Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, July 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रियसभामा छ वर्षको अनुभव सुनाउँदै सांसद

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १७, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
राष्ट्रियसभामा छ वर्षको अनुभव सुनाउँदै सांसद
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ फागुन : राष्ट्रिसभाको छ वर्षे कार्यअवधि पूरा गरेका सदस्यले सभाको ओज र गरिमालाई उच्च राख्न सुझाव दिनुभएको छ । 

सभाको आजको बैठकमा यही फागुन २० गतेदेखि पदावधि सकिएर बिदाइ हुँदै गरेका सदस्यले सभामा आफ्नो अनुभव सुनाउँदै सुझावसमेत प्रस्तुत गर्नुभएको हो । 

You might also like

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

राष्ट्रिसभा र त्यसअन्तर्गतका विषयगत समिति एवं समग्र संसदीय अभ्यासको अनुभव सुनाउँदै राष्ट्रियसभा सदस्य इन्दु कडरियाले कौतहुलता र उत्साहका साथ सदन प्रवेश गरेको दिन सम्झँदै आगामी दिनमा सभामा गैरसंसदीय अभ्यास नगर्न सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “गैरसंसदीय अभ्यास पनि अनुभव गरियो । सरकारमा भएका पार्टीको खिचातानीले सदन जुनसुकै बेला बन्द, अवरोध गर्ने र अध्यादेशमार्फत संसद्को भूमिका खुम्चाउने अभ्यास पनि अनुभव गरियो ।

अब यस्तो नहोस् भन्ने अनुरोधसमेत गर्दछु ।” सांसद कडरियाले सदनमा बोल्ने कम समय पाएको भन्दै बोलेका कुरामा सरकारले गम्भीरतापूर्वक नलिने प्रवृत्ति सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

“कञ्चनपुरमा हात्तीको आतङ्क, डुबान, सीमा क्षेत्रको समस्या, दुई छिमेकी देशबीचका जनतामा आवतजावतमा परेको सास्ती र महँगीलगायत कुरामा बोलियो ।

यसरी राष्ट्रियस्तर र जनसरोकारका मुद्दा उठाउँदा जनताको प्रशंसाले आफूमा सकारात्मक ऊर्जा थपेको छ”, उहाँले भन्नुभयो, “सदनमा बोल्न निकै कम अवसर पाइनेरहेछ । सबै सांसदलाई समय छुट्याउँदा एउटा अधिवेशन सकिँदासम्म मुस्किलले तीन–चार पटक बोल्ने अवसर पाइनेरहेछ ।”

सांसद कडरियाले सभाको सदस्य बन्ने अवसरको लागि आफ्नो पार्टी नेकपा (एमाले) प्रति कृतज्ञता प्रकट गर्दै अपेक्षाअनुरुप काम हुन नसकेको बताउनुभयो ।

“लाग्दथ्यो सदनमा बोलिसकेपछि त्यो कार्यान्वयनमा आउँछ तर यर्थाथमा बोलेका सबै कुरा कार्यान्वयन नहुँदा रहेछन्”, उहाँले भन्नुभयो । 

सदस्य कुमार दसौदीले सदनमा उठेका मुद्दाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो कार्यावधिभरको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “जनप्रतिनिधिले उठान गरेका जनसरोकारका मुद्दालाई सरकारले गम्भीरताका सथा लिन सकेमात्र सार्थकता हुने र सदनको गरिमा बढ्छ ।”

उहाँले आफ्नो जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि पुनः ध्यानार्कषणसमेत गराउनुभयो ।    

“रोल्पा द्वन्द्वग्रस्त मुख्य थलो हो । अहिले पनि त्यहाँका नागरिक द्वन्द्वका कारण आर्थिक र मानसिकरूपमा कमजोर छन् ।

रुसी सेनामा जान बाध्य छन् । यो विक्षिप्त अवस्थालाई त्यसको शोधभर्ना गर्नका लागि कम्तीमा पनि मनोपरामर्शको उपचार सेवा उपलब्ध गराउन आवश्यक छ”, उहाँले भन्नुभयो । 

