Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज जनैपूर्णिमा

Sambridinews by Sambridinews
बिहिबार, भदौ १४, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आज जनैपूर्णिमा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

भदौ १४, श्रावण शुक्ल पूर्णिमा वैदिक सनातन हिन्दूधर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । यसलाई नेपाली समाजको बोलीचालीको भाषामा जनै पूर्णिमा भन्ने गरिन्छ । धर्मशास्त्रहरू अनुसार यस पूर्णिमाका दिन श्रावणी, ऋषितर्पणी, यज्ञोपवित धारण र रक्षाबन्धन कार्य सम्पन्न गरिन्छ ।

श्रावणी अन्तर्गत श्रावणी, उपाकर्म र उत्सर्ग मूख्य कर्म गरिन्छ । प्रातः स्नान, सन्ध्या, नित्यतर्पण, मातृकापूजन,नदी वा जलासय गमन, तीर्थ प्रार्थना, उपाकर्म र उत्सर्गका निमित्त स्नान, गणस्नान, तर्पण, मध्यान्हसंध्या, उपस्थान, उपाकर्म र उत्सर्गका निमित्त गणपतिपूजन, स्वस्तिवाचन, ऋषिपूजन, ब्रह्मयज्ञ, वेदपाठ, ऋषिश्राध्द, यज्ञोपवित संस्कार, यज्ञोपवित धारण, उपाकर्म हवन, मन्त्रजप र रक्षाबिधान गरिन्छ ।

You might also like

एसियाड खेलाडीलाई प्रोत्साहन

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

उपाकर्मको अर्थ वेद अध्ययन हो । यसै दिन महर्षि यज्ञवाल्क्यले सूर्यदेवबाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । एक वर्ष भित्र केही समयको लागि वेदाध्यायनबाट विश्रान्ति लिनु उत्सर्ग हो । अनेक सुत्रहरूमा उपाकर्मलाई अध्यायोपाकर्म भनिएको पाइन्छ । उपाकर्म प्रातः कालमा ब्रह्मचारी, गृहस्थ र वानप्रास्थद्वारा गरिन्छ । अध्यापकले कुशासनमा बसेर शिष्यसहित ॐ कारका साथै व्याहृति जपगरी आफ्ना शाखाको वेदपाठ गर्नुपर्दछ ।

श्रावणीलाई आत्मसोधनको पर्व मानिन्छ । यसलाई उपाकर्म गर्ने दिन पनि मानिन्छ । अज्ञानबाट भएका त्रुटिहरू हटाउन भविष्यमा विचारपूर्वक काम गर्ने उत्तम जीवन पद्दति अँगाल्न द्धिजहरू नदीतट वा जलासयमा गई महासङ्कल्प पढ्दै गणस्नान गर्दछन् ।

वैदिकविधि अनुसार स्नान, सूर्यको आराधना, प्राणायाम, ऋषिपूजन आदि कर्मद्धारा मानसिक र आध्यात्मिक शुद्धि सम्पादन गर्दछन् । शास्त्रमा भनिएको छ श्रावण पूर्णिमाका दिन सूर्योदयको समयमा बुद्धिमान मानिसले श्रुति र स्मृतिको विधानद्धारा स्नान गर्नुपर्दछ । प्रतिवर्ष द्धिजहरूले जुन विधिपूर्वक उपाकर्म गर्दछन् त्यसबाट वेदहरूले पुनर्जीवन प्राप्त गर्दछन् ।

श्रावणी कर्मका उपाकर्म र उत्सर्ग बाहेक मूख्य तीन अंश मानिएका छन् । १। स्नानतर्पण २। सूर्योपस्थान र ३। ऋषिपूजन एवं यज्ञोपवित धारण । यी तीन कार्यको शरीर, आत्मा र मनको शुद्धिका साथ विशेष सम्बन्ध रहेको हुन्छ ।

अतः श्रावणी स्नान साधारण स्नान होइन गणस्नानमा हेमाद्रिसंकल्प पढ्ने गरिन्छ । त्यसबाट सुदीर्घपाप परम्पराको ज्ञान हुन्छ । गणस्नानमा संकल्प श्रवण गर्ने मानिसहरूले अब उप्रान्त यस्तो पाप नगर्ने पश्चाताप गरी संकल्प गर्दछन् ।

