ।