
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौँ, २६ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान...
Read moreकाठमाडौं । नेपालको एक अग्रणी राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो कदम इनड्राइभको स्थानीय ड्राइभर...
Read moreकाठमाडौं । जेठ २६, नेपाल भारत तथा अन्य मित्र राष्ट्रहरु विच युगौ युगदेखि चली आएको मैत्रीपूर्ण सद्भाव सम्बन्धहरुलाई विश्वव्यापी रुपमा...
Read moreकाठमाडौँ, जेठ २५, नेपाल ओलम्पिक कमिटी (एनओस)िका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार १२ औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका...
Read moreसरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ...
Read moreबिरगञ्ज, ८ जून २०२५ –यही जेठ २५ गते जून ७ तारिख) शनिबारका दिन बिरगञ्जको बौहरवा भाटीमा “माइलेज च्याम्पियन २०२५“ भव्य...
Read moreबाजुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका...
Read moreसायम कलेजको आयोजनामा हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ११ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा...
Read moreकाठमाडौः नेपाली आधुनिक गीत, संगीतको क्षेत्रमा गायिका बबिना भट्टराईको स्वर तथा संगीत एवं कैलाश घिमिरेको शब्दमा प्रेमिल भाव बोकेको गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ । गीतकार कैलाश घिमिरेले गीत ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको भावनात्मक व्यथा, तडप, र समर्पणलाई निकै कोमल र भावुक रूपमा प्रस्तुत गरेका छन् । तिम्रै मुटुमा धड्किन चाहन्छु मायाको झरी बनि म तिम्रै लागि बर्सिन चाहन्छु … गीति हरफहरुमा प्रेमीले आफ्नो सम्पूर्ण अस्तित्व प्रेमिकामै समर्पण गर्न चाहेको गहिरो भाव छ । ऊ उनको हृदयभित्रै हरपल धड्किन चाहन्छ । झरी, बादल, वर्षा यी शब्दले मौसमलाई प्रतिनिधित्व गर्छन् तर यहाँ गीतकारले मौसमलाई मात्र होइन प्रेम जोडेका छन् । पानी पर्नु र झरी पर्नु फरक कुरा हो । पानी सिमसिम पनि पर्न सक्छ, दर्किन पनि सक्छ अनि पानी मुसलधारे पनि मर्न सक्छ । तर झरी लगातार, निरन्तर, एउटै लयमा, एउटै गतिमा अनवरत, धैर्यपूर्वक, शान्तिपूर्वक वर्षन्छ, ऊ उनको लागि झरी जस्तै वर्षन चाहन्छ, उनको मुटुमा झरीझैँ सधैं बर्सिरहने, सधैं भिजाइरहने, सधैं समर्पणमै बगिरहने पे्रमिल भाव ऊ उनी प्रति दर्शाउन चाहन्छ । मायाको झरी बनेर ऊ निरन्तर प्रेमवर्षा गर्न चाहन्छ । मायाले हेरिदेउ मलाई, मायाले बेरिदेउ मलाई मायाकै अमृत पिलाई मदहोस गराइदेउ मलाई .. ऊ उनको माया भित्रै बिलिन हुन चाहन्छ । हेराईमा, बोलाईमा, व्यवहारमा सबै भावहरुमा उनको माया होस्, उनकै मायाको जंजिरमा बेरिन पाऊ, उनकै प्रेमिल अंगालोमा बेरिन पाऊ, उनकै पिरतीको बन्धनमा जेलिन पाऊँ, प्रेमको अमृत पिलाएर उनलाई पूर्ण रूपमा प्रेमको नशामा चुर्लम्म डुवाउन पाऊँ भन्ने आग्रह गीतका यी हरफहरुमा छ । अमृत मरण नहुने र अजर, अमर बनाउने दिव्य रस हो, माया रुपि अमृत पिलाएर आफ्नो प्रेम पनि अजर, अमर बनाउने र यहि अजर, अमर प्रेम भित्र ऊ यसरी हराउन चाहन्छ कि ऊ आँफू भन्दा पनि बाहिर, आफ्नो नियन्त्रण भन्दा पनि पर पुग्न चाहन्छ उनको प्रेममा आँफूलाई अन्तै कतै हराउन चाहन्छ । गीतको यो हरफले प्रेममा अनन्त विलय, गहिरो प्रेम र प्रेमको शक्तिको भाव बोलेको छ । म त प्यासी तिम्रै नजरको सुुस्तरी आँखाले आएर छोइदेउ मलाई प्रेममा हेराई अनि नजरको धेरै महत्व र भूमिका हुन्छ । हेराइ केवल दृष्टिको क्रिया मात्र होइन त्यो सामाजिक, भावनात्मक, साँस्कृतिक र प्रेमको सन्देश बोकेको सञ्चारको रूप हो । हेराई अर्थात् नजरले शरिर होइन सिधै मनलाई स्पर्श