समसामयिक विषयसमेतमा ध्यानाआर्कषण गराउँदै सांसद दसौदीले दुई दशकदेखि निर्माणाधीन सहिदमार्ग यथाशीघ्र सम्पन्न गर्न माग गर्नुभयो ।

उहाँले दलीय राजनीतिमा दलीय स्वार्थका कुरा राख्नुपर्ने भन्दै सदनमा दलभन्दा माथि उठेर जनताका साझा मुद्दाका कुरा गर्नुपर्ने बताउनुभयो । 

सदस्य डा खिमलाल देवकोटाले आफ्नो तीन वर्षको संसदीय अभ्यास, अनुभव र ज्ञानका लागि सदन विश्वविद्यालयसरह रहेको बताउनुभयो ।

“राजनीति गर्नुकोे लक्ष्य नेतृत्वको लागि हुन्छ । मन लागेसम्म नेतृत्वमा बस्ने र सांसद बन्ने गर्नु हुँदैन । म बैठकको करिब ९४ प्रतिशत अर्थात् एक सय ३० दिन उपस्थिति जनाएको छु । मैले १३ घण्टा बढी बोलेको छु ।

औषतमा अन्य सदस्यभन्दा यो तीन गुणा बढी समय हो । स्थानीय तह र प्रदेशका सरोकारका विषयमा बोल्ने अवसर पाएँ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो । 

सांसद देवकोटाले मन्त्रीसँग सवालजवाफ गर्न नसकेकोप्रति गुनासो व्यक्त गर्दै सदन समयमा नै सुरु हुनु सकारात्मक अभ्यास भएको बताउनुभयो ।

उहाँले राष्ट्रियसभाको ओज कायम राख्न प्रतिनिधिसभा नरहेको समयमा प्रतिनिधिसभाले गर्ने र विधेयकको प्रथम र अन्तिम ‘रिडिङ’यस सभाले नै गर्नुपर्नेमा जोड दिनुभयो ।  संविधानको भावना र आशयअनुसार सदस्यको प्रतिनिधित्व हुनुपर्ने उहाँको  सुझाव छ । 

बैठकमा आफ्नो अनुभव सुनाउँदै सदस्य दीपा गुरुङले अनुशासित, सक्षमतासहितको प्रस्तुति र कानुन निर्माणको भूमिकाले संसदीय अभ्यास अविस्मरणीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनता जनप्रतिनिधिप्रति आशावादी छन् । सरकारलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गर्छु ।” उहाँले आफ्नो पार्टी नेकपा (एमाले)प्रति आभार प्रकट गर्दै छ वर्षको समयमा  प्रतिपक्ष र सत्तापक्षको भावबाट माथि उठेर काम गरेको दाबी गर्नुभयो । 

यस्तै सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले मौलिक हकका लागि बन्नुपर्ने कानुनका लागि सङ्कल्प प्रस्ताव पेस गरेको स्मरण गर्दै सार्वजनिक महत्वको प्रस्तावअन्तर्गत सडक सुरक्षामाथिको प्रस्तावलाई आगामी दिनमा छलफल अघि बढाउन आग्रहसमेत गर्नुभयो ।

उहाँले शून्य समयमा राष्ट्रिय सरोकारको विषय उठाएको स्मरण गर्दै भन्नुभयो, “नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पहिलोपटक यस सदनको शून्य समयमा प्रश्न उठाएर ध्यानार्कषण गराउने अवसर प्राप्त भयो ।”

सांसद रावलले विवादरहित समिति सञ्चालन गरेको भन्दै कोरमको अभावमा बैठक स्थगनसमेत नभएको दाबी गर्नुभयो । उहाँले संसदीय अनुगमन प्रभावकारी बनाउन सुझाव दिँदै संयुक्त अनुगमन र निर्देशनका लागिसमेत सुझाव दिनुभयो ।

संसदभित्र विज्ञ ‘रोस्टर’को व्यवस्थाका लागि उहाँले आग्रह गर्नुभयो । सांसद रावलले राष्ट्रियसभाले सदन सञ्चालन समयमै गरर सकारात्मक काम गरेको बताउनुभयो ।

