Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

६१ ओटा उद्योगको विद्युत काट्ने तरखरमा प्राधिकरण

Sambridinews by Sambridinews
शुक्रबार, पुस १३, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
डेडिकेटर र ट्रंकलाइनको २७ अर्ब महसुल नतिर्न उद्योगीहरूको बाहनाबाजी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।पुष १३, नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरुको लाइन क्रमशः काट्दै जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न ६१ वटा उद्योगको २२ अर्ब बक्यौता विवरण सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो।

You might also like

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतको बक्यौतालाई तीन समय खण्डमा विभाजन गरेको बताए ।

२०७२ साउनदेखि पुससम्मको ९७ करोड, २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म ६ अर्ब बक्यौता र २०७५ जेठदेखि २०७७ जेठ मसान्तसम्म ८ अर्ब तीन लाख बक्यौता गरी तीन समय खण्डमा विभाजन गरिएको छ।

संसदीय समितिको निर्देशन, महालेखाको निर्देशन, अख्तियारको चासो वढेपछि प्राधिकरणले बक्यौता उठाउन कम्मर कसेको हो । यसमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले हालसम्ममा ९ उद्योगको लाइन काटिसकेको छ ।

उद्योगी व्यवसायीहरूले २०७२ पुस अगाडिको अतिरिक्त शुल्क लिन नमिल्ने र लोडसेडिङ अन्त्यपछि पनि लिन नमिल्ने बताउँदै आएका छन्। २०७२ माघदेखि २०७५ वैशाखसम्मको हकमा जति विद्युत प्रयोग भएको हो, त्यसको आधारमा मात्र विद्युत शुल्क तिर्ने अडान उद्योगीको छ ।

यही विवादका बीचमा प्राधिकरणले अहिलेसम्म ९ वटा उद्योगबाट कुल १२ अर्ब ५० करोड बक्यौता नतिरेको भन्दै लाइन काटिसकेको छ। प्राधिकरणका अनुसार ६१ उद्योगमा गरी कुल २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता रहेको छ ।

प्राधिकरणले आम सर्वसाधारण उपभोक्ताले बिगतमा दैनिक रूपमा १७÷१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेको बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गर्न दिएको उल्लेख गरेको छ । २ सय ३९ उद्योगमध्ये १ सय ७८ उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।’

मन्त्रिपरिषद्को निर्णयअनुसार डेडिकेटेडको शुल्क निर्धारण अघि २०७२ साउनदेखि पुससम्म र लोडसेडिङ अन्त्य भएपछि २०७५ वैशाख ७१ देखि २०७७ असारसम्मको महसुल’दयगत विद्युत् नियमन आयोगले अहिलेसम्म निर्णय गरेका छैनन् ।

विद्युत् प्राधिकरण अनिर्णयको बन्दी बन्न नसक्ने भएकाले सबै महसुल उठाउन बाध्य भएर लाइन काट्नु परेको भनाइ कार्यकारी निर्देशक घिसिङ्गको भनाइ रहेको छ । नियमन आयोगबाट फरक निर्णय भए त्यसलाई कार्यान्वयन गर्ने समेत उनले बताए ।

कार्यकारी निर्देशक घिसिङले उद्योगीहरुलाई प्राधिकरणले काटेको बिलअनुसार शुल्क तिर्न आए किस्तामा रकम बुझाउन दिइने विकल्प समेत दिए ।

नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट ९टीओडी० मिटरको तथ्यांक अहिले उपलब्ध नभएकाले उद्योगीको माग अनुसार निर्णय गर्न नसकिने भनाइ घिसिङ्गको छ ।

२०७० सालको प्रतिवेदनले नै उद्योगहरुमा विद्युत् खपत भएको स्पष्ट पार्ने भन्दै उनले जुन चिजको डाटा छैन, त्यसको पछि नलाग्न आग्रह गरे ।

पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरुको विद्युत लाइन बिच्छेद गर्न सुरु गरिएको थियो । तर, तत्कालीन मन्त्रिपरिषद्को २०७६ पौष २१ गतेको निर्णय बमोजिम उर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवहरुको बैठकले कोरोना भाइरसको कारण समग्र उद्योग व्यवसायमा परेको प्रभावलाईसमेत ध्यानमा राखी डेडिकेटेड तथा ट्रंक महसुल सम्बन्धी विवाद भएका उद्योगहरुको सम्बन्धमा थप निर्णय नहुञ्जेल विद्युत लाइन नकाट्ने र उद्योगहरुलाई साबिक बमोजिम नै सेवा सुचारु गराउन नेपाल विद्युत प्राधिकरणलाई लेखी पठाउने भन्ने निर्णय प्राप्त भएपछि लाइन पुनः जोडिएको थियो ।

नेपाल विद्युत प्राधिकरणसँग डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेको तथ्याङ्क सुरक्षित रहेको बताएको छ ।सोही आधारमा नै उद्योगहरुलाई महसुल भुक्तानीका लागि पत्राचार गरिएको छ ।

उद्योगीहरुले भने विवाद भएको समयमा आफूहरुले निरन्तर विद्युत महसुल बुझाएको र प्रयोग नगरेको तीन बर्षपछि विल आएको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठनको माग गर्दै आएको छ ।

डेडिकेटेड र ट्रंकलाइनको उपभोगको नियमानुसार तिर्नुपर्ने रकम तिर्न उद्योगी तयार रहेको जानकारी गराउँदै महासंघले यस’दयगत कानुनसम्मत रूपमा कुनै उद्योगले तिर्नुपर्ने देखिन्छ भने सो उद्योगले भुक्तानी गर्नुपर्ने र नतिर्नुपर्ने देखिएमा जबर्जस्ती भुक्तानीका लागि बाध्य गर्न नहुने बताएको छ ।

नेपाल उद्योग परिसंघले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको विद्युत् काट्नु उचित नभएको बताएको छ ।

उद्योगहरूले विवादित समयको समेत नियमित बिल तिरिरहेका बेला नेपाल विद्युत् प्राधिकरणले यसरी विद्युत् लाइन काटिदिनु अनुचित भएको भनाइ परिसंघको छ । अहिले थप बिलको मात्र विवाद भएको भन्दै परिसंघले विवाद समाधान गर्नुपर्नेमा विद्युत् प्राधिकरणले लाइन काट्नु उचित नभएको बताउँदै आएको छ ।

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता विवादमा उद्योगीहरू मध्यमार्गी बाटो अपनाउन तयार भएको र तत्कालीन ऊर्जासचिव दिनेशकुमार घिमिरे संयोजक रहेको समितिले तीन वर्षअघि बुझाएको प्रतिवेदनका आधारमा महसुल बुझाउन उद्योगीहरू तयार भएको भनाइ परिसंघको छ ।

Related

Previous Post

२५ औं पोखरा सडक महोत्सव सुरू

Next Post

पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

Sambridinews

Sambridinews

Related Posts

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै

सापारू पर्वका अवसरमा आज काठमाडौं महानगरमा सार्वजनिक बिदा

शुक्रबार, भदौ १५, २०८०
पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

बिहिबार, चैत्र १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

शनिबार, जेष्ठ २३, २०८३
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

शुक्रबार, जेष्ठ २२, २०८३
सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 
TOP STORIES

सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 

शुक्रबार, जेष्ठ २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In