Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दिगो बैंकिङ्ग विकासका लागि राष्ट्रिय वाणिज्य बैंकको म्यानेजमेन्ट कन्फ्रेन्स सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, चैत्र ४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
दिगो बैंकिङ्ग विकासका लागि राष्ट्रिय वाणिज्य बैंकको म्यानेजमेन्ट कन्फ्रेन्स सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैंकले म्यानेजमेन्ट कन्फ्रेन्स–२०२४ शनिबार काठमाडौंमा आयोजना गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री बर्षमान पुनले म्यानेजमेन्ट कन्फ्रेन्स–२०२४ को छलफलले बैंकलाई मात्र नभई देशको वित्तिय क्षेत्रलाई नै समृद्ध बनाउन सहयोग पुग्ने बताए ।

You might also like

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

संघिय सांसद तथा अर्थविद् डा. स्वर्णीम वाग्लेले विकसित राष्ट्रहरुको आर्थिक वृद्धिदर कम हुने र नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक वृद्धिदर बढी हुनुपर्ने भएता पनि सो अनुरुप हुन नसकेको बताए । आर्थिक सुशासन कायम भएको खण्डमा ७–८ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको तर हाल कोभिड–१९ को प्रभावले वृद्धिदर कम रहेको वाग्लेको धारण थियो ।

सांसद वाग्लेले बजेटको आकार अनुसार पूँजीगत खर्च नभएकाले आर्थिक क्रियाकलाप चलायमान हुन नसकेको, विदेशी क्षेत्र अन्तर्गत भारतीय मुद्रासंगको पेग दिगो नरहेको तर हाम्रो आर्थिक अवस्था अहिले कमजोर भएकाले ठिकै मान्नुपर्ने अवस्था रहेको बताए । देशमा “नाफा जति निजीकरण, घाटाजति सार्वजनिकीकरण”को अवस्था भएमा आर्थिक विकासमा फड्को मार्न सकिने उनको धारण राखे ।

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले हाम्रो अर्थतन्त्रको आकार अनुसार हाम्रो आर्थिक वृद्धिदर निकै न्यून रहेको बताए । उनले अर्थतन्त्रका प्रमुख ३ चुनौतिका रुपमा उत्पादन वृद्धि, रोजगारीमा वृद्धि र पूँजीगत खर्चको वृद्धि रहेको बताए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिती राम्रो अवस्थामा रहेको, ब्याजदर न्यून रहेको अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको, आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसेको अवस्थाका कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको बताए । उनले अर्थतन्त्र सकारात्मक दिशामै अगाडि बढ्ने संकेत देखिएकोले आशा गर्ने ठाउ“ भने रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणाले बैंकिङ्ग क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रमा देखिएको ग्याप हटाएर उत्पादनमुलक, पर्यटन, कृषि क्षेत्रमा लगानीको सम्भावना रहेको बताइन ।

बरिष्ठ बैंकर परशुराम कु“वरले हामीले बैंकिङ्ग क्षेत्रको विकासमा धेरै फड्को मारेका अवस्था भए पनि प्रविधिको क्षेत्रमा अझै पनि धरै कार्य गर्न बा“की रहेको बताउ“दै भारतको बैंकिङ्ग प्रविधिबाट धेरै कुरा सिक्न सकिने बताए । बैंकिङ्ग क्षेत्रमा नवपवर्तनका लागि छिमेकी राष्ट्र चीन र भारतबाट सिक्न सकिने बताए ।

फिनटेक विज्ञ संजीव सुब्बाले नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका महत्वपूर्ण रहेकोमा अर्थतन्त्रमा सूचना प्रविधिको प्रयोगबाट रुपान्तरण सम्भव रहेको बताए । उनले बैंकिङ्ग क्षेत्रले सूचना प्रविधिको उपयोगको सन्दर्भमा कोर बैंकिङ्ग सिस्टमभन्दा बाहिर पनि सोच्ने बेला आईसकेको बताउनुभयो । आजको सन्दर्भमा साइबर सुरक्षा सम्बन्धी चुनौति रहेको र यसमा जतिसुकै खर्च गरेपनि कुनै पनि देश साइबर सुरक्षाको जोखिमबाट बच्न नसक्ने कुरा औ“ल्याए ।

बरिष्ठ बैंकर भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, कमनसेन्स विज्ञ सुजीब शाक्य लगायतले विषयगत रुपमा आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा आ.व. २०७९÷०८० मा बैंकका विभिन्न जिम्मेवारीमा रहेर सर्वाेत्कृष्ट तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखा कार्यालहरुको मनोबल बढाउन र समग्रमा कामप्रति उत्प्रेरणा जगाई थप जिम्मेवार बनाउन पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा बैंक सञ्चालन समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कृयाशील ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, उप–प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, उप–प्रमुखहरु, बरिष्ठ प्रबन्धकहरु लगायत २८७ शाखाका शाखा प्रबन्धकहरु लगायत करीब ४५० जनाको उपस्तिथि रहेको थियो ।

Related

Previous Post

खत्री एटीयु क्याडेट कमिटीको सदस्यमा चयन

Next Post

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

Sambridinews

Sambridinews

Related Posts

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

साताको अन्तिम दिन नेप्से झण्डै २८अंकले गिरावट

बिहिबार, चैत्र १, २०८०
सम्झनामा कार्ल मार्क्स

सम्झनामा कार्ल मार्क्स

सोमवार, बैशाख २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In