Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नागरिकता प्राप्तिको अधिकारबाट बञ्चित नगर

Sambridinews by Sambridinews
सोमवार, असार ४, २०८०
in TOP STORIES, विविध, समाचार
0
नागरिकता प्राप्तिको अधिकारबाट बञ्चित नगर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । असार ४, जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई नेपाल सरकारले नागरिकताबाट बञ्चित गरेको भन्दै मिति २०८० जेठ २२ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा रहेकाहरुको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा १६ वर्षदेखि ३५ वर्षसम्मका नागरिकहरु धर्नामा बसेको, यस उमेर समूहका नागरिकहरुले विशेषगरी अध्ययन, पेशा, व्यवसाय गरी जीवन यापन गर्ने समयमा नागरिकता नहुँदा उच्चशिक्षा अध्ययन गर्न, वैदेशिक रोजगारमा जान, नेपालमै रोजगारी तथा पेशा व्यवसाय गर्न नपाएको पाइएको छ । नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा मिति २०८० जेठ ३० गते आप्mनै शरिरमा पेट्रोल खन्याई आत्मदाह गर्ने प्रयास गरेका २५ वर्षीय युवा निरज कामतको स्वास्थ्य अवस्थाका बारेमा आयोगले जानकारी लिएको छ । साथै, नागरिकता प्राप्त गर्ने अधिकारको संरक्षणका लागि आयोगमा ज्ञापनपत्र समेत प्राप्त भएको छ ।
नागरिकताको विषय नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेशा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्यायलगायतका हरेक पक्षसँग जोडिएको हुन्छ । यसर्थ, नागरिकताको अभाव हुँदा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा समेत असर पर्न जान्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १५ ले प्रत्येक व्यक्तिलाई राष्ट्रियताको हक हुने उल्लेख गरेको छ ।
नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्तिको हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ । उल्लिखित कानूनी प्रावधानका बाबजुद् नागरिकता प्राप्तिको लागि धर्ना, आन्दोलन एवम् आत्मदाहको प्रयास गर्ने अवस्थाको सिर्जना हुनु लोकतान्त्रिक राज्यको लागि अत्यन्त दुःखदायी स्थिति हो ।

अत:व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवम् व्यक्तिको पहिचानको विषयलाई संवेदनशीलरुपमा लिइ नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

You might also like

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

Related

Previous Post

‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ–२०२३’ र मोबाइल नेपाल कंग्रेस हुँदै

Next Post

सिद्धार्थलाई दोहोरो स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
सिद्धार्थलाई दोहोरो स्वर्ण

सिद्धार्थलाई दोहोरो स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

शनिबार, भदौ २, २०८०
मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित

मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित

बिहिबार, मंसिर ८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In