Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोशी प्रदेशमा भइरहेका उच्छृङ्खल र हिंसात्मक गतिविधिलाई सरकारबाटै प्रोत्साहनः अध्यक्ष ओली

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ २६, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एमाले अध्यक्ष ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा कोशी प्रदेशमा भइरहेको उच्छृङ्खल र हिंसात्मक गतिविधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रत्यक्ष संलग्नता रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ ग्रहणका लागि पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेताहरूमाथि भइरहेको हमलामा माओवादीका कार्यकर्ता संलग्न रहेको वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हामीमाथि निरन्तर आक्रमण हुँदा पनि सरकारले उच्छृङ्खल समूहलाई नियन्त्रण नगर्नुको कारण उनीहरू जातीय राज्य भन्ने प्रचण्डपथमा लागेका मानिस हुन् । विरोधका नाममा भइरहेका हिंसात्मक गतिविधि नेकपा एमाले का विरूद्धमा लक्षित छ र त्यसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रोत्साहन गरिरहेका छन् ।

जातीय राज्य भन्ने प्रचण्डपथ देशद्रोही अपराधि पथ भएको हुँदा त्यसका विरूद्धमा पार्टीले दृढतापूर्वक मुकाविला गर्ने र सफलता प्राप्त गर्ने अध्यक्ष ओलीको भनाइ छ ।
उहाँले माओवादीले पहिले कोशी प्रदेश नामाकरणमा सहमत भएको र पछि गल्ती भयो, पुनर्विचार गर्नुपर्छ भनेर विरोधमा रहेका मानिसलाई भड्काइरहेको वताउनुभयो ।
कोशी प्रदेश नामाकरणको विरोधमा हिंसात्मक गतिविधिमा संलग्नहरूलाई प्रचण्ड सरकारले नियन्त्रण नगरेको र नगर्ने हुँदा नेकपा (एमाले) ले आफ्ना नेताकार्यकर्ताको संरक्षणका लागि तयारी गर्नुपर्ने बेला भएको अध्यक्ष ओलीले वताउनुभयो ।
आजै इलाममा नेकपा (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम राना र उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि पहिचान पक्षधरहरूले आक्रमण प्रयास गरेका थिए ।
कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो । उहाँले देशलाई गरिबीबाट समृद्धितर्फ लैजाने अभिभारा नेकपा (एमाले) को काँधमा रहेको र यस अभिभारा पूरा गर्ने यात्रामा जोडिनुभएका कमरेडहरूको राजनीतिक र व्यक्तिगत जीवन सफल रहोस् भनी शुभकामना दिनुभयो ।
अध्यक्ष ओलीले शासन सत्ताका लागि किरियापुत्रीको हत्या गर्नेदेखि मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउनेसम्मका काम भइरहेको तर देशको अवस्था जटिल रहेको वताउँदै नेकपा (एमाले) राष्ट्र र जनताप्रतिको इमान्दारीबाट तलमाथि नभई अगाडि बढ्ने छ भन्नुभयो ।
शपथ ग्रहण गर्नेहरूमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरिया र कार्यालय सचिव डा। भीष्मनाथ अधिकारी हुनुहुन्छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललगायत नेताहरूको उपस्थिति रहेको थियो ।

You might also like

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

Related

Previous Post

नबिल बैंक र ल्याण्डमार्क होटल बिच छुटको लागि सम्झौता

Next Post

स्केटिङमा खनालको निरन्तरता

Sambridinews

Sambridinews

Related Posts

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

by Sambridinews
बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
Next Post
स्केटिङमा खनालको निरन्तरता

स्केटिङमा खनालको निरन्तरता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पुनर्जागरण र नेपाली दुरअवस्था

नेकपा माओबादीको जनबाद कहा रोकियो ?

शनिबार, माघ २८, २०७९
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

बुधबार काठमाडाैँ सहित धेरै स्थानमा फाटफुट वर्षा हुने सम्भावना

बुधबार, फाल्गुन २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In