काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा फाउ पूर्णिमाका दिन २ हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशासन उल्लंघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।
यसैगरी, रातो बत्तीमा नरोकिने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित गुड्ने २७, अत्याधिक गतिमा सवारी हाँक्ने १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।