काठमाडौं । उपत्यका सहित देशका पहाडी भागमा आज दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानाएको छ ।
तर सम्भावना एकदम न्यून रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । “छिटपुट वर्षाको सम्भावना छ । तर, एकदमै न्यून सम्भावना हो । पानी परेको खण्डमा दिउँसो ३ बजेपछि, साँझतिर पर्न सक्छ,” उनले भने ।
काठमाडौं उपत्यका सहित प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा छिटपुट वर्षाको न्यून सम्भावना रहेको उनले बताए ।
उनका अनुसार देशमा तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । स्थानीय मौसमी गतिविधिले पनि कहिलेकाहीँ वर्षा गराउन भूमिका खेल्न सक्छ ।