काठमाडाैं । नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ४-३ को जित निकाल्दै अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँगको भेट पक्का गरेको हो।
निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा धकेलिएको थियो।
अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे। अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो।
पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा चुके।
अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।