कार्तिक २८ , ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदका पदक विजेता ललिपतुरका खेलाडी सोमबार नगदसहित सम्मान गरेको छ ।
विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य पदक विजेता गरी जम्मा ७३ पदक विजेतालाई सम्मान गरिएको हो । ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कांस्य पदक जितेका थिए । स्वर्णलाई ५ हजार, रजतलाई ३ हजार र कांस्यलाई २ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर क्षेत्र नं। २ खका नेपाली कांग्रेसका उम्मेदवार रामृकष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले खेलाडीलाई सम्मान गरे ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: