
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
ललितपुर, । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसको सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । मर्यादित महिनावारी बनाउनका निम्ति महिला मन्त्रालयले निर्देशिका पनि बनाएको भन्दै उहाँले तर त्यसलाई यथोचित रूपमा राज्यका सबै निकाय, सबै क्षेत्रमा लागू भएको अवस्था नरहेको बताउनुभयो । सामुदायिक विद्यालय, कलेजहरूमा यी कुराको विशेष ध्यान दिइनुपर्ने भन्दै उहाँले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराको रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नका निम्ति सचेतनाका कार्यक्रम बढाउनुपर्ने बताउनुभयो । ‘सामुदायिक विद्यालयहरूमा बिदाको व्यवस्था, प्याड, सरसफाइको अवस्था के छ ती कुराको पनि अनुगमन हुनुपर्छ। यो प्राकृतिक प्रक्रिया हो । यसलाई कसरी हुन्छ सुरक्षित र सरसफाइमा विशेष ख्याल गर्नुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘कतिपय ठाउँहरूमा छोरीहरूलाई महिनावारीको बेला घरबाहिर राख्ने प्रवृत्ति छ । घरपरिवारको मुख हेर्न नदिने, भान्सामा जान नदिने जस्ता कुराहरू छन् ।त्यसलाई हामीले जनचेतना फैलाउँदै यो कुरा गलत होइन यो प्राकृतिक प्रक्रिया हो घरभित्रै राख्नुपर्छ भन्ने ढङ्गले हामीले जनचेतना फैलाउन आवश्यक छ ।’ कुरीतिहरूलाई चिर्नका लागि यस्ता अभियानहरूले गलत मान्यताहरूलाई परिवर्तन गर्न मद्दत पुग्ने भन्दै उहाँले नागरिक समाज जस्ता संस्थाहरूको ...
Read moreकाठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ ।...
Read moreएस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको...
Read moreकाठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा विभिन्न अफर ल्याएको छ । वि.सं. २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना...
Read moreलाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ । बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहक महानुभावहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ । साथै, उक्त नवनिर्मित भवनमा ग्राहक महानुभावहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले Cash Deposit machine, KIOSK Machine, Cash Recycler Machine जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ । एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय ...
Read moreकाठमाडौं । महालेखापरीक्षकको कार्यालयले ८७ प्रतिशत कर्मचारी सरुवा कानूनविपरीत भइरहेको औंल्याएको छ । आइतबार सार्वजनिक गरिएको महालेखापरीक्षक कार्यालयको ६१औं प्रतिवेदनमा...
Read moreकाठमाडौं , नेपालमा पहिलाे पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएकाे छ । नेपाल भलिबल संघले आइतबार काठमाडाैंमा एक कार्यक्रम...
Read more१३ जेठ, काठमाण्डौं। विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने...
Read moreकाठमाडौँ / नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको संघको शनिबार बसेको बैठकले चितवनलाई...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.