माटो, गोवर, भस्म आदिद्धारा स्नान गरेपछि कुश, दूबो र अपमार्ग व्दारा शिरमा मार्जन गरिन्छ । यसो गर्दा बाह्य शुद्धिको प्रकृया पूरा हुन्छ । त्यसपछि पञ्चगव्य पानगरी आभ्यन्तर शुध्दिको प्रकृया प्रारम्भ गरिन्छ । मानसिक शुद्धिका लागि सूर्योपस्थान गरिन्छ । त्यसपछि ऋषिपुजन, स्वाध्याय प्रवचन र यज्ञोपवित धारण जस्ता क्रियाको सम्बन्ध आत्मासँग रहेको हुन्छ । अतः श्रावणी कार्यलाई आत्मशुध्दिको महान् अनुष्ठान मान्नु पर्दछ । श्रावणी कार्यको अनुष्ठानबाट दुष्कर्मको प्रायश्चितका साथै शुभकार्यका लागि प्रेरणा प्राप्त हुन्छ ।

यस दिन अरुन्धतिसहित सप्तर्षिहरूको पूजा गरी तर्पण गरिने हुँदा ऋषितर्पणी भन्ने गरिन्छ । नयाँ यज्ञोपवित अभिमन्त्रण गरी नयाँ यज्ञोपवित ९जनै० लगाउने र पुरानो यज्ञोपवित विसर्जन गरिन्छ ।

यज्ञोपवित धारण गर्दा ॐ यज्ञोपवितमिति मन्त्रस्य परमेष्ठी ऋषिः लिङ्गोक्त देवताः त्रिष्टुप् छन्दः यज्ञोपवित धारणे विनियोगः भन्ने विनियोग पढेर ॐ यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमय्रमं प्रतिमुञ्च शुभ्रं यज्ञोपिवतं बलमस्तु तेजः ।।

ॐ यज्ञोपवितमसि यज्ञस्य त्वा यज्ञोपवितेनोपनह्यामि मन्त्र पढी नयाँ यज्ञोपवित धारणगरी एतावद्दिनपर्यन्तं ब्रह्म त्वं धारित मया । जीर्णत्वात् तंवत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। मन्त्रपढी पुरानो यज्ञोपवित सकेसम्म जलमा बगाइदिनु पर्दछ ।

नयाँ यज्ञोपवित धारण गरेपछि यथाशक्य गायत्री मन्त्र जप गर्नुपर्दछ । धारणाद् ब्रह्मसूत्रस्य गते मासचतुष्टये । त्यक्त्वा तान्यपि जीर्णानि नवान्यनानि धारयेत् ।। उपाकर्मणि चोत्सर्गे सूतक द्धितये तथा । श्राध्दकर्मणि यज्ञादौ शशिसूर्यय्रहेऽपि च ।।

नवयज्ञोपवितानि धृत्वा जीर्णानि च त्यजेत् । अर्थात् उपाकर्म, उत्सर्ग, लगाएको चार महिनामा, जननाशौच, मरणाशौच एवं चन्द्रग्रहण र सूर्यग्रहण उप्रान्त तथा श्राध्द र यज्ञ गर्दा नयाँ यज्ञोपवित धारण गर्नु पर्दछ भनेर शास्त्रमा बताइएको छ ।

श्रावणीका दिन अभिमन्त्रित् यज्ञोपवित वर्षदिन लगाउन पुनः अभिमन्त्रण गर्नु पर्दैन । रक्षाबन्धन् श्रावण पूर्णिमामा गरिने प्राचीन कृत्य हो । भविश्य पुराणअनुसार देवता र दानवको बीचमा युद्ध चलिरहेको समयमा श्रावण पूर्णिमाका दिन इन्द्रकी महारानी शचीले इन्द्रको हातमा वेदका मन्त्रद्धारा अभिमन्त्रित गरिएको रक्षासूत्र बाँधिदिएकी थिइन् ।

उक्त रक्षासूत्रको शक्तिबाट इन्द्रले दानवहरूमाथि विजय प्राप्त गरेका थिए । त्यो दिनदेखि पवित्र ब्राह्मणहरूको हातबाट रक्षासूत्र बाँध्ने परम्परा रहिआएको छ । सर्वरोगोपशमनं सर्वाशुभविनासकृत् । सकृत्कृतेनाब्दमेकं येन रक्षा कृता भवेत् ।।

