काठमाडाैं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने बताए ।
शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो । आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो’, उनले भने, ‘अरु केही गर्दैन यो सरकारले ।’
‘गर्दा यो गठबन्धनकै मान्छेहरु पर्ने हुन्, त्यसैले गर्दैन’, पार्टी उपाध्यक्ष पौडेलतर्फ संकेत गर्दै ओलीले जग्गा खरिद गरे वापद दोषी देखाउन खोजेको बताए ।
उनले अघि भने, ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्यो, अड्डामा गएर पास गर्यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’
एमालेले स्वच्छता, पारदर्शिता, कानुनीराज, लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने खड्गप्रसादले बताए ।