Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भव्य समारोहबीच सार्वजनिक भयो मनि मित्र, सेयर लगानीकर्तालाई फाइदै फाइदा

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १६, २०७९
in TOP STORIES, अर्थ, समाचार
0
भव्य समारोहबीच सार्वजनिक भयो मनि मित्र, सेयर लगानीकर्तालाई फाइदै फाइदा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको ‘आइडियाप्रनर नेपाल’ ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न ‘मनि मित्र’ एप र सफ्टवेयर सार्वजनिक गरेको छ । सफ्टवेयरलाई प्रयोगकर्ताले वेवसाइटमा www.moneymitra.com र एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।

रू। २९९ सुरुवाती मूल्य रहेको ‘मनि मित्र’मा नेपालको सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगाएतका सेवाहरु उपलब्ध छन् । मनि मित्रको निःशुल्क संस्करणमा भने प्रयोगकर्ताले सीमित सेवाहरु उपलब्ध प्रयोग गर्न सक्नेछन् ।

You might also like

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

प्रयोगकर्ताले मनि मित्रको एकै सदस्यता (Subscription) भित्र कम्पनीहरुका सम्पूर्ण विवरण, जानकारी र डाटा रहेको ‘गुरु मन्त्र’, ब्रोकरहरुको विवरण विश्लेषण र ब्रोकेरबीच तुलना गर्न मिल्ने ‘ब्रोकर चिरफार’, व्यक्तिगत वित्तीय व्यवस्थापनको लागि ‘बृद्धि’ र ज्ञान वृद्धिका लागि ‘आइडियाप्रेन्युर ज्ञान’ प्राप्त गर्नेछन् ।

मनि मित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचीकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल प्राप्त गर्नेछन् । प्राविधिक विश्लेषण चार्ट भने निःशुल्क प्रयोगका लागि उपलब्ध रहेको छ ।

यससँगै गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी दिने नोटिफिकेसन अलर्ट, पोर्टफोलियोको विवरण, म्यूचुअल फण्डहरुको विवरण साथै विभिन्न म्यूचुअल फण्ड तथा कम्पनीहरुको वित्तीय अवस्थाबीच तुलना गर्न मिल्ने टुल उपलब्ध छ ।

यस्तै, गुरु मन्त्रमा रहेको स्टक बास्केटमा विभिन्न १६ आधार कम्पनीहरुलाई समूहगत रूपमा रहेका छन् । नेप्से उपसमूहका अन्य कम्पनीहरुको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरुलाई समूहगत रूपमा सुपर कमर्शियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेन्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफाइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ भने
● उच्च लाभांस दिनेलाई डीभिडेण्ड स्टार,
● समूहमा राम्रो मुनाफा गरिरहेका र राम्रो लाभांस प्रदान गर्ने क्षमता भएका कम्पनीहरुलाई फरेभर ब्लु चिप,
● छुटको मूल्यमा किन्न सकिने कम्पनीहरुलाई मेगा बार्गेन,
● उदाउँदा कम्पनीहरुलाई राइजिङ स्टार,
● ब्रोकरहरुले उच्च मात्रामा बिक्री गरेका कम्पनीहरुलाई डिस्ट्रीव्युसन,
● अप्रत्यासित रुपमा मूल्य बढीरहेका र लगानीकर्तालाई मनोवैज्ञानिक रूपमा प्रभावित गरेका कम्पनीहरुलाई बबल ट्रयाप,
● बेन्जामिन ग्रहामको भ्यालु इन्भेष्टमेन्ट विधिमा आधारित अण्डर भ्यालुड कम्पनीहरुलाई ग्राहम फेबरेट,
● ब्रोकरहरुले पछिल्लो समय उच्च मात्रामा खरिद गरिरहेका कम्पनीहरुलाई ब्रोकर फेबरेट,
● उच्च नेटवर्थ र लाभांस वितरण क्षमता भएका कम्पनीहरुलाई रिजर्भ किंग

गरी १६ समुहमा विभाजन गरिएको छ । सेयर बजारमा लगानीबारे अधिक जानकारी नभएका लगानीकर्तालाई यो सूचीले निर्णय लिन सल्लाह दिन्छ। साथै गुरु मन्त्रमा समग्र राष्ट्रको अर्थतन्त्रको तथ्याङ्कहरु पनि उपलब्ध छन् ।

यस्तै गुरू मन्त्र अन्तर्गत प्रत्येक कम्पनीहरुको अद्वितीय विवरणमास् कम्पनीको सेयर कारोबारको विवरण, कम्पनीको सम्पूर्ण वित्तीय विवरण, कम्पनीको सेयरप्रती लगानिकर्ताको इमोसन दर्शाउने इमोसन मिटर, कम्पनीको वित्तीय अवस्थाको आधारमा रेटिङ, नेप्से र उपसमूहको तुलनामा कम्पनीको सेयरमूल्यको उपस्थिति,कम्पनीले दिएको मासिक र साप्ताहिक रिटर्न, ब्रोकर होल्डिङ, उपसमूहको अन्य सामान कम्पनी बीच तुलना, कम्पनीको स्वट एनालिसीस रहेको छ ।