सदस्य नरपति लुवारले सभाको गरिमा बढाउनेगरी काम गर्न नवनिर्वाचित सदस्यलाई सुझाव दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेका हक कार्यान्वयनको सम्बन्धमा सदन र सरकारको ध्यानार्कषण गराउनुभयो ।    

सदस्य प्रकाश पन्थले संसद्प्रति सरकारलाई जवाफदेही र जिम्मेवार बनाउन अझ सशक्त भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सदन र समितिलाई आधुनिक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

“छ वर्षको कार्यकलमा दुईपटक प्रतिनिधिसभा भङ्ग भयो । एकपटक निर्वाचन र तीनपटक प्रतिनिधिसभाविहीन अवस्थामा यस सदनमा हामीले काम गर्नुपर्यो”, सांसद पन्थले भन्नुभयो, “दुखद् कुरा, मौलिक हक कार्यान्वयनका लागि आएका विधेयक फटाफट यताबाट आएर उता गए ।

हामीले छलफल गरेर पास गर्न पाएनौँ । ती सबै विधेयकमा फेरि काम गर्नुपर्ने अवस्था छ ।” उहाँले आफूले राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकासको सभापतिका रूपमा शतप्रतिशत भूमिका निर्वाह गरेको बताउनुभयो ।

सदस्य महेशकुमार महराले सभामा सुदूरपश्चिम क्षेत्रको आवाज उठाएको स्मरण गर्दै सरकारले धेरै विषयमा चासो व्यक्त नगरेको बताउनुभयो ।

उहाँले सभाको ओज र गरिमा बढाउनतर्फ सबै लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा जनसरोकारका मुद्दा उठाउँदा सरकार मौन रहेको देखियो । सांसदले राखेका समस्याप्रति पछिल्लो सरकार गम्भीर हुनुपर्छ ।”

अर्का सदस्य सूर्यबहादुर विश्वकर्माले जनताको आवश्यकता, चाहना र भोगिरहेका समस्या सम्बोधनका लागि सरकार र सदनको ध्यानार्कषण गराएको स्मरण गर्नुभयो ।

उहाँले किसानका समस्या र आवश्यकताबारे सभामुखमार्फत पुनः सरकारको ध्यानार्कषणसमेत गराउनुभयो । स्थायी सदन भएकाले सरकार र संसद्को आवश्यकताअनुसार जनतालाई अधिकारसम्पन्न बनाउन केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

यस्तै सदस्य हरिराम चौधरीले राष्ट्रिसभाको अस्तित्वबारे उठ्ने प्रश्नलाई चिर्दै यसको गरिमा बढाउन सुझाव दिनुभयो ।

उहाँले सभाको सदस्यका रूपमा भूमिका निर्वाह गर्ने अवसरकाबारे कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “यो अवसरमा देशमा व्याप्त रहेको गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीदेखि हरेक क्षेत्रमा रहेका समस्याका बारेमा हामीले बहस गर्ने अवसर प्राप्त गर्यौँ”, उहाँले  राष्ट्रियसभाभित्र सबै प्रकारका क्लस्टर सुरक्षित गरेता पनि आदिवासी जनजातिको क्लस्टर सुरक्षित गर्न असमर्थक रहेको बताउनुभयो ।

Related

Previous Post

दुग्ध उत्पादक सहकारीले सिन्धुलीमाढीमा प्रदर्शन

Next Post

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारण सभा

Sambridinews

Sambridinews

Related Posts

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
TOP STORIES

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’
FEATURED

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध
FEATURED

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
Next Post
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारण सभा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारण सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

बिहिबार, भदौ २०, २०८१
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

सोमवार, फाल्गुन ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

मङ्लबार, साउन १२, २०८३
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
TOP STORIES

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

मङ्लबार, साउन १२, २०८३
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’
FEATURED

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

मङ्लबार, साउन १२, २०८३
सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध
FEATURED

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

मङ्लबार, साउन १२, २०८३
Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

सोमवार, साउन ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In