गर्छ, हेराई यस्तो माध्यम हो जहाँ संचारको लागि सम्वाद या शब्द आवश्यक पर्दैन, हेराईका भावहरुले नै सम्वाद गरिरहेको हुन्छ, नजर नजर नै सम्वादमा हुन्छन्, नजरको भाव नजरले नै बुझ्दछन् । नयनको हेराईले प्रेमिल ह्दय, संवेदना र प्रेमिल भावलाई स्पर्श गर्छ जुन स्पर्शले प्रेमको प्यास बढाउँछ, तिनै नजर अर्थात त्यहि हेराई प्रेमिल भावमा रहदा प्रेममय बनिदिन्छ, जूनको शितलता झैं शितल बनिदिन्छ नत्र त्यहि नजरले काँडा सरि घोच्छ, आँखाको कसिंगर बनि बिझाउँछ, त्यहि नजर दोषी बनिदिन्छ । ढुकढुकी बढ्यो, लौ न मलाई सम्हाल तिम्रै हुँ प्रिय म त, आउ मलाई अंगाल प्रेमको अत्यधिक भावनाले मुटुको धड्कन बढ्छ, धड्कन यति तिव्र हुन्छ कि अब आफैं सम्हाल्न सकिदैन, धड्कन आफ्नो नियन्त्रण भन्दा बाहिर गएको छ, उनको प्रेमिल अंगालोमा बाँधिए पछि मात्रै सायद धड्कनको बेग थामिन्छ, नियन्त्रणमा आउँछ । त्यसैले उनी प्रेमिकालाई आग्रह गर्छन् लौ, तिमी नै मलाई सम्हाल, तिमै हु, आउ मलाई अंगाल । गीतमा गहिरो आग्रह छ ‘म त तिम्रै हुँ, मलाई सम्हाल, मलाई अँगालोमा राख, आँफू भित्रै लुकाउ, आँफू भित्रै हराउ, मलाई जे गर्नु छ तिमी आँफै गर, तिम्रो प्रेमको आवेगले म आफ्नो नियन्त्रण भन्दा बाहिर पुगिसकेको छु ।’ गीतको यो हरफले अत्यन्तै गहिरो प्रेम, हृदयको बेचैनी, र प्रेमिकाको सामीप्यप्रति आश्रय खोज्ने भावना दर्शाएको छ । म त भूल हुँ तिम्रै रहरको त्यो मीठो रहरमा आउ भुलाउ मलाई .. यी हरफहरुमा उसले आफूलाई उनको रहरको एउटा ‘भूल’ मानेको छ तर त्यो भूललाई पनि मीठो सम्झेर उसले आफूलाई आफ्नी प्रेमिकाको सपनामा हराउन चाहेको छ । गीतका शब्दहरुलाई केलाउँदा ‘तिम्रै मुटुमा’ गीत गहिरो प्रेम, समर्पण, आकर्षण र एकताको भावना पोखेको गीत बनेको छ । एउटा प्रेमीले आफूलाई सम्पूर्ण रूपमा प्रेमिकाको सामु अर्पण गरेको छ । ऊ प्रेमिकाको नजर, स्पर्श, मायाको रस र अँगालोमा आफ्नो जीवनको सार देख्दछ । मायामा हराउन, बिलिन हुन चाहिरहेको छ । गीतमा प्रेमीले आफ्नो सम्पूर्ण अस्तित्व प्रेमिकालाई समर्पित गर्दै माया मागिरहेको छ, शब्दहरु भावनात्मक, कोमल र गहिरा छन्, जसले गीतलाई प्रेमिल बनाएको छ । विशेषतः युवा पुस्ता जो गहिरो प्रेममा परेका छन् त्यस्ता प्रेमिल मनलाई ‘तिम्रै मुटुमा’ गीतले गहिरो भावमा डुवाउनेछ । पछिल्लो समय नेपाली आधुनिक गीत,संगीतमा जब बबिना भट्टराईको नाम आउँछ, श्रोताको मनमा एउटै अनुभूति जाग्छ कोमलता, प्रेम, र भावुक धुनहरू सहितको मिठास । यिनै भावहरू बोकेको ‘तिम्रै मुटुमा’ गीतले फेरि एकपटक प्रेमिल मनहरुलाई तानिरहेको छ । अन्य गीतहरुमा जस्तै ‘तिम्रै मुटुमा’ बोलको यो गीतमा पनि बबिनाको आवाज शान्त र स्थिर छ तर यस गीतमा त्यो स्थिरताभित्र पनि गहिरो प्रेमको तडप छ । संगीत सरल छ, कुनै भारी संयोजन छैन, कुनै जटिल प्रयोग छैन तर त्यही सादगी र सरलपनमा मिठास छ । ‘मायाको झरी’ जस्तै बबिनाको स्वर पनि न तिब्र, न सुस्त, तर एक लयबद्ध रुपमा सुललित भएको छ । प्रेमिल भावको गीत ‘तिम्रै मुटुमा’ कैलाश घिमिरेका शब्दहरू केवल गीतका लागि मात्र लेखिएको होइन, त्यो प्रेमको गहिरो अनुभूतिबाट निस्किएका झैं लाग्छन् । ‘तिम्रै मुटुमा’ कुनै क्षणिक हिट हुने गीत होइन यो त त्यो प्रकारको गीत हो युग युग सम्म प्रेमिल मुटुहरुमा गुञ्जिरहन्छ । गीत ‘तिम्रै मुटुमा’ मा देवेन्द्र नेवाःको एरेन्ज रहेको छ । अकेष्टिक नेपालको स्टुडियोमा दिल समर्पण र राजाबाबु थारुले रेकर्ड गरेका उक्त गीतकोे मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।...
Read moreकाठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । आज बिहीबार बिहान बसेकोे...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.