Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फेरी देखियाे सुँगुर तथा बङ्गुर प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’

Sambridinews by Sambridinews
शुक्रबार, माघ २६, २०८०
in FEATURED, समाचार
0
सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गर्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २६ , काठमाडौं । देशका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ ।

नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्गुर र सुँगुर मरेको विभागले जनाएको छ ।

You might also like

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

पशु सेवा विभागले रोग ‘सर्भिलेन्स’ गर्दा फेरि काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको जनाएको छ । संक्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेको पाइएको विभागले जनाएको छ ।

विभागले अहिले गण्डकी प्रदेशका जिल्लामा देखिएको जनाए पनि बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार ललितपुर गोदावरी नगरपालिका, काठमाडौं कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको जनाएको छ । निर्देशनालयले स्थानीय तहलाई पत्र लेख्दै सचेतनाको काम गर्नसमेत आग्रह गरेको जनाइएको छ ।

सोहीअनुसार ललितपुर महानगरपालिकाले अफ्रिकन स्वाइन फिभर देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराउन सुरु गरिसकेको छ ।

मानिसमा नसर्ने तर पशुमा छिटो असर देखिने

पशु सेवा विभागका अनुसार अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन ।

यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्छ ।

यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।

यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध छैन । विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पु¥याउन सिफारिस गरेको छ ।

मुलुकमा यो रोगको सङ्क्रमण देखापरेको सन्दर्भमा देशको कुनै पनि स्थानमा ठूलो संख्यामा बङ्गुर मरे वा माथिका लक्षण देखापरे तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न विभागले आग्रह गरेको छ ।

रोगबाट यसरी जोगाउन सकिन्छ सुँगुर, बङ्गुर

विभागले सुँगुर, बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न आग्रह गरेको छ ।
बङ्गुुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न पनि भनेको छ ।

विभागले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्ट्याएर अलग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने भनेको छ ।

घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै विभागले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाति पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न उपाय दिएको छ ।

यस्तै अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएरमात्र स्वस्थ सुँगुर, बङ्गुर वा मासु ओसारपसार गर्नुपर्ने भन्दै होटल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन भनेको छ ।

रोग देखा परेका क्षेत्रबाट सुँगुर प्रजाति÷पाठापाठी, सङ्क्रमित मासु र दाना ओसारपसार नगर्ने÷नगराउने भन्दै सूचित गरेको छ । सूचनामा तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएर मात्र खुवाउन भनेको छ

Related

Previous Post

शनिबार सिन्धुलीमा विद्युत आपूर्ती बन्द रहने

Next Post

ड्यूटी सकेर फर्किदा प्रहरी हवल्दारको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

by Sambridinews
बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

by Sambridinews
बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

by Sambridinews
बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

by Sambridinews
बुधबार, साउन २०, २०८३
Next Post
ड्यूटी सकेर फर्किदा प्रहरी हवल्दारको मृत्यु

ड्यूटी सकेर फर्किदा प्रहरी हवल्दारको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

सप्तकोशीमा पानीको बहाव बढ्याे

शुक्रबार, असार २९, २०८०
भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन

शनिबार, साउन ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

बुधबार, साउन २०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

नेपाल टेलिकमको विशेष योजना : बक्यौता महशुलमा जरिवाना छुट

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In