Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज कोजाग्रत पूर्णिमा, बडादसैं समापन हुँदै

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ११, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कार्तिक ११, नेपालीहरुको महान चाड वडादशैंभव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।

You might also like

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ ।

शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ । अखिल बलिपूर्ति हुने दिन नै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने क्रम पनि शुक्रबार नै समापन गरिएको हो ।

लोकव्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आज राति जुवा खेल्ने विधानसमेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि सुरु गरिँदैछ ।

आकाशदीपदान पनि आजै साँझदेखि सुरु गरिने जनाइएको छ । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने समितिले जनाएको छ ।

Related

Previous Post

क्षेत्रीलाई तेक्वान्दोको छैटौँ डान

Next Post

आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

सोमवार, चैत्र १३, २०७९
जनकपुर– जयनगर रेल सेवा आजदेखि दैनिक चारपटक चल्ने

जनकपुरबाट अयोध्याकाे राम मन्दिरको जाने भनिएको विशेष रेल सेवा रद्द

आइतवार, माघ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In