Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले तोकेको उखुको मुल्यप्रति किसान असन्तुष्ट

Sambridinews by Sambridinews
शुक्रबार, माघ ६, २०७९
in FEATURED
0
सरकारले तोकेको उखुको मुल्यप्रति किसान असन्तुष्ट
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, महोत्तरी । किसानले माग्दै आएको उखुको मूल्य दिन सरकार सधैं पछि हटेकाले कृषकहरुकाे उखु खेतीप्रति आकर्षण घट्न थालेको छ ।
समयमा भुक्तानी नपाउने र सरकारले तोकिएको मुल्यले किसानको लागत नउठ्ने भन्दै उखु खेती छोडेको महोत्तरीका राम कुशवाह बताउछन ।

माघ ४ गते सरकारले तोकेको उखुको मूल्यले किसानले घाटा उठाउन नसक्ने उनको भनाइ छ । उखु उत्पादक कृषक संघका अनुसार महोत्तरीमा हाल ७ हजार उखु किसान छन ।

You might also like

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

५ वर्षअघि महोत्तरीमा १३ हजार उखु किसान थिए । १५ हजार बिघामा हुँदै आएको उखु खेती अहिले ७ हजार बिघामा समेटिएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले बताए ।‘पहिले जिल्लाका अधिकांश भू–भागमा उखु खेती हुन्थ्यो,’ सिंहले कान्तिपुरसँग भने, ‘लागत मूल्य नै नआएपछि किसानले उखु खेती छोड्दै गए ।’

अहिले उखु खेती गरिरहेका किसानले पनि बढ्दो महँगीका कारण उखु खेती नगर्ने सोच बनाइरहेको अवस्थामा मूल्यका लागि संघर्ष गर्ने कि खेती छाड्ने सरकारले दुइवटा विकल्प मात्र देखाइदिएको कुशवाहले बताए । ‘कम्तीमा लागत उठोस् भनेर हामीले प्रतिक्विन्टल ७ सय रुपैयाँ हुनुपर्ने माग राखेका थियौँ,’ कुशवाहले भने, ‘सरकारले किसानका माग पूरा गरेन, अब के गर्ने हामी छलफल गर्छौं ।’

अहिले किसानले पाउने मूल्यबाट उखु खेती लगाउँदा चाहिने मलखाद, सिँचाइ, मजदुरी ज्याला र ढुवानी खर्चसमेत नउठ्ने किसानको गुनासो छ । प्रत्येक वर्ष सरकारले उखुको मूल्य उचित कायम नगर्दा किसानहरू ऋणमा डुब्दै गएका र खेतीबाटै पलायन भएका उखु उत्पादक कृषक संघले जनाएको छ ।

सर्लाही, महोत्तरी, धनुषा र बाराका २० हजार किसानलाई ५० करोड भुक्तानी गरिसकेको एभरेस्ट चिनी उद्योगका कार्यकारी निर्देशक कृष्णचन्द्र दासले जानकारी दिए । ‘किसानलाई पुरानै रेटअनुसार रकम भुक्तानी गरिसकेका छौँ,’ दासले भने, ‘तर सरकारले कायम गरेको रेटअनुसारको रकम थपेर फेरि किसानलाई उपलब्ध गराउँछौं ।’ उद्योग सञ्चालनअघि मूल्य सरकारले निर्धारण नगरिदिँदा किसान र उद्योगी दुवैलाई भुक्तानीको झमेला थपिएको दासले बताए ।

सरकारले समयमै उखुको मूल्य नतोक्दा किसानले खेती छोड्दै गएकाले उद्योगलाई उखु अभाव हुँदै गएको उद्योगले जनाएको छ । २०७४÷०७५ मा ५८ लाख क्विन्टल उखु क्रसिङ गरेको एभरेस्ट उद्योगले प्रत्येक वर्ष उखु कम हुँदै गएका कारण यस वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ ।

पहिले ५ महिनासम्म चालु हुने उद्योग अहिले मुस्किलले ३ महिना सञ्चालन हुने गरेको उद्योगका निर्देशक दासले बताए । यस वर्ष पुसबाट सञ्चालन भएको उद्योग फागुनसम्म चल्ने उद्योगले जनाएको छ । दिनमा ६० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएको उद्योगले अहिले उखु अभावमा उद्योगको उत्पादन क्षमता घटाएर ३० हजार क्विन्टलसम्म मात्रै उखु क्रसिङ गरिरहेको दासले बताए ।

माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा उखुको प्रतिक्विन्टल ५४० र ७० रुपैया ढुवानीका लागि अनुदान तोकोको थियो ।

Related

Previous Post

प्रतिनिधि सभा उपसभामुख चयनका लागि शुक्रबार मनाेनय दर्ता

Next Post

नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

Sambridinews

Sambridinews

Related Posts

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

सोमवार, चैत्र ३, २०८१
तेक्वान्दो खेलाडीको विदाई

तेक्वान्दो खेलाडीको विदाई

सोमवार, बैशाख ३१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

बिहिबार, भदौ ११, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In