Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध रिटको पेशी आईतबार

Sambridinews by Sambridinews
शनिबार, साउन १३, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध रिटको पेशी आईतबार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साउन १३, सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने सबोच्च अदालतले ठहर गरेको छ ।
सर्वोच्च अदालतको न्यायाधिश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दरपिठ गर्ने सर्बोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलको आदेश बदर गर्दै भनेको छ, राष्ट्रपति वा अन्य उच्च पदस्थ ब्यक्तिहरुको विदेशमा उपचार गर्दा लाग्ने खर्च वा अन्य सुविधा बापतको रकम के कसरी कुन मापदण्डका आधारमा उपलब्ध गराउने भन्ने विषयमा प्रस्तुत निवेदन अन्तरनिहित रहेकाके देखिँदा नेपाल सरकार मन्त्री परिषदको मिति २०८०।०३।१२ को निर्णयको अदालतले परीक्षण गर्न सक्ने नै देखिँदा यस अदालतका रजिष्ट्रारबाट मिति २०८०।०४।०५मा भएको दरपिठ आदेश बदर गरिदिएको छ । सर्बोच्च अदालतको आदेशसँग अधिवत्ता गिरीले शुक्रबार रिट दर्ता गरेको हुन् उक्त रिट निवेदनको पेशी आइतबारलाई तोकेको छ ।

सर्बोच्च अदालतलको आदेश पछि अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च ब्यहोर्ने भनी गरेको निर्णय उत्प्रेणको आदेशले बदर गर्न माग गर्दै पेश गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ । अधिवक्ता गिरीले गत असार २४ गते सर्बोच्च अदालतमा पेश गरेको रिट निवेदन सर्बोच्च प्रशासनले १३ दिनसम्म दर्ता गर्न आनाकानी गरेको थियो । अन्ततः सवोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निक्र्यौल हुने बिषय नभएको दावी गर्दै निवेदन दरपिठ गरेकी थिइन् । रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए । अधिवत्ता लिलानाथ घिमिरे र रिट निबेदक अधिवत्ता बिष्णु गिरीले बहस गरेका थिए ।

You might also like

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

राष्ट्रपति पौडेल छातीको समस्याको उपचारका लागि गत बैशाख ६ गते उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स० मा उपचार गराउन गएका थिए । उनी बैशाख १७ गते उपचार गराएर फर्केका थिए । सामान्य छाति दुखेको निहुम्मा लाखौं खर्च गरेर विदेशमा उपचार गर्न गएपछि त्यसको चर्को विरोध भएको थियो । विरोध मत्थर पार्न त्यती बेला राष्ट्रपति कार्यालयको सचिवालयले वैश्खा १७ गते वक्तव्य जारी गर्दै उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको थियो । अहिले मन्त्रीपरिषदको बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५,०२,२७९। रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको भन्दै परराष्ट्र मन्त्रालयले असार १५ गते अर्थ मन्त्रालयसँग उपचार खर्च निकासा मागेको थियो ।

कानुन अनुसार नेपाल सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भन्ने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् । मन्त्रिपरिषदको निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य सेवा ऐन, २०७५ ल्याइएको थियो । यस ऐनमा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नव्यहोर्ने व्यवस्था गरिएको छ । ऐनको दफा ३० मा कुनै पनि व्यक्तिले विदेशमा उपचार गरेमा सरकारले खर्च उपलब्ध नगराउने भनिएको छ । ‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा उपचारका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, ऐनको दफा ३० मा भनिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ । ‘राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ’, ऐनमा भनिएको छ । विपक्षी राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डको स्वीकृति लिइएको थिएन । यसरी ऐनले नदिएको उपचार खर्च सरकारले ब्यहोर्ने भनी मन्त्रीपरिषदले गरेको निर्णय दरपिट आदेशमा भनिएजस्तो नितान्त नीतिगत र कार्यपालिकाको क्षेत्राधिकारअन्तरगतको विषय मात्रै हुन नसक्ने बहसका क्रममा अधिवक्ता घिमिरेले बताएका थिए । राज्यले गर्ने खर्चमा मैले तिरेको करको रकम समेत समावेश छ । नागरिकले तिरेको राजस्व खर्च गर्न सरकार जवाफदेही हुनै पर्छ । राज्यलाई स्वेच्छाचारी हुन नदिन लोकतन्त्रमा शक्ति सन्तुलन, शक्ति विभाजन, राज्यका अंगहरुबीच एकले अर्काको कामको जाँच गर्न पाउने ब्यवस्था गरिन्छ । त्यसै अनुरुप कार्यपालिकाले नीतिगत निर्णयको आवरणमा गर्ने गैरकानुनी कामको परीक्षण न्यायपालिकामा हुन्छ, हुनु पर्छ, उनले भनेका थिए ।

विपक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डबाट सिफारिस नलिएका कारण उपचार खर्च राज्यले ब्यहोर्नु राज्यस्रोतको दुरुपयोग भएको रिट निवेदक अधिवक्ता गिरीको दावी छ । हरेक नागरिकबाट कर संकलन गरेर बजेट बनाउने सरकारले यसरी विशिष्ट ब्यक्तिका नाममा गैरकानुनी रुपमा खर्च गर्न मिल्दैन । पत्रकार समेत रहेका रिट निबेदक अधिवत्ता गिरीले विपक्षी राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो उपचार खर्च आफैं ब्यहोर्न सक्षम हुनुहुन्छ । त्यसमा पनि निज आफैंले आफ्नो उपचार खर्च आफैंले बेहोर्न चाहेको सार्बजनिक रुपमा बताइसकेको अबस्थामा नेपाल सरकारले तेरो उपचार खर्च आफैं बेहोर्न पाउँदैनस्, राष्ट्रको ढुकुटीबाटै बेहोर्नु पर्छ, राष्ट्रको ढुकुटी रित्याउनु पर्छ भन्न मिल्दैन,उनले भने ।

Related

Previous Post

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

Next Post

नेपालमा साइबरसुरक्षाको लागि सागरग्रुपले ल्यायो Kaspersky Solutions

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

by Sambridinews
शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
नेपालमा साइबरसुरक्षाको लागि सागरग्रुपले ल्यायो Kaspersky Solutions

नेपालमा साइबरसुरक्षाको लागि सागरग्रुपले ल्यायो Kaspersky Solutions

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रसुवागढी नाकाबाट पर्यटक आवागमन खुला

रसुवाका नागरिकका लागि परिचयपत्र देखाएर केरूङसम्म आवतजावत गर्ने व्यवस्था

शनिबार, असार २३, २०८०
सिस्टममा समस्या आएपछि अर्को सूचना नआउदासम्म राहदानी सेवा बन्द

सिस्टममा समस्या आएपछि अर्को सूचना नआउदासम्म राहदानी सेवा बन्द

मङ्लबार, पुस १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In