काठमाडौँ, कात्तिक १०,अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) बाट तेक्वान्दोको छैटौँ डान डिग्री हासिल गरेका छन् ।
आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौँ डान प्राप्त गरेको बताइएको छ । लामो समयदेखि तेक्वान्दोमा समर्पित क्षेत्रीले खलाडीका रुपमा विश्व वरीयताको जि टु प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक पनि जितेका थिए ।
तेक्वान्दोमा पु¥याएको योगदानको कदरस्वरुप क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसकेका छन् । यसैगरी, कोरियाली सरकारले उनलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्ष पनि उत्तीर्ण गरेका थिए ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: