काठमाडौं । भारतमा भएको सडक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको सडक दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चोकनजिकै रहेको हरिओम मेडिकल स्टोरका सञ्चालक दिनेशकुमार वैश्यका छोरा, बुहारी, दुई नातिको घटनास्थलमा मृत्यु भएको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले पुष्टि गरेका छन ।
उनका अनुसार दुर्घटनामा परी त्रिभुवन चोकको उत्तरतर्फ रहेको एस कुमार वाच सेन्टरका सञ्चालक सन्तोषकुमार वैश्यका छोरा र छोरीको पनि मृत्यु भएको छ ।
भारतको बलरामपुरबाट नेपालगन्ज फर्किने क्रममा श्राबस्ती जिल्लाको सीताकुण्डनजिक उनीहरू सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।