Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठक एमालेद्वारा बहिस्कार

Sambridinews by Sambridinews
बुधबार, भदौ ६, २०८०
in FEATURED, TOP STORIES, राजनीति
0
राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठक एमालेद्वारा बहिस्कार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बोलाएको सर्वदलिय बैठक नेकपा एमालेले बहिस्कार गरेको छ ।

राष्ट्रपतिको सचिवालयले अन्य दललाई जस्तै एमालेलाई बैठकमा आमन्त्रण गरिए पनि उसका नेताहरू सहभागी नभएको जनाएको छ । ३१ साउनको पछिल्लो भेटवार्ता तिक्ततामा परिणत भएका कारण ओलीले राष्ट्रपतिले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बहिष्कार गरेका बताइन्छ  ।

You might also like

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार र मंगलबार बोलाएको सर्वदलीय बैठकमा पनि स्वास्थ्यका कारण देखाएर ओली सहभागी भएका भएनन ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सरकार र दलहरूबीच संवाद जारी रहेकै वेला राष्ट्रपतिले संसद् खुलाउने एजेन्डामा बैठक बोलाएका कारण अध्यक्ष ओली नगएको बताए । ‘एजेन्डा तोकेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन,’ बर्तौलाले भने, ‘राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र सरकार हो । सरकारले मैले सकिनँ, गरिदिनुप¥यो भनेको स्थिति पनि होइन । प्रधानमन्त्री स्वयं रात–बिहान प्रमुख प्रतिपक्षी दलले संसद्मा उठाएको मागको विषयमा छलफल र बैठकमा हुनुहुन्छ ।’

बर्तौलाले सरकारको काम ‘ओभरल्याप’ हुने गरी समानान्तर रूपमा राष्ट्रपतिले गर्न खोजेकाले एमाले सहभागी नभएको दाबी गरे । ‘संवादहीनताको अवस्थामा पहल लिने, सम्झाउने कुरा स्वाभाविक छ । तर, नियमित रूपमा सरकारले छलफल चलाइरहेका वेला, सरकारको काम राष्ट्रपतिले गर्ने होइन,’ उनले भने ।

कांग्रेस नेता मीन विश्वकर्माले अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गरेकालाई अन्यथा लिन नहुने बताए । ‘शक्ति पृथकीकरणको सिद्धान्तमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच दरार पैदा भयो भने वा जनताको आफ्नो अधिकार प्रयोग गर्ने थलो अवरोध भयो भने त्यस्तो वेला सहजीकरण र संवादका लागि बोलाउने प्रचलन छ । विगतका राष्ट्रपतिले यस्तो वेलामा बोलाउनुहुन्थ्यो,’ उनले भने, ‘अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गरेकालाई अन्यथा लिनुहुँदैनथ्यो । प्रतिपक्षी जानुपथ्र्याे । तर, आफैँले अवरोध गरिराखेकाले सम्झाउनैका लागि बोलाएको होला भनेर नगएको हुन सक्छ । जानुपथ्र्याे भन्ने हाम्रो धारणा हो ।’

उनले लगातार संसद् अवरोध हुँदा मुख्य चुरो के हो, के गर्दा खुल्न सक्छ र के गर्दा जनताको अधिकार स्थापित हुन सक्छ भनेर राष्ट्रप्रमुखले छलफल र परामर्श गर्न बोलाउनु गैरसंवैधानिक नहुने बताए । ‘यो राजनीति गर्न खोजेको मानिँदैन किनभने उहाँले प्रतिपक्षका नाममा संसद् खुलाउनु, अवरोध नगर्नु अथवा सरकारलाई जसरी पनि संसद् खुलाउनु भनेको भए मात्र राजनीति भएको देखिन्थ्यो,’ उनले भने ।

निर्वाचित भएको पाँच महिनापछि राष्ट्रपति पौडेलले प्रमुख विपक्षी दलका नेता ओलीलाई बोलाएर भेटवार्ता गरेका थिए । तर, पहिल्यै भेट तिक्ततामा परिणत भएको र त्यसको असरका रूपमा ओलीले राष्ट्रपतिको दोस्रो निमन्त्रण बहिष्कार गरेको एमाले नेताहरूको भनाइ छ ।

एमाले नेताहरूका अनुसार राष्ट्रपति पौडेलले ‘संवैधानिक सीमा र मर्यादाबाहिर गएर अनावश्यक सक्रियता देखाएको र एमालेलाई व्यवस्थाविरोधी करार गर्न खोजेको’ भन्दै ओली आक्रोशित छन । भेटमा राष्ट्रपतिले एमालेले संसद् अवरोध नखुलाए लोकतान्त्रिक गणतन्त्र धरापमा पर्न सक्ने खतरा औँल्याएको एमाले नेताहरूको दाबी छ । साथै, त्यस्तो अवस्थामा आए जिम्मेवारी लिनुपर्ने राष्ट्रपति पौडेलको अभिव्यक्तिसँग ओली आक्रोशित भएको एमाले नेताहरूको भनाइ छ ।

मंगलबारको सर्वदलिय बैठकमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक राष्ट्रप्रतिको चिन्ता हो, सक्रियता होइन भनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अवरोधका विषयमा सर्वदलीय बैठक आह्वान आफ्नो राष्ट्रप्रतिको चिन्ता भएको बताएका छन । मंगलबार शीतलनिवासमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारीअन्र्तगत बैठक भएको बताए ।

उनले संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका समस्या सदनमा आउन नसकेको भन्दै चिन्ता व्यक्त भइरहेको बताएका थिए । साथै, दलहरूबाट आपसी संवादबाट सदन खुलाउने प्रयास हुनु सकारात्मक भएको उनको भनाइ थियो । ‘जनताका यावत् समस्याको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका वेला सबै दलको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको छ । यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद् सञ्चालन हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भनेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट दलहरूबीच संवादमार्फत समझदारी बनेर सदन सञ्चालन होस् भन्ने शुभेच्छा आउनु सकारात्मक भएको बताएका थिए । उनले दलहरू करिब सहमतिको नजिक रहेको जानकारी बैठकमा गराएका थिए । ‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सञ्चालन होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ । यसमा कसैले विमति राख्नुपर्ने कारण छैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘हामी निरन्तर छलफलमा छौँ ।

संसद् सञ्चालन गर्ने सहमतिको करिब–करिब नजिक पुगेका छौँ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।’ बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जसपा नेता प्रदीप यादव, जनमत पार्टीका अब्दुल खाँलगायत सहभागी थिए ।

( यो फिचर नयाँ पत्रिका लगायतका सञ्चारमाध्यको सहयोगमा निर्माण गरिएको हो । )

Related

Previous Post

अविवाहित जोडिबाट जन्मिएको शिशु खरिद बिर्की गर्ने पक्राउ

Next Post

१९ औं एसियाली खेलकुद :रग्बीमा नेपाल समूह ‘ए’ मा

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
१९ औं एसियाली खेलकुद :रग्बीमा नेपाल समूह ‘ए’ मा

१९ औं एसियाली खेलकुद :रग्बीमा नेपाल समूह ‘ए’ मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह

बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह

बुधबार, मंसिर ५, २०८१
बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

शुक्रबार, अशोज १६, २०८३
विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In