काठमाडौं । नेपालीहरुको महान पर्व बडा दसैंको छैठौं दिन आज असोज शुक्ल षष्ठी तिथि हो । भोली आइतबार घरघरमा फूलपाती भित्त्राउने चलन रहेको छ ।
विभिन्न अवसरका लागि काठमाडौंमा रहेका मानिसहरु घरफर्किने क्रम आज पनि जारी रहेको छ ।
दसैंका लागि सरकारी बिदा फूलपातिका दिनदेखि हुने भएपनि आज शनिबार र भोली आइतबार फूलपाति परेको हुँदा काठमाडौंका विभिन्न नाकाहुँदै उपत्यका बाहिर जाने यात्रुको संख्या आज अत्याधिक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दसैंका बेला हरेक बर्ष लाँखौ मानिसहरुले उपत्यका छोड्ने गरेका छन् ।
सोही अवसरमा यातायात व्यवस्था विभागले घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म रुटपरमिट नचाहिने जनाइसकेको छ
हाम्रा संवाददाताले बिहान ७ बजेतिर कौसल्टार, लोकन्थली र जडिबुटि क्षेत्रमा लिएका केही तस्बीहरु ।