यस्तै, लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था जान्न सयौँ पेजको रिपोर्टममध्ये कुन तथ्याङ्कको लागि कुन पेज खोज्ने भन्ने समस्या समाधान गर्न गुरुमन्त्रमा कम्पनीको वित्तिय विवरण अध्ययनलाई सहज बनाउन फाइनान्सियल अन्तर्गत त्रैमासिक रिपोर्ट, व्यलेन्स सीट, इन्कम स्टेटमेन्ट, क्यासफ्लो, अडिट(रेगुलेटरी तथा अन्य मेट्रिक्समा कम्पनीको वित्तीय विवरण प्रस्तुत गरिएको छ ।

मनि मित्रको अर्को प्रोडक्ट ब्रोकर चिरफारमा प्रयोगकर्ताले आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई उसको सेवाको आधारमा रेटिङ् प्रदान गर्न सक्छन् । साथै ब्रोकर चिरफारको फीडमा आफ्नो अनुभव अन्य प्रयोगकर्ताले पनि हेर्न मिल्ने गरी साझा गर्ने व्यवस्था गरिएको छ ।

ब्रोकर चिरफार अन्तर्गत सेयर कारोबारमा लाग्ने विभिन्न कारोबारको कमिसनको हिसाबकिताब, ब्रोकेरले सर्वाधिक खरिदबिक्री गरेका सेयरको बिबरण, ब्रोकरले होल्ड गरेको कम्पनीको बिवरण सँगसँगै ब्रोकरका रोजाइका कम्पनीहरूलाई प्रयोगकर्ताले सहज रुपमा बुझ्ने गरी ब्रोकर चिरफारमा राखिएको छ। यसमा प्रयोगकर्ताले विभिन्न ब्रोकरहरुले प्रस्ताव गर्ने सेवाहरुकाबीच तुलना गरी गर्न सक्नेछन् ।

यस्तै मनि मित्रको अर्को प्रोडक्ट वृद्धिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सहयोग र सल्लाह प्रदान गर्नेछ। प्रयोगकर्ताले लगइन गर्ने समयमा वेबसाइटमा उपलब्ध गरेको विवरणको आधारमा प्रयोगकर्ताको वित्तीय अवस्था विश्लेषण गरी थप वित्तीय स्थाइत्वको लागि कसरी वित्तीय व्यवस्थापन गर्ने बारे यसले सल्लाह दिन्छ। यसमा प्रयोगकर्ताले चाहेको खण्डमा वित्तीय क्षेत्रका विज्ञसँग सहज कुराकानी गर्ने सुविधा उपलब्ध रहेको छ।

वृद्धिले भविष्यका लागि कति वर्षमा कुन वित्तीय लक्ष्य प्राप्त गर्न बार्षिक र मासिक रूपमा कति बचत गर्नुपर्छ भन्ने सल्लाह दिन्छ । सँगसँगै यसमा खर्चको हिसावकिताव राख्न मिल्ने सुविधा उपलब्ध छ । बिल स्क्यानकै आधारमा प्रयोगकर्ताले खर्चको हिसाबकिताब गर्न सक्छन् । साथै प्रयोगकर्ताको वित्तीय अवस्थाको आधारमा सेयरबजार, एसआईपी, म्युच्युअल फण्ड, मुद्दती, बचत मध्य कसरी पोर्टफोलियो विभाजन गर्ने बारे वृद्धिले सल्लाह प्रदान गर्दछ।

यस्तै आइडियाप्रेन्युर ज्ञानमा अर्थतन्त्र, व्यवसाय र वित्तीय साक्षरता वृद्धिका लागि विभिन्न लेखहरू उपलब्ध रहनेछन् भने आइडियाप्रेन्युर कोर्समा वित्तीय साक्षरता अभिवृद्धि गर्ने विभिन्न विधाका कोर्षहरु उपलब्ध रहनेछन् ।

Related

Previous Post

पौडी पोखरी खुला

Next Post

२०७९ सालकाे एसईई परिक्षा आजबाट शुरू

Sambridinews

Sambridinews

Related Posts

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

कैलालीको टीकापुरमा तालिमरत सशस्त्रका ८ जवान बेहोस

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
पाेखरमा ४  दिनसम्म किन उठेन फाेहाेर
TOP STORIES

पाेखरमा ४ दिनसम्म किन उठेन फाेहाेर

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
Next Post
कक्षा १२ को परीक्षा आवेदन खुला

२०७९ सालकाे एसईई परिक्षा आजबाट शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मलेसियाका गृहमन्त्री काठमाडाैंमा ; भेटघाटमा व्यस्त

मलेसियाका गृहमन्त्री काठमाडाैंमा ; भेटघाटमा व्यस्त

शुक्रबार, माघ २०, २०७९
स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ प्रस्थान

स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ प्रस्थान

शुक्रबार, अशोज २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

शुक्रबार, जेष्ठ ८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

कैलालीको टीकापुरमा तालिमरत सशस्त्रका ८ जवान बेहोस

शुक्रबार, जेष्ठ ८, २०८३
पाेखरमा ४  दिनसम्म किन उठेन फाेहाेर
TOP STORIES

पाेखरमा ४ दिनसम्म किन उठेन फाेहाेर

शुक्रबार, जेष्ठ ८, २०८३
गण्डकी प्रदेशकाे स्थापना दिवसका अवसरमा शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा
FEATURED

बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

शुक्रबार, जेष्ठ ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In