काठमाडाैं। परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।
बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
२०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्।
‘सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।