Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपत्तिको समयमा जनतालाई एमालेले साथ दिन्छः एमालेअध्यक्ष ओली

Sambridinews by Sambridinews
बुधबार, मंसिर २०, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
विपत्तिको समयमा जनतालाई एमालेले साथ दिन्छः एमालेअध्यक्ष ओली
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताको विपत्तिमा साथ दिने पार्टी भएको बताउनुभएको छ । अध्यक्ष ओलीले देशमा काहीँ समस्या पर्यो भने नेकपा (एमाले)  अर्थपूर्ण ढङ्गले जनताको सेवा गर्न  विपत्ति प्रभावित क्षेत्रमा पुग्ने गरेको बताउनुभयो  ।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पार्टीका स्वयंसेवकले गरेका कामका बारेमा बुझ्न मङ्गलबार (२०८० मङ्सिर १९गते) जाजरकोट र रुकुमपश्चिमको सिमाना रिम्ना पुग्नुभएका अध्यक्ष ओलीले जाजरकोट र रुकुमका भूकम्प पीडित नागरिकको पीडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्र आएको प्रष्ट पार्नुभयो ।  
अध्यक्ष ओलीले  भूकम्प पीडितहरूलाई विपद्मा सहयोग गर्न  पार्टी केन्द्रबाट निर्णय गरी देशभरबाट स्वयंसेवक खटाएको बताउनुभयो  । 
भूकम्प पीडितहरूका लागि अस्थायी टहरा बनाउने, भत्केका घरहरूको भग्नावशेष व्यवस्थापन गर्ने लगायत काम गरी भूकम्प पीडितको सहयोगका लागि जाजरकोटमा नेकपा (एमाले)का ११ सय स्वयंसेवक परिचालित छन् । 
अध्यक्ष ओलीले नेकपा (एमाले)का स्वयंसेवकले अहिलेसम्ममा ८१३ वटा अस्थायी घरटहरा बनाएर भूकम्प पीडितलाई छानोमुनि पुर्याएको तर सरकारले भने पीडितको हातमा केही नदिएको बताउनुभयो । 
सरकारले भूकम्प पीडितलाई राहत दिन सकेन 
उहाँले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा सरकारका मान्छेहरू हेलिकोप्टर चढ्न मात्रै आएको भन्दै सरकारले भूकम्प पीडितका लागि जम्मा भएको सहयोग वितरण नगरी स्टोरमा थन्क्याएको भनी आपत्ति प्रकट गर्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– यहाँ(जाजरकोट र रुकुममा)  विपत्तिले थुप्रै मानिसको ज्यान गएको, थुप्रै घरबारबिहीन भएको बेला सरकारका मानिस सत्ता टिकाउन, कमिशन खान, भ्रष्टाचार गर्न, तस्करी गर्नमै केन्द्रित छन् ।  
‘जाजरकोट भूकम्प पीडितका लागि विभिन्न देशबाट सहयोग आएको छ, हामी सांसदहरूले पनि सहयोग दिएका छौं,’ भन्नुहुँदै अध्यक्ष ओलीले सरकारलाई प्रश्न गर्नुभयो– त्यो रकम बैंक खातामा मात्रै जम्मा गर्न दिएको हो र ? विभिन्न निकायबाट आएको राहत सामग्री स्टोरमा थन्क्याउन दिइएको हो ?’ 
बुद्धि र काम गर्ने इच्छा शक्ति नभएको निकम्मा सरकारले अनावश्यक स्टण्टबाजी बाहेक केही गर्न नसकेको भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सही चिन्तन नभएसम्म केही काम गर्न सकिँदैन । एमालेमा जुन कार्यक्षमता छ, त्यो अरूसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन्, एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन ।  
मानवीय सेवाभावले सेवा गरेको भन्दै स्वयंसेवकका रूपमा खटेका पार्टीका कार्यकर्तालाई अध्यक्ष ओलीले धन्यवाद दिनुभयो । यस्तो सेवाभाव अहिले दुर्लभ भएको उहाँले बताउनुभयो । 
पार्टीबाट खटिएका स्वयम् सेवकलाई प्रमाणपत्र प्रदान गर्दै अध्यक्ष ओलीले  बाँकी संरचना निर्माणको जिम्मा स्थानीय पार्टीले लिने र अनुगमन केन्द्रबाट हुने बताउनुभयो । 
देशको अर्थतन्त्र रेमिट्यान्समा मात्रै निर्भर भएको बताउँदै अध्यक्ष ओलीले अहिलेको सरकार मान्छे  निर्यात गर्ने धाउन्नमा केन्द्रित रहेको छ भन्नुभयो । 
उहाँले भन्नुभयो– रेमिट्यान्समा केन्द्रित अर्थतन्त्र स्थायी होइन तर सरकारले त्यसैलाई प्राथमिकता दिइरहेको छ । देशको अर्थतन्त्र निकै धराशायी बन्दा पनि वर्तमान गठबन्धन सरकारसँग कुनै योजना छैन ।
देशभर विकास निर्माण ठप्प भएको स्थितिले पनि यो कुनै कामको सरकार होइन भन्ने पुष्टी भएको बताउँदै अध्यक्ष ओलीले देशको विकास र समृद्धिका लागि एमाले सरकारको विकल्प छैन भन्नुभयो । 
पार्टीले शुरू गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को छैटौं दिन सुर्खेतबाट भेरी कोरिडोर हुँदै अध्यक्ष ओली लगायत यात्रा अभियानमा सहभागी नेताहरू जाजरकोट पुग्नुभएको हो । 
रिम्नामा भूकम्प पुनःनिर्माण फोटो प्रदर्शनी 
यसैबीच नेकपा (एमाले) को केन्द्रीय विपत व्यवस्थापन तथा स्वयम्सेवक विभागले  जाजरकोटको रिम्नामा फोटो प्रदर्शनी गरेको छ ।  अध्यक्ष ओली नेतृत्वको यात्रा टोलीले उक्त फोटो प्रदर्शनी अवलोकन गरेको थियो ।  
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले गरेको भौतिक संरचना क्षतिको खोज, उद्धार र पुनःनिर्माणका लागि प्रभावित क्षेत्रमा विभागले एक दिने फोटो प्रदर्शनी गरेको हो । 
पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को छैटौ दिन अध्यक्ष ओली नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको अवरसमा विभागले कामका क्रममा खिचिएका तीनसय भन्दा बढी फोटाहरूको प्रदर्शनी गरेको विभागका संयोजक किरण पौडेलले जानकारी दिनुभयो । 
संयोजक पौडेलले भन्नुभयो– पार्टी केन्द्रको निर्णय अनुसार विभाग मातहत रहने गरी परिचालित एक हजार स्वयम्सेवकले गरेका काममा गतिविधिहरूका फोटो प्रदर्शनीमा राखिएकोे हो ।

