Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चितवनले नयाँ इतिहासको निर्माण गर्दैछ

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ७, २०८०
in राजनीति, विचार
0
चितवनले नयाँ इतिहासको निर्माण गर्दैछ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

–मोहनविक्रम सिंह

उप–चुनावको सन्दर्भमा चितवनले एउटा गौरवशाली इतिहासको निर्माण गर्दैछ, जसले नेपालको सम्पूर्ण राजनीतिक इतिहासमा नै एउटा महत्वपूर्ण इतिहास राख्नेछ । अन्य राजनीतिक पार्टीहरूका लागि चितवनको उप–चुनाव सामान्य चुनाव मात्र हो । उनीहरूलाई त्यो चुनावको महत्व कसले जित्छ र हार्छ ? त्यो कुरामा मात्र हुनेछ । तर हाम्रो लागि त्यो चुनावको महत्व सामान्य जीत हारको भन्दा कैयौँ गुणा बढी महत्व छ । त्यसको महत्व यो कुरामा छ कि त्यो उप–चुनावमा नेपालमा अमेरिकी साम्राज्यवादका विरूद्धको सङ्घर्षको थालनी भएको छ ।

You might also like

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान


नेपालमा अहिलेसम्म हाम्रो मुख्य जोड भारतीय साम्राज्यवादका विरूद्धको सङघर्षमा नै रहँदै आएको छ । त्यो सङ्घर्ष ‘दिल्ली सम्झौता धोका’ हो भन्ने आन्दोलनबाट सुरू भएको थियो र पछिका दशकहरूमा त्यो आन्दोलनमा कैयौँ नयाँ आयामहरू थपिदै गए, जस मध्ये कालापानीमा भारतीय सेनाको कब्जाका विरूद्धको सङ्घर्ष विशेष रूपले उल्लेखनीय छ । अमेरिकी साम्राज्यवादका विभिन्न हस्तक्षेपका नीतिहरूका विरूद्ध पनि हामीले बारम्बार सङ्घर्ष गर्दै आएका छौँ ।

त्यस सिलसिलामा एमसीसीका विरूद्धको हाम्रो आन्दोलन उल्लेखनीय छ । तर पहिलेका त्यस प्रकारका हस्तक्षपका नीतिहरू भन्दा बेग्लै अमेरिकाले नेपालप्रतिका आफ्ना हस्तक्षेपका नीतिहरूमा एक प्रकारले भन्ने हो भने मौलिक प्रकारको परिवर्तन गरेको छ । पहिले त्यसले नेपालका विभिन्न राजनीतिक पार्टीहरूमा घुषपैठ गरेर, सरकारहरूमाथि दबाब दिएर वा भारतको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी नीतिहरू पूरा गर्ने प्रयत्न गर्दथ्यो । तर अब त्यसले आफ्नै राजनीतिक पार्टी बनाएर संसद वा सरकारमा समेत आफ्नाे प्रभुत्व कायम गर्ने नयाँ रणनीति अपनाउन थालेको छ । यो नेपालका लागि अत्यन्त गम्भीर कुरा हो र त्यस अर्थमा अब हामीले अमेरिकी साम्राज्यवादका विरूद्धको सङ्घर्षलाई पनि उच्च तहमा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

अमेरिकाको परिवर्तित रणनीतिका सन्दर्भमा त्यसका विरूद्धको उच्च प्रकारको सङ्घर्षको थालनी चितवनमा वा चितवनको उप–चुनावको सन्दर्भमा नै प्रारम्भ भएको छ । चितवनमा आफ्नाे उम्मेदवारहरू उठाएका अन्य राजनीतिक पार्टीहरूले त्यो चुनावलाई सामान्य रूपमा नै लिएका छन् । तर त्यो चुनावलाई अमेरिकी साम्राज्यवादका विरूद्ध सङ्घर्षको रूपमा अगाडि बढाउने नीति खाली हामीले मात्र लिएका छौँ । त्यस अर्थमा चितवनको उप–चुनावका साथै चितवनले अमेरिकी साम्राज्यवादका विरूद्ध नयाँ इतिहासको निर्माण गर्दैछ । त्यस अर्थमा चितवनको चुनावले सम्पूर्ण देशका लागि नयाँ अर्थ र महत्व राख्दछ ।

