Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा

Sambridinews by Sambridinews
शनिबार, माघ १३, २०८०
in TOP STORIES, खेलकुद
0
आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ १२, काठमाडाैं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।

दीपक बोहरा ४२ बलमा ४ चौकासहित २७ रनमा आउट भए । टिमलाई जितको लागि ६ रन चाहिँदा दीपक बोल्ड आउट भएका थिए । आकाश चन्द १ रनमा आउट भए । सुवास भण्डारी २९ बलमा १ चौकासहित ९ रनमा नट आउट रहे ।

अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २-२ विकेट लिए । अरब गुल र घजान्फरले १-१ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो ।

अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।

एक समय अफगानिस्तान २०.३ ओभरमा ८८-८ को अवस्थामा पुगेको थियो ।

नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए । नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए ।

फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए ।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे ।

त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । आकाशले २० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए । उनले ३५ बलमा ४ चौका हानेका थिए ।

नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए ।

सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।

समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।

Related

Previous Post

बैंक तथा वित्तीय संस्थाको कालाेसूचीमा ग्राहक संख्या बढ्दै

Next Post

शनिबार बिहान काठमाडाैंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
शनिबार बिहान काठमाडाैंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन

शनिबार बिहान काठमाडाैंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतका चर्चित अभिनेता अमिर खान नेपालमा

भारतका चर्चित अभिनेता अमिर खान नेपालमा

आइतवार, बैशाख २४, २०८०
आज दशैंकाे टिका : हेर्नुस तपाइकाे आजकाे राशिफल

आज दशैंकाे टिका : हेर्नुस तपाइकाे आजकाे राशिफल

शनिबार, अशोज २६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In