Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग

Sambridinews by Sambridinews
सोमवार, साउन १५, २०८०
in FEATURED, TOP STORIES, विचार, समाचार
0
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, श्रावण १५ , प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौंको सुन तस्करी हुँदा करोडौंको राजस्व गुमेकाले समितिको क्षेत्राधिकार आकर्षक भएको निष्कर्ष निकाल्दै लेखाले सरकारलाई उच्चस्तरीय समिति गठन गरी छानबिन गर्न ध्यानाकर्षण गराएको हो ।

समितिको आइतबारको बैठकले ठूलो परिमाणको सुन तस्करीले अन्तर्राष्ट्रियस्तरमै नेपालको साख धमिल्याउने काम गरेकाले सत्यतथ्य पत्ता लगाउन र कारबाही गर्नका लागि उच्चस्तरीय समिति गठनमा जोड दिएको हो । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले भने, ‘केही दिनपहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रूपमा भित्रिएको सुन तस्करीको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न अधिकारसम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

You might also like

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

नेपालका भन्सार नाकाहरूमा हुने गतिविधिप्रति अर्थमन्त्री र अर्थ सचिव जवाफदेही नभएकाले त्यसबारे पनि छानबिन हुनुपर्ने केसीले बताए । समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले उच्चस्तरीय छानबिन समिति माग गरेका थिए । एमाले सांसद योगेश भट्टराईले सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पनि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताएका थिए । ‘प्रहरीले गृहमन्त्रीमाथि छानबिन गर्न सक्दैन । फाइल उहाँको टेबुलमा छ, सरकारमै सहभागी दलको ठूलो नेता तानिएका छन् तर सरकार छानबिन गर्न चाहँदैन,’ उनको माग थियो, ‘भन्सारका गडबडीबारे छानबिन गर्नुपर्नेछ, त्यहीं अर्थमन्त्री बसेर छानबिन हुन्छ रु’ उनले सुनमा लगाइएको पैसाबारे पनि आशंका रहेको बताएका थिए ।

एमालेकै ऋषिकेश पोखरेलले पनि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखे । कांग्रेस सांसद सञ्जय गौतमले तस्करी र भ्रष्टाचार प्रकरणको छानबिनमा सार्वजनिक लेखा समिति संलग्न हुनुपर्ने माग गरे । ‘नेपाल तस्करको स्वर्णभूमि बनिसकेको रहेछ तर हामी यसलाई टुलुटुलु हेरेर बसेका छौं, मुलुकको साख खस्यो, हामीलाई मुख देखाउनै गाह्रो भयो,’ उनले भने, ‘भ्रष्टाचार, सुन, भुटानी शरणार्थी, ललिता निवास चाहे जुनसुकै भ्रष्टाचार काण्डमा हामी अन्तिमसम्म पुग्नुपर्छ ।’

सत्तारूढ दल जसपाका प्रदीप यादवले पनि लेखा समितिले तस्करी प्रकरणको छानबिन गर्नुपर्ने बताएका थिए । कांग्रेसकै रामकृष्ण यादवले समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर सुन तस्करीका विषयमा जानकारी लिनुपर्ने माग राखे । सांसद राजेन्द्र केसीको भनाइ थियो, ‘यो पटक त सुन फेला पर्‍यो, मान्छे पनि फेला परे तर ३३ किलो सुनकाण्डका मान्छे सबै जेलमा छन्, प्रमाणको रूपमा रहेको सुन कहाँ छ, थाहा छैन । अहिले सुन फेला परेको छ, यो आफैंमा उपलब्धि हो । यसमा सम्बन्धित मन्त्रीहरूलाई बोलाएर छलफल गर्नुपर्छ ।’ गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर सोधपुछ गर्न लेखा समिति अग्रसर हुनुपर्ने केसीको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा राजस्व अनुसन्धान विभागले स्कुटरको ब्रेक सुमा प्याक गरिएको सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण एक क्विन्टल रहेको बताइएको छ । विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण भएको बताइएको छ । उक्त प्रकरणमा चीन, नेपाल र भारतका तस्कर समूह संलग्न रहेको अनुमान गरिएको छ भने संलग्न केही पक्राउ पनि परेका छन् । संसद्मा प्रमुख प्रतिपक्षी एमालेले उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै साउन १० को प्रतिनिधिसभा बैठक कारबाही अवरुद्ध गरेको थियो ।

Related

Previous Post

नेपाल बक्सिङ महासंघले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

Next Post

प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै

Sambridinews

Sambridinews

Related Posts

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

by Sambridinews
बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
Next Post
प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै

प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमसीसी परियोजना समयमै नसकिने चिन्ता

एमसीसी परियोजना समयमै नसकिने चिन्ता

बिहिबार, भदौ ६, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

शनिबार, भदौ २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In