काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दुईदिन अघि नेपाल पत्रकार महासंघकाे भेटका क्रममा पत्रकार विरुद्ध दिएकाे विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन ।
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीका अनुसार सोमबार उहाँकै कार्यकक्ष सिंहदरबारमा सभामुख र महासंघको नेतृत्वबीच छलफल भएको छ ।
छलफलका क्रममा नेपाली पत्रकार र नेपाली प्रेसका सन्दर्भमा दुई दिनअघि व्यक्त विचार फिर्ता लिँदै सम्माननीय सभामुखले नेपाली प्रेसले नेपालको लोकतन्त्रका लागि खेलेको भूमिकाको सम्मान गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता जनाउनु भएको छ ।
पत्रकार महासंघ र संघीय संसदको नेतृत्व दुबैले बन्ने क्रममा रहेका सञ्चार सम्बद्ध कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार मैत्री बनाउन सहकार्य गरेर पहल गर्ने प्रतिवद्धता व्यक्त भएको महासचिव पुरीले जनाए ।
शुक्रबार नेपाल पत्रकार महासंघकाे भेटमा सभामुख घिमिरेले पत्रकार तथा संघ विक्रिमा रहेकाे भन्दै विवादमा तानिएका थिए ।