Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पेरिस ओलम्पिकमा एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान

Sambridinews by Sambridinews
मङ्लबार, साउन १५, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
पेरिस ओलम्पिकमा एलेक्जेन्डरले सुधारे आफ्नै राष्ट्रिय कीर्तिमान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पेरिस, साउन १५ गते । नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक– २०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । सन् २०२४ मै एलेक्जेन्डरले ५२.१७ सेकेन्डको कीर्तिमान कतारको दोहामा भएको विश्व एक्वेटिक च्याम्पियनसिपमा बनाएका थिए ।
पेरिसमा एलेक्सले तेश्रो हितमा प्रतिस्पर्धा गरेका थिए । हितमा पहिलो लेनमा रहेका एलेक्जेन्डर सहभागी ८ प्रतिस्पर्धी मध्ये तेश्रो भए । समग्रमा भने एलेक्जेन्डर ५९ औं स्थानमा रहे । १० चरणको हितमा जम्मा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हितमा शीर्ष १६ स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गरे ।
नेपाली चर्चित पौडी खेलाडी सोफियाका सहोदर भाइ एलेक्जेन्डर ५० मिटर फ्रिस्टायलका पनि राष्ट्रिय कीर्तिमानधारी हुन् । उनको नाममा २३.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । २५ मिटर लम्बाइको पौडी पोखरीमा हुने प्रतिस्पर्धा सट कोर्समा एलेक्जेन्डरको नाममा ४ राष्ट्रिय कीर्तिमान छ । उनको नाममा ५०÷१०० मिटर फ्रिस्टायल र ब्याकस्ट्रोकमा गरी ४ राष्ट्रिय कीर्तिमान् छ । चारै कीर्तिमान एलेक्जेन्डरले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए ।
एलेक्जेन्डरको यो दोश्रो ओलम्पिक हो । टोकिया ओलम्पिक– २०२० मा पनि सहभागी एलेक्जेन्डरले उद्घाटन समारोहको मार्च पास्टमा सागको एकै संस्करणमा स्वर्ण जितेकी गौरिका सिंहसंगै राष्ट्रिय झण्डा बोकेका थिए । पौडीमा एलेक्जेन्डरसहित २ ओलम्पिक खेल्ने ३ खेलाडी छन् । तीनैले लगातार ओलम्पिक खेलेका छन् । प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक तथा गौरिकाले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । सबै भन्दा बढी ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी भने पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिक लगातार खेलेका थिए ।
दक्षिण कोरिको ग्वाङजुमा सन् २०१९ मा भएको विश्व पौडी च्याम्पियनसिपमा ‘डेब्यु’ गरेका एलेक्जेन्डरले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० र १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका थिए । अमेरिकाको न्युयोर्क बस्ने एलेक्जेन्डरले अमेरिकामै पेरिस ओलम्पिकको तयारी गरेका थिए । पेरिस ओलम्पिकमा सहभागी हुन एलेक्जेन्डर अमेरिकाबाट पेरिस आइपुगेका हुन् । पेरिसबाटै न्युयोर्क जाने एलेक्जेन्डरले जानकारी दिए ।
न्युयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्जेन्डर फुटबल, चित्रकला र फोटोग्राफीमा पनि रुची राख्छन् । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी भइसकेका एलेक्जेन्डरसंग ३ विश्व च्याम्पियनसिप खेलेको अनुभव छ ।
सन् १९६४ को टोकियो ओलम्पिकको १८ औं संस्करणदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थाले पनि पौडीमा भने नेपालीले सन् १९९६ मा अमेरिकाको एटलान्टा ओलम्पिक (२६ औं संस्करण) देखि मात्र सहभागी हुन थालेको हो । यो अवधिमा लगातार सहभागी हुने क्रममा १४ पौडी खेलाडीले नेपालको चुनौती ओलम्पिकमा प्रस्तुत गरिसकेका छन् । त्यसमा पुरुष÷महिलाको संख्या बराबर ७–७ छ । ओलम्पिकमा नेपाली पौडीवाजले चर्चा कमाएको २०१६ को ३१ औं संस्करणको रियो ओलम्पिकमा हो । त्यो ओलम्पिकमा सहभागी मध्ये सबै भन्दा कान्छी बन्दै गौरिका सिंहले विश्वव्यापी रुपमा चर्चा बटुलेकी थिइन् ।
राष्ट्रिय कीर्तिमान बनाएपछि मिक्स जोनमा एलेक्जेन्डरले कीर्तिमान सुधार गर्न पाएकोमा खुशी व्यक्त गर्दै परिवार, प्रशिक्षक, पौडी परिवार र सरोकारवाला सम्पूर्णलाई धन्यवाद दिदै सागलगायत आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा ध्यान दिने बताए ।
पेरिस ओलम्पिकमा एलेक्जेन्डरसहित ५ खेलाडीको यात्रामा पूर्णविराम लागिसकेको छ । यसअघि पौडीकै डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, जुडोकी मनीता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब २ खेलाडीको प्रतिस्पर्धा बाँकी छ । ब्याडमिन्टनमा प्रिन्स दाहालले बुधबार आफ्नो समूह चरणको अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । एथलेटिक्सको महिला म्याराथन (४२.१९५ किलोमिटर) मा सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषीको स्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ । सन्तोषी फ्रान्सको समय अनुसार आजै राती १०ः३० बजे पेरिस अवतरण गर्ने तालिका छ ।

Related

Previous Post

मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

Next Post

ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

by Sambridinews
सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

by Sambridinews
सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न

ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

बुधबार, असार २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

सोमवार, भदौ ८, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
TOP STORIES

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In