Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २३, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत वैशाख २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेतले आफू आएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको दाबी गर्ने गरेका छन्।

वीर अस्पतालमा ७०० बेड निस्शुल्क गराएको मात्र होइन बिहान ८ बजेदेखि ओपीडी सेवा, विस्तारित इमरजेन्सी सेवा, नियमित शल्यक्रिया र आईसीयू सेवा विस्तार गरेको रट हरेक कार्यक्रममा लगाइरहन्छन्।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

तर यिनै मन्त्रीको निर्देशनले गर्दा अहिले वीर अस्पतालको सेवा नै अस्तव्यस्त पुगेको छ। यसका कारण अस्पतालमा जाने हरेक बिरामीले दु :ख पाउने गरेका छन्।

कोभिडको समयदेखि वीर अस्पतालले नियमित रूपमा नै २३ वटा आईसीयू सञ्चालन गरिरहेको थियो। अस्पतालले सेवा विस्तार गरेर ५९ बेडको आईसीयू सञ्चालन गरिरहेको थियो।

यसमा लागि करारमा नर्स लगायतका २०० भन्दा बढी स्वास्थ्यकर्मी थपिएका थिए। यी जनशक्तिले गर्दा नै वीरको सेवा विस्तार भएको थियो। तर हाल आएर स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ।

मन्त्री बस्नेतले सरकारसँग बजेट नभएको भन्दै करारमा रहेका नर्सिङ सहितका जनशक्तिको सेवा नथप्न निर्देशन दिएर कामबाट निकालेपछि हाल अस्पतालको सेवा खुम्चिएको हो। अस्पताल निर्देशक डा।सन्तोष पौडेलका अनुसार तलब दिन सरकारसँग पैसा नभएको भन्दै मन्त्री बस्नेतले करार सेवाका कर्मचारीको अवधि नथप्न निर्देशन दिएका थिए।

निर्देशक पौडेलका अनुसार गत असोज १५ गते बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्को बैठकले करार अवधि नथप्ने निर्णय गरेको हो। यसले गर्दा हाल अस्पतालको ५९ बेडको आइसीयू सेवालाई घटाएर २३ बेडमा झारिएको छ। निर्देशक डा.पौडेलले भने ‘करारमा रहेका २२१ जना नर्सको करार नथप्ने निर्णय गर्दा चलिरहेको आईसीयू सेवा साथै अन्य सेवा पनि घटाउनु पर्ने बाध्यता आएको छ।’

यति मात्रै होइन स्वास्थ्य मन्त्री बस्नेतकै पहलमा दुई महिना अघि वीरको ९०० मध्ये ७०० बेड निस्शुल्क गरिएको थियो तर अहिले एकैपटक नर्ससहित २७६ स्वास्थ्यकर्मीको करार नथपी निकाले पछि यो सेवा पनि खुम्चिन पुगेको छ।

वीरबाट अहिले निकालिएका करारका जनशक्ति कोभिड– १९ का वेला सेवा प्रवेश गर्नेहरू हुन्। कोभिड मत्थर हुँदै जाँदा सञ्चालनमा आएको सर्जिकल भवनतर्फ सिफ्ट गरिएको थियो। सर्जिकल भवनका लागि ८३१ जनाको दरबन्दी थियो । सो दरबन्दीमा मन्त्रालयको स्वीकृति लिएर करार सेवामा उनीहरूलाई निरन्तरता दिइएको थियो। यही नयाँ सर्जिकल भवन बाट अस्पतालले विशिष्टिकृत सेवा विस्तार गर्दै लगेको थियो।

वीर अस्पताल सबैभन्दा बढी न्यूरो सर्जरी हुने ठाउँ हो। जसमा न्यूरोको सर्जिकलमा एउटा टिममा १४ जना नर्स थिए। तर हाल आएर ६ जनाले नर्सले करार नथपिए पछि सेवा दिन छाडेका छन्, जसले गर्दा अस्पतालको विशिष्टिकृत सेवानै प्रभावित भएको निर्देशक डा।पौडेलले बताए। पुरानो भवनमा ९ वटा अप्रेसन थियटरबाट सेवा सञ्चालन भइरहेको थियो। अहिले नयाँ भवनपछि १५ वटा अप्रेसन थियटर सञ्चालनमा आएको थियो।

कोरोना महामारीको समयमा वीर अस्पतालको सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ८३१ जना चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीको पून दरबन्दी सृजना गरिएको थियो । सोही अनुसार करारमा स्वास्थ्यकर्मी राखेर अस्पतालले सेवा दिएको थियो। त्यसअनुसार ५०० बेड थपेर ९०० पुर्‍याइएको थियो भने अप्रेसन थियटरलाई आठबाट १५ वटा, आईसीयू ३० बाट ५९ बेड पुर्‍याइएको थियो ।

अस्पतालको दरबन्दीभित्रै रहेका ती स्वास्थ्यकर्मीलाई अपर्झट निकालेसँगै वीर अस्पतालमा सेवा एकाएक खुम्चिन पुगेको हो। यसले गर्दा विशेष गरी आईसीयू र आकस्मिक कक्ष तथा विभिन्न प्रकारका अप्रेसन सेवामा प्रभाव पारेको निर्देशक डा। पौडेलले बताए।

८३१ मध्ये लोकसेवाबाट २४६ नर्स र केही विशेषज्ञ चिकित्सक पुगे पनि ५६६ नर्समा २४६ बाहेक अरु पोस्ट खाली छ।

लोकसेवा बाटै वीरमा खाली दरबन्दीमा कर्मचारी राख्ने योजना रहेको भए पनि सेवा दिइरहेका धेरै स्वास्थ्यकर्मीलाई एक्कासी निकाल्ने निर्णय गर्न स्वास्थ्यमन्त्रीले नै निर्देशन दिनु गल्ती भएको बताउँछन्, एक उच्च अधिकारी। ‘ वीरजस्तो धेरै बिरामीको चाप हुने अस्पतालमा सेवा दिइरहेका धेरै स्वास्थ्यकर्मीलाई एकैपटक निकाल्ने निर्णय गलत हो’, उनले भने,‘यसले सरकारी स्वास्थ्य सेवामा नकारात्मक प्रभाव पार्छ।’

Related

Previous Post

इजरायलमा १० जना नेपाली मारिएको शोकमा आज नेपालमा राष्ट्रिय शोक

Next Post

एमाले अध्यक्ष ओलीद्वारा इजरायल आक्रमणको निन्दा र भर्त्सना, तत्काल उद्धार तथा घाइतेको उपचारको माग

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
एमाले अध्यक्ष ओलीद्वारा इजरायल आक्रमणको निन्दा र भर्त्सना, तत्काल उद्धार तथा घाइतेको उपचारको माग

एमाले अध्यक्ष ओलीद्वारा इजरायल आक्रमणको निन्दा र भर्त्सना, तत्काल उद्धार तथा घाइतेको उपचारको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

शुक्रबार, पुस २२, २०७९
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण

नेपाललाई तेक्वान्दोमा चार स्वर्ण

मङ्लबार, बैशाख २२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In