काठमाडाैं । महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ।
गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ।
ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा महतोलाई रकम पठाएका थिए।
मोटरसाइकलमा सवार भएर आएक एक अज्ञात युवकले झुक्याएर रकम लुटेर फरार भएको महोत्तरीका प्रहरीले जनाए।
लुटेराकाे खाेजीकार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।