हाम्रा साथीहरूले चितवनमा चुनाव अत्यन्तै कठिन र कडा स्थितिमा लड्नु परिरहेको छ । कुरा यो मात्र होइन कि चितवनमा हाम्रो सङ्गठन कमजोर छ, हाम्रा कार्यकर्ताहरू कम छन् र हाम्रा श्रोत र साधनहरू पनि सीमित छन् । चितवनमा हाम्रा विरूद्ध को उम्मेदवार छन् ? त्यो पनि महŒवपूर्ण कुरा होइन । चितवनको चुनावको सन्दर्भमा महत्वपुर्ण पक्ष यो कि हामी अमेरिकी साम्राज्यवादका विरूद्ध लड्नु परिरहेको छ ।

अमेरिकाले आफ्ना स्रोत र साधन वा उच्च प्रकारको कार्यकुशलता सहित चितवनमा आफ्नाे पक्षको उम्मेदवारलाई जिताउने प्रयत्न गर्दैछ । हामीले आफ्ना सीमित स्रोत र साधनका आधारमा संसारको एउटा अत्यन्त शक्तिशाली साम्राज्यवादी शक्तिका विरूद्ध सङ्घर्ष गर्नु परिरहेको छ । तर त्यति कठिन र कडा सङ्घर्षमा पनि चितवनका साथीहरूले जुन जोस र उत्साह देखाएका छन्, त्यो अत्यन्त प्रशंसनीय छ । त्यसले यो बताउँछ कि कम्युनिस्टहरूसित उच्च प्रकारको क्रान्तिकारी जोस र उत्साह हुन्छ जसका आधारमा दुनियाँको जतिसुकै शक्तिशाली दुश्मनका विरूद्ध पनि उनीहरूले मोर्चा कस्न सक्छन् । त्यही प्रकारको मोर्चा चितवनका साथीहरूले अमेरिकी साम्राज्यवादका विरूद्ध कसेका छन् । चितवनमा चुनाव प्रचारको क्रममा अन्य पार्टीहरूले दिने नाराहरू भन्दा बेग्लै हाम्रो नारा यो रहेको छ । अमेरिकी साम्राज्यवादका विरूद्ध सङ्घर्ष गरौँ । त्यो नाराले नै हाम्रो पार्टीको चुनाव प्रचारलाई अन्य सबै राजनीतिक पार्टीको भन्दा बेग्लै बनाइदिन्छ वा माथि उठाइदिन्छ । चितवनमा अमेरिकी साम्राज्यवादका विरूद्ध जुन नारा लागेको छ, त्यो त्यहाँ मात्र सीमित रहने छैन । त्यो सम्पूर्ण देशमा गुञ्जिनेछ । तथ्यहरूले त्यो कुरा प्रमाणित गर्दछन् ।


२०८० साल वैशाख ०२ गते काठमाडौमा “अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न” विषयमा अन्तक्र्रियाको आयोजना गरिएको थियो । त्यो कार्यक्रमद्वारा देशका कैयौँ नेता वा बुद्धिजीविहरूले अमेरिकी साम्राज्यवादका विरूद्ध चर्काे र विश्लेषणात्मक प्रकारले आफ्ना विचारहरू प्र कट गरेका थिए र ती विचारहरू देशभरि फैलिने छन् भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ । भोलि वैशाख ०७ गते अमेरिकी साम्राज्यवादका विरूद्ध देशव्यापी रूपमा विरोध कार्यक्रमहरू आयोजना गरिएका छन् । त्यसरी यो कुरामा कुनै शङ्का रहन्न कि चितवनमा अमेरिकी साम्राज्यवादका विरूद्ध जुन नारा लागेको छ, त्यो देशव्यापी रूपमा नै फैलिदै जानेछ । अमेरिकाले पहिले भन्दा परिवर्तित रूपमा जुन रणनीति अगाडि सारेको छ, त्यसका विरूद्ध देशव्यापी रूपमा अरू जोडदार रूपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता भएको छ, किनभने त्यो प्रश्न अब सम्पूर्ण देश र जनताका लागि, देशको राष्ट्रियता र सार्वभौमिकताका लागि जीवन र मरणको प्रश्न बनेको छ ।


