Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दुई महिनादेखि स्मार्ट लाइसेन्स छपाइ बन्द

Sambridinews by Sambridinews
बुधबार, भदौ १३, २०८०
in FEATURED, TOP STORIES
0
सवारीचालक अनुमति सम्बन्धि सबै सेवा अनलाइनबाट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मेशिनमा समस्या तथा कार्ड अभावमा दुइमहिना यता स्मार्ट लाइसेन्स छपाइ बन्द भएको छ ।

यातायात व्यवस्था विभाग स्रोतका अनुसार २०७९ भदौ देखियताका कार्ड प्रिन्ट गर्न सकिरहेको छैन ।
कार्डको अभावमा दुई महिनादेखि स्मार्ट लाइसेन्सको छपाइ पूर्ण रूपमा बन्द छ । लाइसेन्सको छाप अत्याधिक रहेका कारण छपाइ खुलेपछि पनि एक वर्षपछि मात्रै सेवाग्राहीले लाइसेन्स पाउनेछन  ।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

मेसिनले दिनमा ४४ सय थान कार्ड प्रिन्ट गर्ने क्षमता राख्छ । तर दिनमै ६ हजारदेखि ७ हजारसम्मको माग छ । विभागले लाइसेन्सको मागअनुसार प्रिन्टसमेत गर्न सक्दैन । विभागले लाइसेन्स छापेर प्रदेशअन्तर्गतका यातायात कार्यालयमा पठाउँछ । त्यस्ता कार्यालयको संख्या उपत्यकामा सहित ४७ छ ।

दैनिक सेवाग्राहीले लाइसेन्स कहिले आउँछ भन्दै सोध्ने गरे पनि विभागबाट छापिएर नआएकाले वितरण गर्न नसकिएको सम्बन्धित यातायात कार्यालय बताउँछन् । विभागका अनुसार जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले कार्ड समयमै डेलिभरी नगर्दा छपाइ प्रभावित भएको हो । उक्त कम्पनीले १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा कार्ड आपूर्ति ठेक्का लिएको छ ।

कार्डको मौज्दात ७० हजारभन्दा तल झरेपछि नियमित छपाइ हुन नसकेको विभागका निमित्त महानिर्देशक रामचन्द्र पौडेलले बताए । ‘ठूलो संख्यामा कार्ड किनेर राख्न नसक्दा यस्तो समस्या आएको हो,’ उनले भने, ‘फेरि टेन्डर भइसकेपछि डेलिभर हुने समय लम्बिँदा थप समस्या भएको हो ।’

जेठभित्र उपलब्ध गराउने गरी ठेक्का सम्झौता भए पनि कम्पनीले कार्ड उपलब्ध गराएको छैन । विदेश जानेलाई अत्यावश्यक पर्ने भएकाले अहिले छपाइ गरेर दिने गरिएको महानिर्देशक पौडेलको भनाइ छ । ‘१२ लाख कार्ड आएर सकिने बेलासम्म दोस्रो लटको कार्ड ल्याउन टेन्डर गर्ने तयारीमा छौं,’ उनले भने, ‘बीचमा ग्याप हुन नदिन अहिलेदेखि नै टेन्डरको काम थालेका छौं ।’

भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले पर्सनलाइजेसनको काम समयमै नगर्दा लाइसेन्स डेलिभरीको समस्या भएको पौडेल बताउँछन् । ‘अहिले यो चरण पार भएको खबर छ, अब आपूर्तिको काम सुरु हुन्छ,’ उनले भने, ‘दसैंअघिसम्म कार्ड ल्याएर वितरण गर्छौं ।’ तर १२ लाख कार्ड आउने बेलासम्म आपूर्तिभन्दा माग बढी हुने देखिएको छ । आइतबारसम्म ११ लाख ५२ हजार ५ सय ५६ ले लाइसेन्सका लागि प्रक्रिया पु¥याएका छन् । यो सकिने बेलासम्म नयाँ टेन्डरबाट थप कार्ड आउने पौडेलले बताए ।

दसैंअघि कार्ड ल्याएर वितरण गर्ने गरी काम गरिरहेको विभागका सूचना प्रविधि शाखा निर्देशक मुकेश रेग्मीको भनाइ छ । कार्ड छिटो ल्याएर सेवाग्राहीलाई लाइसेन्समा समस्या हुन नदिन विभागको ध्यानाकर्षण गराइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । यातायात व्यवस्था विभागले भने मागअनुसार लाइसेन्स प्रिन्ट गर्न नसकेकै कारण समयमै वितरण हुन नसकेको दाबी गरेको छ । अहिलेसम्म ३४ लाख १९ हजार ४ सय १० थान लाइसेन्स प्रिन्ट गरेर वितरण भइसकेको छ ।

यो समाचार कान्तिपुर दैनिक पत्रिकाको सहयोगमा तयार गरिएको ।

Related

Previous Post

नेपालमा आजदेखि एमसीसी परियोजना लागु हुदै : व्याख्यात्मक टिप्पणी मान्य हुने अमेरिकी सरकारको भनाइ

Next Post

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कराते खेलाडी छनोट पूरा

कराते खेलाडी छनोट पूरा

बुधबार, जेष्ठ १७, २०८०
रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

आइतबार रवि लामिछानेसंगकाे वयान नसकिएपछि पठाइयाे प्रहरी हिरासतमा

आइतवार, पुस २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In