Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वर्तमान संविधानमा नेपाल र नेपालीको भविष्यः अध्यक्ष ओली

Sambridinews by Sambridinews
बुधबार, अशोज ३, २०८०
in TOP STORIES, राजनीति, समाचार
0
वर्तमान संविधानमा नेपाल र नेपालीको भविष्यः अध्यक्ष ओली
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नेपाल र नेपालीको भविष्यको गोरेटो भएकाले संविधानप्रति गौरव गर्दै प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 
नवौं संविधान दिवस जनस्तरमा मनाउन आज काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नन्दीकेशर बगैँचामा आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले उपलब्धिहरूलाई समाप्त पार्न कहीँ कतै छिटपुटरूपमा प्रयासहरू भइरहेको र अभिव्यक्ति आउने गरेको वताउँदै राष्ट्रिय एकता खल्बल्याउने खालका गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट गर्नुभयो । 
उहाँले जनतामा विभाजन र फाटो ल्याउने प्रवृत्ति र गतिविधि राष्ट्रिय एकताको पक्षमा नभएको हुँदा राष्ट्रिय एकतालाई कमजोर पार्ने त्यस्ता गतिविधि नगर्न आग्रह गर्नुभयो ।  
नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर बन्न दिन नहुने वताउँदै अध्यक्ष ओलीले एकताको सन्देश दिने संविधान दिवस आगामी वर्ष  राष्ट्रियस्तरमा मनाइने बताउनुभयो ।
‘राष्ट्रिय एकताका साथ सिङ्गो देश एकजुट भएर सही बाटोमा अगाडि  बढौँ  भन्ने संविधान दिवसको सन्देश हो’, उहाँले भन्नुभयो । संविधान एउटा पार्टी, वर्ग, जाति, भूगोग विशेषको नभई सम्पूर्ण जनताको साझा उपलब्धि र गौरव भएकाले आज सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस भएको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयो– ‘जसरी राष्ट्रिय दिवसको रूपमा संविधान दिवस मनाइरहेका छौँ । यो सरकारी दिवस होइन, आम नेपाली जनताको दिवस हो, यो त सरकारको पनि दिवस हो ।
अध्यक्ष ओलीले नेपाली जनताको हक अधिकार प्रत्याभूति गरिएको वर्तमान संविधानको सफल र प्रभावकारी कार्यान्वयन गरी मुलुकमा गरिबीको  अन्त्य गरी सम्पन्न र आधुनिक नेपालको जिन्दगी नेपाली जनताले उपभोग गर्न पाउनुपर्ने धारणा राख्नुभयो । 
उहाँले संविधान दिवसका अवसरमा सबै नेपालीलाई बधाई दिनुहुँदै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्नुहुँदै महासचिव शंकर पोखरेलले संविधान दिवस जनता सार्वभौमसत्ता सम्पन्न भएको गौरवको दिन भएको हुँदा आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा, जनताको बीचमा उल्लासपूर्ण वातावरणमा, उत्सवका रूपमा  मनाउनुपर्छ भन्ने मान्यताका आधारमा आज नन्दीकेशर बगैँचामा भेला भएको स्पष्ट गर्नुभयो । 
मुलुकमा राजनीतिक अस्थिरता र अराजकताका कारण अहिले नेपाली जनताले संविधानले सुरक्षित गरेका अधिकार प्रयोग गर्न नपाइरहेको अवस्था रहेकाले नेकपा (एमाले)  मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गरी जनतालाई अधिकार सम्पन्न बनाउन, संविधानले प्रत्याभूत गरेका हरेक अधिकार प्रयोग गर्नसक्ने वातावरण तयार गर्ने अभियानमा अगाडि बढिरहेको वताउनुभयो ।
‘नेपाली समाज अधिकारको लडाईंबाट आज विकास र समृद्धिको यात्रामा अगाडि बढ्दै गरेको र यस यात्रालाई अगाडि बढाउने सन्दर्भमा स्वाभाविक रूपमा मुलुकले नायकत्वको खोजी गरेको छ’ भन्नुहुँदै महासचिव पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार, पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  केपी शर्मा ओलीले राष्ट्रको नायकका रूपमा जनताको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको अगुवाई गरिरहनुभएको वताउनुभयो । 
सेल्फी विथ नेशनल फ्ल्याग (राष्ट्रिय झण्डासँग सेल्फी) नामको विशेष कार्यक्रममा अध्यक्ष ओलीले नन्दीकेशर बगैँचामा सधै फहराउने गरी आजै राखिएको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । कार्यक्रमलाई संक्षिप्त सम्वोधनपछि अध्यक्ष ओली चौरको वरिपरि घुमेर त्यहाँ राखिएका नेपालको अद्यावधिक गरिएको चुच्चे नक्शा, संविधानका ३१ ग्यारेण्टीबारे जानकारीमूलक प्रदर्शनी अवलोकन गर्नुभएको थियो भने सहभागी जनसमुदायले राष्ट्रिय झण्डासाथमा लिएर अध्यक्ष ओलीसँगै सेल्फी लिएका थिए । 
कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, बिष्णु रिमाल, पार्टीका स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरूको सहभागिता थियो । संविधान दिवसलाई राष्ट्रिय झण्डा दिवसका रूपमा पनि मनाइएकाले सबै सहभागीका हात हातमा राष्ट्रिय झण्डा थिए भने विभिन्न राष्ट्रिय गीत र राष्ट्रिय धुनले कार्यक्रम सङ्गीतमय भएको थियो । कार्यक्रममा हाम्रो गौरवशाली इतिहास, लोकतान्त्रिक गणतन्त्रसम्मको विजययात्रा र संविधानमा व्यवस्था गरिएका ३१ ग्यारेण्टी समेटिएको जानकारीमूलक ब्रोसर वितरण गरिएको थियो ।

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

Related

Previous Post

सदस्य–सचिव घिसिङ चीन प्रस्थान

Next Post

काठमाडौंमा उर्लियो शिक्षक आन्दोलन ; आन्दोलन फिर्ता नलिए कारबाही गर्ने सरकारको चेतावनी

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेंगु सङ्क्रमणका कारण ४२ जनाको मृत्यु

बर्षायामसंगै डेंगुको जोखिम बढ्यो

मङ्लबार, असार २६, २०८०
सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

बिहिबार, चैत्र २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In