काठमाडाैं । अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो।
अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ दिने सरकारको निर्णयबिरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसको प्रारम्भिक सुनुवाइका क्रममा मंगलबार रेग्मीको इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सर्वोच्च अदालतले यस विषयमा छलफल गर्न निवेदक र सरकारी पक्षलाई छलफलका लागि समेत बोलाएको छ।