अमेरिकाले नेपालमा “राष्ट्रिय स्वतन्त्र पार्टी” को गठन गरेको छ । त्यो वास्तवमा “राष्ट्रिय स्वतन्त्र पार्टी” नै होइन । त्यसैले हामीले त्यसलाई कथित स्वतन्त्र पार्टी भन्ने गरेका छौँ । उनीहरूले यो कुराको लागि गर्भ गर्दछन कि त्यसको गठन भएको ६ महिनाका बिचमा नै त्यो देशको चौथो सबैभन्दा ठूलो संसदीय पार्टी बन्यो । तर त्यसको त्यस प्रकारको सफलताका पछाडि अमेरिकाका स्रोत र साधनहरू वा सिआईएको कार्यकुशलताले नै काम गरेको छ । सिआईएको जुन विश्वव्यापी सञ्जाल छ, त्यसका आधारमा नै त्यसले छोटो अवधिमा नै त्यति धेरै विकास गरेको हो । त्यसका उम्मेदवारहरूलाई वा समानुपातिक चुनावको पक्षमा विश्वव्यापी रूपमा नै घण्टीमा मतदान गर्ने सन्देशहरू आउने गरेको आम रूपमा थाहा भएको कुरा हो । अमेरिकाको ‘भ्वाइस अफ अमेरिका’द्वारा घण्टीको प्रचारले गर्दाखेरि पनि कथित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्षतर्फका धेरै उम्मेदवारहरूलाई चुनाव जित्न वा समानुपातिकतर्फ लाखौँ भोट प्राप्त गर्न सम्भव भएको छ ।


कथित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दावी गरिरहेका छन् कि अर्काे चुनावसम्म उनीहरूलाई संसदमा बहुमत प्राप्त हुनेछ र उनीहरूको नेतृत्वमा नै सरकार बन्नेछ । उनीहरूको त्यस प्रकारको दाबीलाई हामीले खाली हवाई दाबी मात्र ठान्नु हुँदैन । उनीहरूले अमेरिकाको बलमा अहिलेसम्म जेजति संसदीय सफलता प्राप्त गरेका छन्, त्यसमाथि विचार गर्दा अमेरिकाको स्रोत र साधनको आधारमा उनीहरूले अर्काे चुनावसम्म संसदमा बहुमत प्राप्त गर्ने र उनीहरूको नेतृत्वमा नै सरकार बन्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । देशमा अमेरिकी साम्राज्यवादद्वारा प्रत्यक्ष रूपमा सञ्चालित सरकार बन्न नदिनका लागि देशका सबै राजनीतिक पार्टी वा देशभक्त जनताको ध्यान जानुपर्ने आवश्यकता छ, अन्यथा देश ठूलो बर्वादिको सिकार हुने कुरा निश्चित छ । हामीले त्यस प्रकारको बर्वादिलाई रोक्नु पर्दछ । जनतामा उच्च प्रकारको चेतना ल्याएर हामीले त्यो कार्य पूरा गर्न सक्दछौँ र गर्नु पनि पर्दछ । किनभने त्यस प्रकारको सफलतामाथि नै देशको भविष्य निर्भर गर्नेछ ।