स्वागतमा माओवादीका उपमहासचिव शर्मा 
नेकपा (एमाले) का अध्यक्ष ओलीलाई स्वागत गर्न नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा जाजरकोटको रिम्ना पुग्नुभएको थियो । 
त्यस्तै, अध्यक्ष ओलीलाई स्वागत गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सांसद राजिवविक्रम शाह, आठविसकोट नगरपालिकाका मेयर रवि केसी, चौरजहारी नगरपालिकाका मेयर पुष्प वादी, सानीभेरी गाउँपालिकाका अध्यक्ष वृषबहादुर विष्ट लगायतका नेता र जनप्रतिनिधिहरू रिम्ना पुग्नुभएको थियो ।
सल्यानमा सन्देश सभा
सल्यानमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) नेतृत्वको सरकारका समयमा देशमा विकासको गति अघि बढेको बताउनुभयो । 
एमालेले सरकारको नेतृत्व गरेको समयमा भएको विकास र सुशासनबाट विरोधीहरू आत्तिएको र विरोधीहरूसँगै पार्टीभित्रै लुकेर बसेका कतिपय हरिया सर्पहरू पनि आत्तिएर पार्टी विरुद्ध प्रहार गरेको अध्यक्ष ओलीले बताउनुभयो । 
उहाँले भन्नुभयो– देशलाई सम्पन्न भएको देख्न नचाहने, विकास भएको देख्न नचाहने, यस देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमान माथि उठेको देख्न नचाहने वैदेशिक शक्तिहरूले पनि एमालेविरुद्ध षडयन्त्र गरे । 
एमालेले सरकार छाडेको अढाई वर्षमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा देश धेरै नराम्रो गरी ओरालो लागेको र देशको विकास ठप्प भएको अध्यक्ष ओलीको धारणा छ । 
यसअघि अध्यक्ष ओली नेतृत्वको टोलीले सुर्खेतको भेरीगङ्गा नगरपालिका– ११ मा रहेको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनास्थलको निरीक्षण गरेको थियो । परियोजनास्थलको निरीक्षण गर्नुहुँदै अध्यक्ष ओलीले प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई स्मरण गर्नुभयो । उहाँले पूर्व प्रधानमन्त्री अधिकारीकै कारण यो परियोजना अघि बढेको भन्दै निर्माणमा बिलम्ब गर्न नहुनेमा जोड दिनुभयो । राष्ट्रका रुपान्तरणकारी परियोजना निर्माणमा सबैको ध्यान जानुपर्ने उहाँको भनाइ छ । 
सङ्कल्प यात्रा टोलीलाई सल्यानको सल्लीबजारमा भव्य स्वागत गरियो । अध्यक्ष ओली नेतृत्वको अभियान टोली बिहान सुर्खेत हुँदै सल्यानको सल्लीबजार आइपुग्दा स्थानीय नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले फूलमालाले स्वागत गर्नुभएको हो । अध्यक्ष ओलीले सल्यानीहरूले मध्यपहाडी यात्रालाई उच्च सम्मान गरेकोप्रति आभार व्यक्त गर्नुभयो । सल्यानको स्वागत वर्षौंपछि घर फर्किएको सन्तानलाई जस्तो भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । रिम्नामा आयोजित कार्यक्रम सकेर अभियान टोली रुकुमपश्चिम हुँदै रुकुमकोट पुगेको छ ।

You might also like

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

Related

Previous Post

विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

Next Post

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया

Sambridinews

Sambridinews

Related Posts

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशभरी चिसाे बढ्दै

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीकाे सम्भावना

बुधबार, फाल्गुन ३, २०७९
जनकपुर बोल्ट्सलाइ एनपीएलको उपाधि

जनकपुर बोल्ट्सलाइ एनपीएलको उपाधि

शनिबार, पुस ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In