अर्थात् श्रावण पूर्णिमाका दिन धारण गरिने रक्षासूत्र सम्पूर्ण रोगहरूको विनाशक हुन्छ र यसले सबै किसिमका अशुभलाई निवारण गर्दछ । यसलाई वर्षमा एकपटक धारण गर्दा मनुष्य सुरक्षित हुन्छ ।

देवगुरु बृहस्पतिद्धारा धागोबाट तयार गरिएको बन्धनले भगवान विष्णुले बामन अवतार लिई दानवराज बलिलाई बाँध्नु भएको प्रसङ्गमा आधारित यो रक्षामन्त्र लोकमा ज्यादै प्रसिद्ध छ । येन बध्दो बलिराजा दानवेन्द्रो महाबलः। तेनत्वामनुबध्नामि रक्षे मा चल मा चल ।। अर्थात् जसले बलिराजालाई बाँधिएको थियो त्यही रक्षासूत्र म तपाईँलाई बाँधिदिन्छु यसले तपाईँको रक्षा गर्ने छ ।

उपाकर्म आदि कृत्यहरूको सम्पादनको साथ ऋषितर्पणि गरेपछि अपरान्ह समयमा अक्षता, सर्स्युँ र सुवर्णले युक्त रक्षापोटलिका तयार गरी पुजन गरेर ब्राह्मणका हातबाट रक्षासूत्र बाँध्नु पर्दछ ।

नेपालको तराई मधेसमा र भारतमा दिदीबहिनीले दाजुभाइलाई राखीको रूपमा रक्षाबन्धन बाँधिदिने चलन रहेको छ । शास्त्र कथन अनुसार यमराजले बहिनी यमुनासँग राखी बाँध्ने समयमा जसले यस पवित्रताको राखी बाँध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ भनेका थिए । यसै आधारमा दिदीबहिनीबाट दाजुभाइले रक्षाबन्धनको रूपमा राखी बाँध्ने गरेको पाइन्छ ।

संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनैपूर्णिमाका दिन जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।

संस्कृत पाँच हजार वर्ष भन्दा पुरानो इतिहास रहेको भाषा हो । श्रावण पूर्णिमाको दिनमा नै वेद पाठन शुरुआत हुने भएकोले यस दिन नै संस्कृत दिवस मनाइन थालिएको छ ।

नेवार समुदायमा यस दिनलाई गुन्हु(पुन्हीको रूपमा मानाइने परम्परा छ । यस दिनमा क्वाँटी खाने परम्परा पनि छ । विभिन्न नौ प्रकारका गेडागुडी भिजाएर अंकुरित भएपछि पकाएर झोल तरकारीको रूपमा खाँदा चिसोले असर गर्दैन भन्ने मान्यता रही आएको छ (स्रोत सन्दर्भः निर्णयसिन्धु)

Related

Previous Post

आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्छः अध्यक्ष मल्ल

Next Post

रुसमाथि युक्रेनको हाल सम्मकै ठूलो हमला‘विमानस्थलमा २० ड्रोन आक्रमण

Sambridinews

Sambridinews

Related Posts

एसियाड खेलाडीलाई प्रोत्साहन
TOP STORIES

एसियाड खेलाडीलाई प्रोत्साहन

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 
TOP STORIES

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
Next Post
रुसमाथि युक्रेनको हाल सम्मकै ठूलो हमला‘विमानस्थलमा २० ड्रोन आक्रमण

रुसमाथि युक्रेनको हाल सम्मकै ठूलो हमला‘विमानस्थलमा २० ड्रोन आक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

बुधबार, पुस २५, २०८०
उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश

उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश

बिहिबार, पुस ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाड खेलाडीलाई प्रोत्साहन
TOP STORIES

एसियाड खेलाडीलाई प्रोत्साहन

मङ्लबार, भदौ २, २०८३
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 
TOP STORIES

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

मङ्लबार, भदौ २, २०८३
काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

मङ्लबार, भदौ २, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

सोमवार, भदौ १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In