चितवनमा चुनावका लागि भइरहेको प्रचारको अवलोकन गर्दा एउटा गम्भीर चित्र पनि हाम्रा अगाडि आएको छ । कथित राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य राजनीतिक दलहरूका प्रचार टोलीहरूमा महिला कार्यकर्ताहरूको संख्या एकदम देखिदैन भनेपनि हुन्छ । त्यस्तो किन हुने गरेको छ ? त्यसका पछाडि २ वटा कारणहरू देखिन्छन् । प्रथम, कथित राष्ट्रिय स्वतन्त्र पार्टीका विपक्षमा प्रचार गर्ने महिलाहरूलाई त्यसका (कथित राष्ट्रिय स्वतन्त्र पार्टीका) तर्फबाट सामाजिक सञ्जालमा अत्यन्त तल्लो स्तरका चरित्र हत्या सम्बन्धी गालीगलौज गर्ने गरिन्छ । त्यसले गर्दा ती महिलाहरूलाई बाहिर निस्कन नै मुश्किल पर्दछ । द्वितीय, हाम्रा साथीहरूले एमालेको प्रचार टोलीको कार्यक्रर्ताहरूसित ‘तपाईहरूको प्रचार टोलीमा महिलाहरू एक जना पनि किन देखिदैनन ?’ भनेर प्रश्न गर्दा उनीहरूले जवाफ दिएका थिए । ‘हाम्रा घर परिवारका सबै महिलाहरू घण्टीतिर गए ।’ आखिर त्यस्तो किन भइरहेको छ ? यो विचारनीय प्रश्न हो ।

एक प्रकारले भन्ने हो भने कथित राष्ट्रिय स्वतन्त्र पार्टीसित सम्बन्धित सामाजिक सञ्जालहरूले उनीहरूको विपक्षमा फैलाएका दुश्प्रचारका कारणले महिलाहरूमा एक प्रकारको आतङ्क फैलिएको छ । कुनै पनि महिला उनीहरूका विरूद्ध सडकमा देखापर्ने वित्तिकै उनीहरूको चरित्र हत्या गर्ने गरिन्छ । त्यसले गर्दा महिलाहरूलाई सार्वजनिक रूपले बाहिर आउनु पर्दछ । तर यो खुसीको कुरा हो कि त्यस प्रकारको आतंकका विरूद्ध हाम्रा महिलाहरूले दृढतापूर्वक मोर्चा लिइरहेका छन् । हाम्रा महिला कार्यकर्ताहरूले अग्रिम पङ्क्तिमा आएर अमेरिकी साम्राज्यवाद वा चितवनमा उनीहरूका तर्फबाट खडा भएका उम्मेदवारहरूका विरूद्ध हिम्मतपूर्वक प्रचार गरिरहेका छन् । यो बताइरहनुपर्ने आवश्यकता छैन कि उनीहरूको उच्च र क्रान्तिकारी राजनीतिक चेतनाले नै उनीहरूमा त्यस प्रकारको उच्च मनोवलको निर्माण भएको छ । हामीले अग्रीम पंक्तिमा आएर त्यसरी मोर्चा सम्हालेका महिला नेता कार्यकर्ताहरूप्रति उच्च सम्मान प्रकट गर्दछौँ ।

कथित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले जुन प्रकारको गतिविधि अपनाइरहेका छन्, त्यसबाट उनीहरूको अधिनायकवादी वा फासिष्ट प्रकारको चरित्रलाई नै बताउँछ । उनीहरूले उनीहरूका विरूद्ध वा अमेरिकी साम्राज्यवादका विरूद्ध प्रचार गर्ने कार्यकर्ताहरूमाथि कैयौँ ठाँउमा आक्रमण गर्ने गरेका छन् । उनीहरूका विरूद्ध देखा पर्ने नेता वा कार्यकर्ताहरूमाथि सामाजिक सञ्जालमा अत्यन्त तल्लो स्तरका चरित्र हत्या वा दुश्प्रचार गर्ने गरेका छन् । काठमाडौँमा सर्वाेच्चमा उनीहरूका विरूद्ध उजुरी दिने अधिवक्ताहरूका विरूद्ध कुटपिट गर्ने प्रयत्न गरेका समाचारहरू पनि संचार माध्यमहरूले बाहिर ल्याएका छन् ।

