काठमाडौ । काठमाडौं उपत्यकामा वर्षा भएको छ ।
यसवर्ष हिउँदमा वर्षा हुननसकेको काठमाडौंमा प्रिमनसुन सुरुभएसंगै बुधबार वर्षा भएको हो ।
वायु प्रदूषणले गुम्म रहेको काठमाडौंलाइ वर्षाले केही राहत हुने अनुमान गरिएको छ ।
काठमाडौं लगायतका पहाडी क्षेत्रमा मंगलबार नै वर्षा हुने पूर्वानुमान गरिएको भएपनि वर्षा काठमाडौंमा वर्षा भएको थिएन ।
मौसमविदहरुले शुक्रबारसम्म काठमाडौं सहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएका छन् ।