- विनाेद दाहाल
गणतन्त्र कस्ले ल्यायो ? गणतन्त्र मास्नुपर्छ को भन्दैछन् ? यो अहम् प्रश्न हो । यस्का लागि यहाँ सामान्य भूमिका भएका र नभएकाहरू अहिले सत्ता र सरकारमा बसेर तर मारिराखेका छन् ।
नेता नेपालले गणतन्त्रको प्राधिकार आफूले खोज्ने र ज्ञानेन्द्रले गणतन्त्र अस्वीकार गर्ने हर्कत एकसाथ गरेका छन् । यही बेलामा आफ्नो जन्मदिनमा राखिएको कार्यक्रममा केपिले गणतन्त्र नल्याई नहुने बुझेर २०–२१ वर्षको उमेरमै झापा विद्रोहमा लागेको र अहिले गणतन्त्र आएको बताएका छन् ।
नारायणहिटी दरवार हत्याकाण्डपछि परम्परागत राजतन्त्रको स्वत: अन्त्य भएको छ। यसमा राजखलक उदारवादी र अनुदारवादीको शक्तिसङ्घर्षको हात छ र माओवादीबाट भयभीत साम्राज्यवादी तथा विस्तारवादीको पनि हात छ ।
राजतन्त्र राखिराख्ने हो भने माओवादी आन्दोलनले राज्य कब्जा गर्ने स्थिति आएको बुझाईसाथ देशी–विदेशी प्रतिक्रियावादी वर्गले सत्ता जोगाउने नियत राखेर उक्त निर्मम र बिकल्प हीन हर्कत गरेका हुन् ।
दलहरूले महेन्द्रको माईलो छोरालाई असंवैधानिक र अनाधिकृत ढङ्गले मान्यता दिएर कथित राजा बनाएका थिए । एक समय आयो– जसरी मान्यता दिएका थिए त्यो दलहरूले फिर्ता लिए र नेपालमा स्वभाविक गणतन्त्र आयो । दलहरूले ज्ञानेन्द्रले राजाको मान्यता दिनु पनि माओवादी आन्दोलन र सामन्ती हस्तक्षेप कारण बनेको थियो र पछि मान्यता नदिनुमा पनि सामन्तवादी हस्तक्षेप कमजोर बनेको र माओवादीबाट सत्तामा हस्तक्षेपबाट भय भएर नै थियो ।
यसमा जनयुद्धले बनाएको वस्तुगत स्थिति मुख्य रह्यो । ज्ञानेन्द्रका हर्कतहरू दोश्रो, दलहरूले भोग्नुपरेको अवस्था तेश्रो भयो ।
जनताले संविधानसभाबाट मतदान गरेर हटाउन पाएको अधिकार चौथो रह्यो र जनताले राजकीय अधिकार पाएर गरेको निर्णयको ज्ञानेन्द्रबाट स्वीकारोक्ती पाचौं भएर नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।
गणतन्त्रका रक्षक अब जनता भैसकेका छन् । यतिखेर संसद उपयोग गरिरहेको माओवादी दल जोकर फाल्टुको अवस्थामा छ । माओवादी नेतृत्वको “उपलब्धिको रक्षाका लागि नाममा संसदीय वा पुँजीवादी व्यवस्थाको रक्षक बनेर बस्नु आवश्यक छैन ।
आफ्नो पुर्वघोषित रणनैतिक लक्ष्य प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वस्त गर्दै नयाँ जनवादी गणतन्त्रका स्थापनाको लागि नीति, योजना र कार्यक्रम बनाई अघिबढ्ने कार्यमा सचेत पहल नलिने हो भने माओवादीले नेपाली जनतालाई फेरि अर्को पटक धोका दिएको ठहर्छ ।
पृथ्वीनारायणले युद्धमार्फत विशाल गोर्खा बनाउने अभियान चलाएका थिए, उक्त अभियान नेपाल एकीकरणको रुपमा बदलियो । अहिले उनका खलकले यो देशमा राज गर्नपाउने अधिकार ठानेर बितण्डा गर्नथालेका छन् ।
पृथ्वीनारायणलाई योद्धा भन्न मिल्छ, राजा हैन । उनले जस्तै अरूले पनि आआफ्नो भूमिकामा अब्बल भएर लडे, सबै सम्मानित छन् । त्यही नाममा उनका खलक हरामखोरहरू शासक हुन रहर त गर्ने नै भए, त्यो चाहिँ देश र जनताका लागि राम्रो हुँदैन।
उनीहरू देशका लागि उत्तिकै योगदान दिने र लड्ने गरेका छैनन् । उनीहरूको योद्धा हुने गुण पनि छैन । उनीहरू त विवेकहीन सामन्ती हुन् । सँधै देशघात र जनबिरोधि काममा लागेका छन् । मानिसलाई जनावर जस्तो दास बनाएर आफू मालिक हुन खोज्ने यिनीहरू फाँसी दिन लायकका अपराधि हुन् ।
गणतन्त्र राजतन्त्रमा फर्किने कुनै सम्भावना छैन, छ भने विदेशी दुष्टका बुई चढेर आउने मात्र हो ।
एउटा भीड आफ्नो पक्षमा देखाएर पुनः राजकीय सत्ता हत्याएर शासन गर्न आउने नियत देशद्रोही र जनद्रोही सिवाय अरू हुँदैन ।
यस्ता तत्वहरू रहिञ्जेल समाजले असुरक्षाको महशुस गरिराख्ने हुनाले सकेसम्म चाँडो नियन्त्रमा राख्नु जरुरि छ ।