Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण

Sambridinews by Sambridinews
मङ्लबार, माघ २, २०८०
in FEATURED, TOP STORIES
0
सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२ माघ, काठमाडौं । गाडी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन् ।

You might also like

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरिन् ।

‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ?,’ उनले सरकारसँग तथ्यांक पेश गर्दै भनिन्, ‘यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’

ज्ञापनपत्र बुझ्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए ।

‘हामी यसमा गम्भीर छौं र तपाईंले दिएको सुझाव र प्रश्नहरुको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ । मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ । समस्याप्रति हामी गम्भीर छौं,’ मन्त्री ज्वालाले भने ।

उनले र सरकार सवारी साधन दुर्घटनाको न्युनिकरणका लागि आवश्यक काम गरेर अघि बढिरहेको दाबी पनि गरे ।

रास्वपाले ध्यानाकर्षण पत्रमा दुर्घटना न्यूनिकरणका लागि २०७६ पुसमा विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएको सुझाव के कति कार्यान्वयन भए वा भएनन् ? कानुन परिमार्जनको सुझाव किन कार्यान्वयन भएन भनेर प्रश्न पनि गरेको छ ।

यस्तै दुर्घटनापछि बन्ने छानबिन समिति बनाउने तर प्रतिवेदन कार्यान्वयनमा नल्याउने, चालक र यान्त्रिक गडबडीलाई दोष दिएर उम्कने गलत प्रवृत्तिको निरन्तरता कायम रहेकोमा पनि आपत्ति जनाएको छ ।

सवारी चालक अनुमति पत्रमा कडाइ, सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्ने नीतिगत सुधार किन नगरेको भनेर रास्वपाले सरकारसँग अर्को प्रश्न पनि गरेको छ ।

Related

Previous Post

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु

Next Post

दोलखाको कालिञ्चोकमा हिमपात

Sambridinews

Sambridinews

Related Posts

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
दोलखाको कालिञ्चोकमा हिमपात

दोलखाको कालिञ्चोकमा हिमपात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लामो दूरीमा सार्वजनिक यातायातकाे  भाडा घट्याे,  छोटो दूरीको यथावत

लामो दूरीमा सार्वजनिक यातायातकाे भाडा घट्याे, छोटो दूरीको यथावत

बुधबार, जेष्ठ ३, २०८०
एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

पक्राउ पूर्जी जारी भएसंगै पूर्व मन्त्री टोपबहादुर रायमाझी फरार

शुक्रबार, बैशाख २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In