पहिले कतिपय पत्रपत्रीकाहरूमाथि उनीहरूले हमला गर्ने धम्की समेत दिएका थिए भने कतिपय स्थानहरूमा त्यस प्रकारका पत्रपत्रीकाहरूलाई जलाउने समेत काम गरेका थिए । यी कुराहरूबाट उनीहरूको अधिनायकवादी वा फासिष्ट प्रकारको चरित्रबारे कुनै शङ्का रहन्न । त्यस प्रकारका तत्वहरूले संसदमा बहुमत प्राप्त गरे वा सरकारमा नेतृत्व समेत गर्न पुगे भने देश फासिवादतिर जाने कुरामा कुनै शङ्का रहने छैन । देशमा त्यस प्रकारको अवान्छित स्थिति पैदा हुन नपाओस् भन्नका लागि हामीले अमेरिकी साम्राज्यवाद वा त्यसका निर्देशनमा बनेका पार्टीहरूको विरूद्ध उच्च प्रकारको जागरूकता ल्याउन वा जनचेतना उठाउन प्रयत्न गर्नु पर्दछ ।

हाम्रो देशमा अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रूपले नेपालको संसद वा सरकारमा नै कब्जा गर्ने रणनीति लिएर आउँदा पनि त्यसप्रति नेपालका राजनीतिक पार्टीहरूले गम्भीर ध्यान दिने कुरा परै छ, त्यसप्रति एक वा अर्काे प्रकारले सम्झौतापरस्त नीति अपनाएको पाइन्छ । त्यसैको परिणाम हो कि नेपालको नागरिकसम्म नभएको व्यक्तिलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउने काम गरियो भने दोहोरो राहादानी भएको कुरा प्रत्यक्ष रूपमा अगाडि आउँदा आउँदै पनि त्यस बिषयमा मुद्दा नचलाउने निर्णय गरियो । विभिन्न राजनीतिक पार्टीहरूको त्यस प्रकारको सम्झौतापरस्त र दब्बु नीतिका कस्ता दुष्परिणामहरू हुनेछन् ? आउने दिनमा प्रष्ट हुँदै जानेछ । तर हामीले आशा र प्रयत्न गर्नुपर्दछ, त्यस्तो नहोस् ।

अमेरिकाले पहिलेदेखि नै नेपालका थुप्रै बुद्धिजीवि वा युवकहरूलाई नेपालमा विभिन्न क्षेत्र, संघसस्था वा राजनीतिक पार्टीहरूमा पनि घुषपैठ गर्दै आएको छ । अब त्यसले ती सबैलाई एक एक गर्दै बाहिर ल्याउदै कथित स्वतन्त्र पार्टीमा सामेल गराउँदै लगिरहेको छ । त्यस प्रकारका कतिपय परिघटनाहरू बाहिर आइसकेका छन् र आउने दिनहरूमा त्यो कुरा अरू बढ्दै जाने र सबै अमेरिकनपरस्त तत्वहरू एकै ठाँउमा एकीकरण हुँदै जाने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यस प्रकारको एकीकरण वास्तवमा नेपाललाई चारैतिरबाट घेर्ने र त्यसरी नेपाललाई पूरै नै अमेरिकाको नियन्त्रणमा ल्याउने सुनियोजित मोर्चाबन्दी हो । त्यस प्रकारको मोर्चाबन्दी नेपालको लागि कति धेरै घातक छ ? त्यसप्रति सबै देशभक्त शक्तिहरूको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

(लेखक नेकप मसालका महासचिव रहेका छन् ।)

Related

Previous Post

उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलले संयुक्त आमसभा गर्दै

Next Post

भेरी नदीमा निर्माण भइरहेको पुल भाँचिदा २ जनाको मृत्यु ८ घाइते

Sambridinews

Sambridinews

Related Posts

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
Next Post
भेरी नदीमा निर्माण भइरहेको पुल भाँचिदा २ जनाको मृत्यु ८ घाइते

भेरी नदीमा निर्माण भइरहेको पुल भाँचिदा २ जनाको मृत्यु ८ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

सोमवार, असार ९, २०८२
गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

शनिबार, अशोज १७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In