Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, July 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग

Sambridinews by Sambridinews
सोमवार, साउन १५, २०८०
in FEATURED, TOP STORIES, विचार, समाचार
0
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, श्रावण १५ , प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौंको सुन तस्करी हुँदा करोडौंको राजस्व गुमेकाले समितिको क्षेत्राधिकार आकर्षक भएको निष्कर्ष निकाल्दै लेखाले सरकारलाई उच्चस्तरीय समिति गठन गरी छानबिन गर्न ध्यानाकर्षण गराएको हो ।

समितिको आइतबारको बैठकले ठूलो परिमाणको सुन तस्करीले अन्तर्राष्ट्रियस्तरमै नेपालको साख धमिल्याउने काम गरेकाले सत्यतथ्य पत्ता लगाउन र कारबाही गर्नका लागि उच्चस्तरीय समिति गठनमा जोड दिएको हो । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले भने, ‘केही दिनपहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रूपमा भित्रिएको सुन तस्करीको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न अधिकारसम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

You might also like

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

एजनको प्रोडक्ट लोन्च

नेपालका भन्सार नाकाहरूमा हुने गतिविधिप्रति अर्थमन्त्री र अर्थ सचिव जवाफदेही नभएकाले त्यसबारे पनि छानबिन हुनुपर्ने केसीले बताए । समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले उच्चस्तरीय छानबिन समिति माग गरेका थिए । एमाले सांसद योगेश भट्टराईले सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पनि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताएका थिए । ‘प्रहरीले गृहमन्त्रीमाथि छानबिन गर्न सक्दैन । फाइल उहाँको टेबुलमा छ, सरकारमै सहभागी दलको ठूलो नेता तानिएका छन् तर सरकार छानबिन गर्न चाहँदैन,’ उनको माग थियो, ‘भन्सारका गडबडीबारे छानबिन गर्नुपर्नेछ, त्यहीं अर्थमन्त्री बसेर छानबिन हुन्छ रु’ उनले सुनमा लगाइएको पैसाबारे पनि आशंका रहेको बताएका थिए ।

एमालेकै ऋषिकेश पोखरेलले पनि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखे । कांग्रेस सांसद सञ्जय गौतमले तस्करी र भ्रष्टाचार प्रकरणको छानबिनमा सार्वजनिक लेखा समिति संलग्न हुनुपर्ने माग गरे । ‘नेपाल तस्करको स्वर्णभूमि बनिसकेको रहेछ तर हामी यसलाई टुलुटुलु हेरेर बसेका छौं, मुलुकको साख खस्यो, हामीलाई मुख देखाउनै गाह्रो भयो,’ उनले भने, ‘भ्रष्टाचार, सुन, भुटानी शरणार्थी, ललिता निवास चाहे जुनसुकै भ्रष्टाचार काण्डमा हामी अन्तिमसम्म पुग्नुपर्छ ।’

सत्तारूढ दल जसपाका प्रदीप यादवले पनि लेखा समितिले तस्करी प्रकरणको छानबिन गर्नुपर्ने बताएका थिए । कांग्रेसकै रामकृष्ण यादवले समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर सुन तस्करीका विषयमा जानकारी लिनुपर्ने माग राखे । सांसद राजेन्द्र केसीको भनाइ थियो, ‘यो पटक त सुन फेला पर्‍यो, मान्छे पनि फेला परे तर ३३ किलो सुनकाण्डका मान्छे सबै जेलमा छन्, प्रमाणको रूपमा रहेको सुन कहाँ छ, थाहा छैन । अहिले सुन फेला परेको छ, यो आफैंमा उपलब्धि हो । यसमा सम्बन्धित मन्त्रीहरूलाई बोलाएर छलफल गर्नुपर्छ ।’ गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर सोधपुछ गर्न लेखा समिति अग्रसर हुनुपर्ने केसीको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा राजस्व अनुसन्धान विभागले स्कुटरको ब्रेक सुमा प्याक गरिएको सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण एक क्विन्टल रहेको बताइएको छ । विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण भएको बताइएको छ । उक्त प्रकरणमा चीन, नेपाल र भारतका तस्कर समूह संलग्न रहेको अनुमान गरिएको छ भने संलग्न केही पक्राउ पनि परेका छन् । संसद्मा प्रमुख प्रतिपक्षी एमालेले उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै साउन १० को प्रतिनिधिसभा बैठक कारबाही अवरुद्ध गरेको थियो ।

Related

Previous Post

नेपाल बक्सिङ महासंघले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

Next Post

प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

by Sambridinews
मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
FEATURED

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

by Sambridinews
मङ्लबार, असार १६, २०८३
नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

by Sambridinews
मङ्लबार, असार १६, २०८३
Next Post
प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै

प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

बिहिबार, चैत्र ५, २०८२
श्री एयरलाइन्स विमानको इन्जिनमा धूँवा आएपछि आपतकालिन अवतरण

प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

आइतवार, पुस २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 
FEATURED

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित 

मङ्लबार, असार १६, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान
TOP STORIES

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

मङ्लबार, असार १६, २०८३
एजनको प्रोडक्ट लोन्च
TOP STORIES

एजनको प्रोडक्ट लोन्च

मङ्लबार, असार १६, २०८३
मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
FEATURED

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

मङ्लबार, असार १६, २०८३
नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

मङ्लबार, असार १६, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
FEATURED

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल

मङ्लबार, असार १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In